News

चैत २६, चितवन । कोमल चन्द्रभगत ।

नेपाल कै पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने एक मात्र विक्रम बाबा मेला आजदेखि सुरु भएको छ ।चैते दशैंका अवसरमा लाग्ने मेलाको आज निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पूर्जा पुन र खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले संयुक्त रुपमा बिक्रमबाबाको पुजा आराधना गरी शुभारम्भ गरे । आजदेखि सुरु भएको मेला १५ दिनसम्म चल्नेछ । चैतेदशैंलाई लक्षित गरी हरेक बर्ष चैत्र औंसीदेखि पूणिर्मासम्म मेला लाग्छ ।मेलामा होटल, खुद्रा सामाग्री, कपडा लगायतका स्टलहरु छन् । बनभोज स्थलको समेत व्यवस्था गरिएको छ विक्रमबाबाको दर्शन गर्न जाने भक्तजनहरुहरुका लागि राप्ती नदीमा डुङ्गाको ब्यवस्था गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिए । जसका लागि सहज रुपमा निकुञ्ज खुल्ला समेत गरिएको छ ।साथै मेलामा आउने झजनहरुको सुरक्षा लागि निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणले विशेष सुरक्षा लागू गरेको प्रमुख सेनानी एवं गणपति विकास अधिकारीले बताए ।

विक्रम बाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको पनि यसमा आस्था बढेको देखिन्छ ।विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी वली दिने गर्दछन् ।

 

चैत्र २३, रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष लगायत कार्यसमिति सदस्यको भ्रमण टोलीलाई स्वागत तथा व्यवसायिक विकासबारे छलफल गरिएको थियो ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा संघको सक्षिप्त जानकारी सहित स्वागत मन्तव्य राख्दै उनले व्यवसायीहरुले आर्थिक विकास संगसंगै व्यवसायिक हितका लागि साझा एजेण्डा सहित सहकार्य गर्नुपर्ने बताए । व्यवसायिक संघ संगठनहरुले मात्र मेला महोत्सव गर्न र पर्यटन प्रवद्र्धन गर्नका लागि पर्यटन व्यवसायी बीच समन्वय गरी आकर्षक प्याकेज सहित छुटको व्यवस्था गरि व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए ।

रत्ननगर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य अनिलकृष्ण श्रेष्ठले निजी क्षेत्रको संलग्नता विना आर्थिक समृद्धि नहुने हुंदा सरकारले निजी क्षेत्रसंग होतेमालो गर्दै जानुपर्नेमा जोड दिँदै साना तथा मझौला उद्योगी व्यवसायीहरुको समस्यालाई महासंघमा लैजान आफु प्रतिवद्ध भएको बताए ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले भ्रमणको उद्देश्य सहित संघको सक्षिप्त जानकारी दिँदै उद्योगी व्यवसायीहरुको राजस्व नीति, कर प्रणाली र पर्यटन प्रवद्र्धनलगायतका विषयमा व्यवसायिक ऐक्यबद्धता हुनुपर्नेमा जोड दिए । सो छलफल कार्यक्रममा आर्थिक अवस्था नाजुक भएको अवस्थामा व्यवसायीहरु बीच समन्वय गरि अगाडि बढ्नुपर्ने, बैक व्याज दर, नीजि क्षेत्रहरुको समस्याका लागि संस्थागत हल गर्र्न एकजुट भएर लाग्नु पर्नेमा जोड दिइएको थियो ।

रत्ननगर उद्योग वाणिज्य संघ र ललितपुर उद्योग वाणिज्य संघका व्यवसायीहरु बीच एक आपसमा परिचयात्मक कार्यक्रम सहित स्वागत गरिएको थियो । उक्त कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारी, पूर्व अध्यक्ष, कार्यसमिति सदस्य, ललितपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरुको उपस्थितिमा छलफल कार्यक्रम आयोजना गरिएको हो । रत्ननगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य राखेका थिए ।

 

रत्ननगर, चैत्र २३ । पूर्वी चितवनको कालिका नगरपालिकामा पशुमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान सुरु गरिएको छ ।

नरपालिकाको पशु सेवा शाखाको आयोजनामा पशुमा लाग्ने खोरेत रोग विरुद्ध खोप अभियान शुक्रवार सुरु गरेको हो । चैत्र २३ गते देखि बैशाख ५ गते सम्म सञ्चालन हुने खोप अभियान नगरका १ देखि ११ वटै वडाहरुमा सञ्चालन हुनेछन् । पशुलाई सम्भावित रोग संक्रमण लाग्नबाट जोगाइ किसानको पशुधनको रक्षा गर्ने उद्धेश्यले उक्त अभियान सुरु गरिएको कालिकाका पशु विकास अधिकृत ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । खुर फाटेका गाई, भैंसी, बाख्रा, बंगुरको खोरेत रोगविरुद्धको ९एफ एम डी० खोप निःशुलक रुपमा लगाईने छ । कालिकाका १ देखि ११ नम्बर वडाका ६ हजार भन्दा बढी पशुहरुलाई खोरेत रोगविरुद्धको ९एफ एम डी० खोप दिईने पशु विकास अधिकृत पौडेलले बताए । खोरेत रोग खुर फाटेका जनावरमा लाग्ने सरुवा रोग भएकाले अन्य पशुमा सर्नबाट रोक्न अभियानकै रूपमा खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ । यो रोग लागेमा पशुको खुट्टा तथा मुखको वरिपरि घाउ हुने, गन्हाउने, पाक्ने, पशुलाई ज्वरो आउनेलगायतका लक्षण देखापर्ने उनले जानकारी दिए । यीमध्ये गाई भैँसीमा बढी सङ्ख्यामा खोरेतको समस्या देखिने गरेको छ । खोरेत रोग लाग्दा पशु चौपायामा १०४ देखि १०६ डिग्रीसम्मको ज्वरो आउने, घाँसपात नखाने, झोक्राउने, गिँजा र जिब्रोमा स–साना फोका आउने, खुट्टाको खुरको कापमासमेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले र्‍याल चुहिने, ब्याउने माउ गर्भ तुहिने समस्या देखिने, दूध दिइरहेको चौपायामा थुनेलोको समस्या देखिने जस्ता लक्ष्यण देखापर्ने उनले बताए । रोग लागेमा मुखको घाउमा पोटास पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गर्ने, खुरका घाउलाई पोटास पानीले धोएर औषधि प्रयोग गर्न उन सुझाव दिए। निलो तुथोले घाउ सफा गर्ने, घाउमा अन्य जीवाणु प्रवेश गरी थप सङ्क्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक सुई लगाउने, खोरेत देखिइरहने ठाउँमा रोकथामको लागि खोरेत विरुद्धको खोप लगाउने गर्नुपर्ने पशु विकास अधिकृत पौडेलले बताए । खोप अभियानको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कालिकाका नगर प्रमुख बिनोद रेग्मीले उद्धघाटन गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले कालिकामा पशुपालनको राम्रो सम्भावना रहेकाले पशुलाई लाग्ने हरेक खालमा रोग विरुद्ध सचेतनाका कार्यक्रम जरुरी रहेको बताए । पशुको स्वास्थ्यमा विशेष ध्यान राख्दै किसानको आय आर्जन, तथा उत्पादनमा जोड दिएको बताए । उप प्रमुख विमला तामाङले नगरका सबै वडाका किसानहरुको गोठ गोठमा पशु प्राविधिकहरु पुगी खोप निःशुल्क रुपमा लगाईने हुनाले किसानहरुले सहयोग गरिदिनुहुन आग्रह गरिन् । वडा नं। ६ का वडा अध्यक्ष टिकाराम रेग्मीले खोरेत विरुद्धको रोगले दुध उत्पादनमा कमी ल्याउने भएकाले यस खोपलाई अभियानको रुपमा सञ्चालन गरिरहेको बताए । आर्थिक विबास समितिका संयोजक दिपक सिंह परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं। ६ का वडा सदस्य तथा मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष लक्ष्मणी नारायण चौलागाई, नव मिलिजुली दुग्ध उत्पादक सहकारीकी अध्यक्ष कोपिला दाहाल, पशु प्राविधिकहरुको सहभागिता रहेको थियो ।

Subcategories