News


फागुन २६, भरतपुर ।

चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको चौथो साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियोे ।
प्रमुख अतिथि कँडेलले देशभर सञ्चालनमा रहेका मेटल उद्योगहरुले देशको आर्थिक अर्थतन्त्रलाई चलायमान गराउन ठूलो भूमिका खेलेको बताउनुभयो । देशका महत्वपूर्ण निर्माण कार्यहरु मेटलसँग जोडिएको हुँदा देशमा रोजगारी सिर्जना गर्ने कार्यमा उत्तिकै योगदान रहेको हुँदा सरकारले मेटल उद्योगीहरुका नीतिगत समस्याहरुलाई समधान गर्नुपर्ने बताउनुभयो ।
चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्कीले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सचिव दुर्गालाल सापकोटाले बार्षिक प्रगति प्रतिवेदन, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीले दुर्घटना राहत कोष परिचालन तथा विवाद समाधान समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सभाको अवसरमा समितिले प्रकाशन गरेको नववर्ष २०८० को भित्तेपात्रो क्यालेण्डरको समेत विमोचन गरिएको थियो ।
साधारणसभा कार्यक्रममा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्की, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति रत्ननगर इकाई समितिका अध्यक्ष इन्द्र प्रसाद रिमाल, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति माडी इकाई समितिका अध्यक्ष खिमानन्द न्यौपाने, चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष एवम् चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका कार्यसमिति सदस्य रामहरि कँडेल लगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा समितिको बार्षिक गतिविधिहरुमा अग्रणी भूमिका निर्वाह गरेकोमा समितिका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी र सचिव दुर्गालाल सापकोटा, समितिका हरेक कार्यक्रमहरुलाई सहजीकरण मार्फत सहयोग गरेको भन्दै चितवन उद्योग संघका प्रशासकीय गोविन्द प्रसाद पौडेल र सञ्चार अधिकृत राजु भट्ट र समितिको कार्यालय व्यवस्थापनमा अहोरात्र खटी समितिको गतिविधिहरुलाई उद्योगीहरुमा माझ पु¥याउन महत्वपूर्ण भूमिका खेलेकोमा कार्यालय सहायक शोभा थापालाई सम्मान गरिएको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
यसैबीच चितवन मेटल इन्जिनियरिङ्गको चौथो साधारणसभा अन्तर्गत बन्द सत्र कार्यक्रम समेत सम्पन्न भएको छ ।
चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघ रत्ननगर समितिका अध्यक्ष एवम् चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका गोविन्द प्रसाद खनाल प्रमुख अतिथि रहनुभएको थियोे भने, चितवन उद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेल विशिष्ट अतिथि रहनुभएको थियो ।
बन्द सत्र कार्यक्रममा चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका कोषाध्यक्ष राजकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सचिव दुर्गालाल सापकोटाले शसोधित विवादका अंशहरु प्रस्तुत गर्नुभएको थियो । सभामा सहभागी उद्योगीहरुले आर्थिक प्रतिवेदन र बिधान संशोधनका विषयमा छलफल गरी सभाबाट पारित समेत गरेको थियो ।
सभाले बिर बहादुर मगर, बेल बहादुर कार्की, अलाउदिन अन्सारीलाई साधारणसभाको निर्णय पुस्तिका प्रमाणितका लागि अख्तियारी प्रदान समेत गरेको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष राजु पुडासैनीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

 

फागुन २५, चितवन ।
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरमा पहिलो पटक सल्यक्रिया गरी हात्तीको सुत्केरी गराइएको छ । खोरसोरमा रहेकी २५ वर्षे गण्डकीकलीलाई व्यथा लागेको लामो समयसम्म पनि बच्चा जन्माउन नसकेपछि सल्यक्रिया गरी निकालिएको हो । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ वन्यजन्तु चिकित्सक डाक्टर विजयकुमार श्रेष्ठका अनुसार गण्डकीकलीको पेटमा रहेको बच्चा योनीतिर निस्कनुपर्नेमा तल्लो भागतिर पोको परेर बसेको थियो। उनीहरूले हात्तीलाई सुत्केरी गराउन केही प्रयासहरू गरे। तर सामान्य रूपमा सुत्केरी गराउन सकिने अवस्था देखिएन। बरू माउ र बच्चाकै ज्यान जानसक्ने खतरा देखियो। डाक्टर श्रेष्ठ नेतृत्वको टोलीले बुधबार गण्डकीकलीको पछाडिको भाग करिब एक फिट चिरेर पेटभित्रको बच्चा निकालेको थियो।
गण्डकीकली हाल निकुञ्जमै रहेकी ५० वर्षीया प्रेरणाकलीकी छोरी हो। उसको यो दोस्रो बेतको बच्चा हो। यो चितवन निकुञ्जमा रहेको जंगली हात्ती ध्रुवेसँगको संसर्गबाट जन्मिएको हो। गण्डकीकलीको तीन वर्षअघि पहिलो पटक जन्मिएको बच्चा मरेको थियो।

डाक्टर श्रेष्ठका अनुसार त्यतिखेर गण्डकीकलीको बच्चाका पछाडिका दुईवटा खुट्टा योनीबाट निस्किएका थिए। तर पुरै बच्चा निस्कन सकेन। ‘हामीले ३० जनाजति मान्छे लगाएर बच्चा तानेका थियौं तर बच्चालाई बचाउन सकिएन,’ उनले भने, ‘तर यसपालि त खुट्टा पनि बाहिर निस्किएन। पेटभित्र उल्टो अवस्थामा बसेको रहेछ।’ चिकित्सकहरूले करिब दुई घन्टा लगाएर गण्डकीकलीको पेटमा रहेको भाले छावा निकालेका थिए। सुरूमा छावाले कुनै हलचल गरेन। उसको मुटुको धड्कन शून्य थियो। हामीले उसलाई कृतिम श्वास दियौं। फोक्सोमा दबाब पुर्‍यायौं। करिब ३ मिनेटमा छावा निद्राबाट ब्युँझिएझैं भयो। श्वास फेर्न थाले पनि उठ्न नसकेको छावा बिहीबार बिहान आफैं उठेर हिँडडुल गर्न थालेको छ। छावालाई अहिले पाउडर दूध खुवाइएको छ। शल्यक्रियामा डाक्टर श्रेष्ठ, हात्ती प्रजनन् केन्द्र खोरसोरका नासु मनिपुरन चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु चिकित्सक डाक्टर अमिर षडौला, डाक्टर विकल्प कार्की, वन्यजन्तु प्राविधिक किरण रिजाल, क्यानडाका पशु चिकित्सक डाक्टर निक मास्टरलगायत सहभागी थिए।

तस्वीर ः कोमलचन्द्र भगत

चितवन, २४ फागुन । क्यान्सर रोगका कारण युवा उमेरमै स्वर्गारोहण हुनु भएकी दन्तरोग विशेषज्ञ डा. बिएम खरेल लामिछानेको स्मृतिमा क्यान्सर सचेतना सम्बन्धी लेखनवृत्ती कोष स्थापना गरिएको छ । प्रस्तावित बिएम फाउण्डेशन र नेपाल पत्रकार महासंघ चितवन शाखाबीच आज ( बुधबार ) सम्झौतामा हस्ताक्षर भएको हो । प्रस्तावित फाउण्डेशनका तर्फबाट एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरका सञ्चालक डा. प्रमोद लामिछाने र महासंघका तर्फबाट अध्यक्ष नारायण अधिकारीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सम्झौतामा तत्काल रु. ५ लाख रुपैंया बीउ पूँजीको अक्षयकोष निर्माण गर्ने उल्लेख छ । वार्षिक रुपमा अक्षयकोषबाट प्राप्त व्याज रकममा थप गरी प्रत्येक वर्ष रु. १ लाखको लेखन वृत्ति रकम खर्च गरिने जनाईएको छ । सम्झौता कार्यक्रममा बोल्दै लामिछानेले अक्षयकोषमा क्रमशः रकम बृद्धि गरी रु.२० लाख पु¥याउने लक्ष्य रहेको बताउनुभयो । व्याज र लामिछाने परिवारले थप्ने रकमबाट पत्रकारहरुलाई क्यान्सर सचेतना सम्बन्धी लेखन वृत्ति प्रदान गरिने छ । संकलित लेखहरुलाई समावेश गरेर प्रत्येक वर्ष फाउण्डेशनले पुस्तक प्रकाशन गर्ने छ । अधिकांश क्यान्सर रोग समयमै पत्ता लगाएर उपचार गरे निको पार्न सकिने सचेतना फैल्याएर अरुले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्नका लागि कोष स्थापना गरी पत्रकारहरुलाई प्रोत्साहन गरिएको डा.प्रमोद लामिछानेले बताउनुभयो ।

लेखन वृत्ति सम्बन्धी कार्यविधि महासंघले बनाउने जिल्ला अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । महासंघले पछिल्लो समय लेखन वृत्तिका लागि अन्य निकायहरुमा पनि पहल गर्दै आएको छ ।

कार्यक्रममा डा. लामिछाने, अध्यक्ष अधिकारी, डा. लामिछानेका पिता कृष्णप्रसाद लामिछाने, स्व. बि एम खरेल लामिछानेकी दिदी सामाजिक व्यक्तित्व मिना खरेल, पत्रकार बिनोदबाबु रिजाल लगायतले बोल्नु भएको थियो ।

स्व खरेल लामिछाने र प्रमोद लामिछानेले भरतपुरमा हाडजोर्नी सम्बन्धी एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर स्थापना गरी सञ्चालन हुँदै आएको छ । स्व. खरेल लामिछानेको पेट क्यान्सरका कारण तीन वर्ष अघि आजकै दिन ३७ वर्षको उमेरमा निधन भएको थियो ।

दन्त रोग विशेषज्ञ डा खरेल अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरकी प्रबन्ध निर्देशक समेत हुनुहुन्थ्यो । उहाँका श्रीमान् डा प्रमोद लामिछाने हाडजोर्न तथा नसा रोग विशेषज्ञ हुनुहुन्छ ।

डा खरेललाई २०७४ बैशाख २८ गते क्यान्सर भएको पत्ता लागेको थियो । चौथो स्टेजको क्यान्सरको उपचारका लागि खरेललाई भारत, जापान लगायतका मुलुक समेत पु¥याईएको भए पनि निको बनाउन सकिएन ।

Subcategories