News

चैत २१, चितवन । पवित्रा ढकाल / अंकित भगत । 

उन्नत नश्ल सुधार तथा गाइबस्तुमा भ्रुण प्रत्यारोपणका लागि दक्ष जनशक्ति उत्पादन गर्न चितवनको रामपुरमा प्रशिक्षण कार्यक्रम शुरु भएको छ । प्रशिक्षण कार्यक्रमको कृषि मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले उद्घाटन गर्नुभयो । जर्सी ओभरसीज ऐड र आड्रा यूकेको आर्थिक सहयोग र नेपालमा साना दुग्ध उत्पादक कृषकहरुको लागि ग्रामीण कृत्रिम गर्भाधान अभिवृद्धि परियोजना, आड्रा नेपाल र यसका साझेदार संस्थाहरु विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समुह नेपाल फरवार्ड र इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपालको समन्वयमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । यो परियोजनाले सन् २०२२ देखि नै कपिलवस्तु, रुपन्देहीमा विपन्न र सिमान्तकृत समुदायलाई लक्षित गरी उद्यम विकास, खाद्य सुरक्षा, जिविकोपार्जन, आम्दानी वृद्धि, शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, जलवायु परिवर्तन लगायतको क्षेत्रमा काम गरिरहेको छ । चार वर्षे यस परियोजनाले साना तथा पछाडी परेका दुग्ध उत्पादक कृषकहरुको आम्दानी र उत्थानशीलताको अभिवृद्धिद्धारा जिविकोपार्जनमा सुधार ल्याउने र गरिबी न्यूनीकरण गर्ने लक्ष्य समेत राखेको छ । त्यस्तै कार्यक्रममा पशु विज्ञान, पशु चिकित्सा विज्ञान र मत्स्य पालन संकाय का कार्यवाहक डीन दिपेश कुमार क्षेत्रीले भ्रुण स्थानान्तरणका लागि ५० भ्रुण नेपालमा ल्याइसकिएको बताउंदै तालिमबाट विशेष दक्षता हासिल गरी भ्रुण प्रत्यारोपणमा सहभागी विज्ञहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा आड्रा नेपालले पशुको नश्ल सुधारका लागि नेपाल सरकारलाई ५० वटा जर्सी गाईका भ्रुण हस्तान्तरण समेत गरेको छ । भ्रुण प्रत्यारोपण सम्बन्धी प्रशिक्षण कार्यक्रमको समुद्घाटन समारोहमा आड्रा नेपालका कन्ट्री डाइरेक्टर टम पिग्नन्ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवती रमण पौडेललाई उक्त भ्रुण हस्तान्तरण गर्नुभएको हो । सचिव पौडेलले उक्त भ्रुण पुनः राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका प्रमुख डा. जगदिश पाण्डेलाई हस्तान्तरण गर्नुभयो । रोजल जर्सरी कृषि तथा बागवानी समाजको सहयोगमा प्राप्त उक्त भ्रुण तालिम पश्चात चितवन, जिरी र पोखराका विभिन्न फार्महरुमा प्रत्यारोपण गरिने आड्रा नेपालका डा. अनिल चन्द्र न्यौपानेले बताउनु भयो ।

भु्रण प्रत्यारोपणका लागि ५ दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरका सहायक प्राध्यापक गोर्कण गौतम, राष्ट्रिय पशु प्रजनन कार्यालय लहानका वरिष्ठ पशु विकास अधिकारी शिवनाथ महतो, राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्जका वरिष्ठ पशु विकास अधिकारी डा. खगेन्द्र प्रसाद सापकोटा, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका पशुधन विकास अधिकारी डा.भजु महतो, राष्ट्रिय पशु संरक्षण कार्यक्रमका वैज्ञानिक डा. उद्धव पनेरु र राष्ट्रिय पशु संरक्षण कार्यक्रमका प्राविधिक अफिसर डा यज्ञराज पाण्डे लगायत नेपाल सरकारका भ्रुण प्रत्यारोपणमा संलग्न ६ प्रशिक्षणमा सहभागी हुनेछन् । भ्रुण प्रत्यारोपण तालिममा युकेमा ५० हजार पशुमा भ्रुण प्रत्यारोण गरि सकेका प्यारागन भेटेनरी ग्रुपका भ्रुण प्रत्यारोपण विशेषज्ञ डा.मार्क बोलाण्डले प्रशिक्षण दिनेछन् । आड्र नेपालका टिम लिडर कविर रत्न स्थापितले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा कृषि मन्त्रालयका सह–सचिव डा. सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद्का पशु तथा मत्स्य संकायका महानिर्देशक डा.दोजराज खनाल, आड्रा एशियाका डा. ब्रेण्डन इर्भिन, प्यारागन भेटेनरी ग्रुपका भ्रुण प्रत्यारोपण विशेषज्ञ डा.मार्क बोलाण्ड, आड्रा युकेका प्रोग्राम अफिसर जोश ओरोजक्को लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

चैत १९, चितवन । चितवन भरतपुर भम्रण बर्ष २०२४ को प्रर्वद्धनका लागि देवघाट हलेसी सगरमाथा मोटर र्याली हुने भएको छ । मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्ने उदेश्यले नेपाल अटोमोवाइल एसोसिएसन (नासा) वाग्मती प्रदेश र चितवन अटोमोवाइल डिलर्स एसोशियशन काडा द्वारा संयुक्त रुपमा मोटर र्याली हुने भएको हो ।

भरतपुर देवघाटदेखि शुरु गरेर हेटौडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसी सम्मको करिब ३ सय २७ किमि ट्रयाकमा सेल्फी टिडिएस र्याली प्रतियोगिता हुने नासा नेपाल बाग्मती प्रदेश सघं तथा चितवन अटोमोवाइल्स डिलर्स एसोशियशन ९काडा चितवन०का अध्यक्ष राजन पियाले जानकारी दिए ।
प्रतियोगितामा २५ देखि ३० जना ड्राइभर सहभागी गराउने योजना रहेको पियाले बताए । यस्तै खोटाङ्गको हर्कपुर, सुनकोसीको किनारमा अटो जिमखाना प्रतियोगिता सचालन गर्ने तयारी गरेका उनले बताए ।
मोटर लिको रेसिंगको विधा अन्तरगत टिडिएस र्याली अन्तरगत गन्तव्य सम्म पुग्नको लागि विभिन्न चेक प्वइटहरु निर्धारण गरि बाटोको प्रकृति हेरि अधिकतम गति दिएको हुन्छ अध्यक्ष पियाले भने सहभागिहरु मध्ये जो गन्तव्यमा आयोजकले दिएको अधिकतम गति समयमा पुग्छ खेल उसैले जित्छ ।

प्रतियोगितामा १५ देखि २० जना ड्राइभर सहभागीता ने हुने आयोजकको अपेक्षा छ । नेपाल भरिका कुनै पनि स्थानका इस्छुक ड्राइभरहरुले अनलाइन मार्फत नाम दर्ता गर्न सक्ने छन् ।
आगामी वैशाख ५ गते बिहान ८ बजे देखि शुरुवात गरिने सो कार्यक्रमका विजेतालाई शिल्ड, प्रमाणपत्र र आर्कसक पुरस्कार प्राप्त गर्नेछन् । बैशाख ४ गते अपरान्ह सम्पूर्ण सहभागीलाई पूर्व प्रशिक्षण दिइनेछ भने, कार्यक्रममा ड्राइभर्स, मार्शल र अन्य प्राविधिक गरि १ सय २४ जनाको सहभागीता रहनेछ ।
कार्यक्रमका सहभागीले एक गाडी दर्ता शुल्क सात हजार रुपैया वुझाउनपर्नेछ जुन गाडीमा दुइजना सहभागी रहनेछन् । भने थप सहभागिले प्रति व्यक्ति चार हजारका दरले सहभगीता शुल्क बुझाउनु पर्नेछ ।
दूइ रात तीन दिनको लाग्ने यस कार्यक्रमा सहभागीहरुलाई खाना तथा बस्ने व्यवस्था गरिने छ । साथै सहभागीहरुको लागि र्दुघटना विमाको व्यबस्था गरिनेछ ।
भरतपुर महानगरपालिकाका मेयर द्वारा शुभारम्भ गरिने सो प्रतियोगिताको समापन भने ओखलढुङ्गाको ढापमा हुनेछ ।

एक दशक देखि नेपालमा र चितवनमा समेत शुरुवात भएको मोटर स्पोर्ट्सको दर्जनौ इभेन्टहरु हाल नेपाालमा भइरहेका छन् भने चितवनबाट यस प्रकारको कार्यक्रम पहिला पनि चितवन मुक्तीनाथ मोटर र्याली नेपाल अटो जिमखाना प्रतियोगीता सफलतासाथ सम्पन्न भएको छ ।
त्यस्तै मोटर रेसिंङ्गको सर्ट सर्किट विधा अटो जिम खाना छोटो र सांगुरो अस्थाई सर्किट डिजाइन गरि कलात्मक हिसाबले तयार गरिन्छ । जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन्।

चैत १८, सौराहा। तस्विर : कोमल चन्द्र भगत । चितवनको सौराहामा गत माघ २८ गतेदेखि माघ ३ गते सम्म आयोजना गरिएको सौराहा फुड फेस्टिबलको शनिवार आयव्याय सार्वजनिक गरिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाले एक औंपचारिक कार्यक्रमको आयोजना गरि फेस्टिबलको आयव्याय सार्वजनिक गरेको हो । प्रणय दिवसको अबसरमा रेवान सौराहाले पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको महासचिव नवीन नेपालले जानकारी दिए ।

फेस्टिवलमा ८५ लाख ९५ हजार ९०९ आम्दानी भएकोमा ८० लाख २३ हजार ५२८ खर्च कटाएर ५ लाख ७२ हजार ३८१ मुनाफा भएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौले जानकारी दिए । कार्यक्रममा रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले फेस्टिबलमा टिकट विक्रीबाट भएको आम्दानी सौराहाको सौन्दर्यकरणमा खर्च गर्ने बताए ।फेस्टिबलले सौराहाको पर्यटनमा दीर्घकालिन प्रभाव परेको भन्दै उनले सौराहाको विकासको लागि सरकार र व्यवसायीको सहकार्य आवश्यक रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा प्रमुख अतिथि रहेको रहेको सो कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, वडा नं ६ का वडाध्यक्ष किरण महतो, वडा नं ७ का वडाध्यक्ष सजना महतो, रेवानका संस्थापक अध्यक्ष अध्यक्ष बलराम दाहाल, पूर्वअध्यक्षहरु राजन भट्ट, पुरु श्रेष्ठ, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी, सचिव महेश खनाल, बाघमारा वनका अध्यक्ष जीतु तामाङ, रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी लगायतको उपस्थिति रहेको थियो ।

रेवानका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा फेस्टिबलका संयोजक सुर्यबहादुर रिमालले स्वागत मन्तब्य राखेका थिए ।

Subcategories