News


असार २३, रत्ननगर । चितवनको नारायणगढ स्थित मानबसेवा आश्रमलाई आर्थिक सहयोग गरिएको छ । मिक्स एण्ड म्याच हङकङले ३ लाख ६० हजार रुपैया सहयोग गरेको हो । मानब सेवा आश्रममा आयोजित एक औपचारिक कार्यक्रममा खैरहनीका समाजसेवी झमकप्रसाद नहर्की, खैरहनी उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष दीपेन श्रेष्ठ, ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियार, सामाजिक अभियान्त शान्तामणि नहर्कीले मानब सेवा आश्रमकी महासचिव शुशीला केसीलाई सो रकम हस्तान्तरण गरेका थिए । मिक्स एण्ड म्याचका अध्यक्ष दिनानाथ बगाललेले हङकङबाट संस्थागत रुपमा पठाएको रकम सामाजिक अभियान्ता नहर्कीको समन्वयमा आश्रमलाई हस्तान्तरण गरिएको हो । कोही नभएका र केही नभएकाहरुलाई सडकबाट उठाएर आवासीय सुविधा सहित लालनपालन गरिरहेको आश्रमलाई मिक्स एण्ड म्याच हङकङले पठाएको रकम हस्तान्तरण गरिएको नहर्कीले बताए । मानबताको दरिलो उदाहरण बन्न सफल मानब सेवा आश्रमलाई सहयोग गर्न उनले सबैलाई आग्रह गरे । महासचिव केसीले तीनै तहको सरकार तथा देश विदेशमा रहेका विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगले बेसहारा र अभिभावकविहीनहरुको सेवा कार्य सहज भएको बताइन् । आश्रमकी महासचिव केसीले चितवन स्थित मानब सेवा आश्रमको शाखामा ७० जना आश्रित रहेको भन्दै सात प्रदेशका १९ वटा जिल्लामा शाखा र २४ वटा सेन्टरमा एक हजार ७०० जना आश्रित रहेको जानकारी दिइन् । मानब सेवा आश्रमले बेसहारा, अभिभावकविहीन सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन सेवा कार्य गर्दै आएको छ । महासचिव केसीले २०८२ साल भित्र नेपाललाई सहयोगापेक्षी सडक मानबमुक्त बनाउने मानवसेवा आश्रमको उद्देश्य रहेको जानकारी दिइन् ।

चितवन, असार २३ ।

नारायणी नदीमा आएको बाढीको जोखिममा रहेका १७१ जनाको उद्धार गरिएको छ । भरतपुर महानगरका विभिन्न स्थानबाट उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भरतपुर–१६ गुम्बाचोकबाट पुरुष २६ र महिला ३३ गरी जम्मा ५९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । भरतपुर–३ स्थितमा रहेको हाम्रो घर नामक संस्थामा रहेका २४ जना बालबालिका र दुई जना महिला कामदार गरी जम्मा २६ जनालाई नजिकै रहेको एग्रोभेटको भवनमा सारिएको छ भने भरतपुर–१७ गोब्रेनीस्थितमा १७ घरधुरीका ५४ जना मानिसहरुलाई आफन्तहरुको घरमा सुरक्षित साथ सारिएको छ । भरतपुर–३ बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने ४ जनालाई ९३ पुरुष, १ महिलालाई आफन्तको घर र भरतपुर–१ देवघाटस्थित नारायणी नदीको किनारमा रहेको कुटी र स्थानीय बासिन्दा गरी जम्मा २८ जना ९२५ पुरुष, ३ महिलालाई नजिकैको मारवाडी समाजको भवनमा सुरक्षित साथ सारिएको उनले बताए । त्यसैगरी, लगातारको वर्षाका कारण नारायणीमा आएको बाढीले भरतपुर–३ को न्युरोड र नगरवन जोड्ने झोलुंगे पुल बगाएको छ । शनिवार राति साढे ११ बजेको समयमा बाढीले झोलुंगे पुलको दुवै तर्फको पिल्लर भत्काइ पूर्ण रुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

 

चितवन, असार २३ ।

लगातारको वर्षाले चितवन लगायत देशका विभिन्न ठाउंमा ठूलो जनधनको क्षति भएको छ। मनसुन शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी–पहिरोमा परी पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ। अन्य सात जना बेपत्ता छन्। यससँगै मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ। शनिबार पहिरोले पुरिएर स्याङ्जामा दुई जना, पर्वतमा दुई जना र काठमाडौँमा एक जना, काभ्रेमा दुई जना, तनहुँमा एक जना र दाङमा एक जना गरी नौ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए। काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–११ मा खोला तर्ने क्रममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको हो। शनिबार साँझ भ्याकुरे खोला तर्ने व्रmममा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उहाँकी पाँच वर्षीया भदै सेतीमाया रुजाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको र शुक्लागण्डकी नगरपालिका–१३, काउरेमा पहिरोमा पुरिएर तीन जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए। काउरेका ४० वर्षीय हीरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएको र खोजी जारी रहेको गौतमले बताए। खोलाले बगाएर दाङमा एक जना, पर्वतमा दुई जना र दोलखामा एक जना गरी सात जना बेपत्ता रहेको प्रवक्ता कार्कीले बताए। त्यस्तै पहिरोले तनहुँमा पुरिएर चार जना, गुल्मीमा एक जना र ओखलढुङ्गामा दुई जना गरी सात जना घाइते भएका छन्। काठमाडौँको नागार्जुनमा पहिराले रेस्टुरेन्ट पुरिँदा गोरखाका मनोज विकको मृत्यु भएको छ। स्याङ्जाको बिरुवा–६, लामाखेतमा ईश्वरी लम्सालको घर पुरिँदा ६५ वर्षीय गुह्येश्वरी शर्मा मरासिनी र ५८ वर्षीय हरिदेवी शर्माको मृत्यु भएको छ। ६६ वर्षीय माधव शर्मा बेपत्ता छन्। लम्साल परिवारका पाँच जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ। बाढीका कारण दाङमा दुध बेच्न गएका एक किसान र दोलखामा एक महिला बेपत्ता छन्।

 

Subcategories