News

 

चितवन, चैत २८ । 
नयाँ वर्षको अवसरमा नारायणी किनारमा नयाँ वर्ष उत्सव गरिने भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा उत्सवअन्तर्गत विविद्य सांस्कृतिक कार्यक्रमसँगै खाना महोत्सव गरिने भएको हो । उत्सव चैत ३० गते बेलुका ७ बजेबाट १२ बजेसम्म सञ्चालन गरिने तयारी गरिएको छ । उत्सव वैशाख १ गते बेलुका ९ बजेसम्म चल्ने छ । नेपाली संस्कृतिको समेत संरक्षण हुने र भरतपुर भ्रमण वर्ष २०२४ को प्रवद्र्धन समेत हुने उक्त कार्यक्रमले चितवन जिल्लाको आर्थिक गतिविधि चलायमान गराउनमा समेत सहयोग पुग्ने संघको अपेक्षा रहेको संघको अध्यक्ष सुमनकुमार श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस नोटमा उल्लेख छ । आर्थिक मन्दी र व्यापार व्यवसायमा आएको सुस्तताका कारण आर्थिक क्षेत्र गम्भिर परिस्थितिमा रहेको अवस्थामाआयोजना गर्न लागिएको कार्यक्रमले केहीआशाको दियो बाल्ने संघले जनाएको छ । महोत्सवमा २० वटा स्टलमा खानाका परिकार राखिने छ । उक्तकार्यक्रममा भरतपुर महानगरपालिका कार्यालयले प्रवद्र्धकको भूमिका निवार्ह गरेको छ । महोत्सवको मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी रहेको छ भने अन्य सहयोगीको रुपमा सेन्ट्रल कलेज, यमाहा मोटर्स, सोफाहव,बोटलर्स नेपाल ९तराई० लि, एबीएस मोटर्स, ओजोन मोटर्स, स्याफ्रोन ईन्डिएनकुजिन, लगायतका संघ संस्थाहरुको सहयोग रहेको छ । नया“ वर्ष उत्सवको कार्यक्रममा सहभागी हुने दर्शक तथा सर्वसाधारणलाई निःशुल्कप्रवेशको व्यवस्था गरिएको संघले जनाएको छ । स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहने उक्तकार्यक्रमले नदी किनारको प्रवद्र्धनमा थप सहयोग पुग्ने संघको अपेक्षा छ ।

 

रत्ननगर, चैत २८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालिका-१ वडा कमिटी गडुवामा नयाँ वडा कमिटी गठन गरिएको छ । वडा कमिटीका अध्यक्ष रामु वम्जनको अध्यक्षतामा सम्पन्न दोस्रो वडा अधिवेशन तथा प्रशिक्षण कार्यक्रममा १७ सदसीय नयाँ कालिका-१ वडा कमिटी गठन गरेको हो । जस्को अध्यक्षमा बलराम श्रेष्ठ, उपाध्यक्ष पवित्र लामा, सचिव रुपेन्द्र स्याङ्दान, उपसचिव साबित्री चापागाई, सन्देश राई र सदस्यहरुमा टुकमाया सोती, एन्जिला श्रेष्ठ, ढोलनाथ चापागाई, लक्ष्मी परियार, मोतिमाया वि.क, आशा तामाङ, जीवन लामा, सरस्वती खत्री, खगेन्द्र शर्मा चापागाई, काजिमान मगर, शर्मिला चापागाई, पंचविर घिसिङ सर्वसम्मत निर्वाचित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले कहि कतै पनि विचलित नभएर गौरव गर्न लायक पार्टी एमालेमा सक्रिए भएर लाग्न अनुरोध गरे । कालिकाका हरेक समस्याहरु बिस्तारै बिस्तारै नेकपा एमालेले समाधान गर्दै गईरहेको बताए । कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष कमल पाठक, एमाले जिल्ला कमिटी सदस्य तथा बागमती प्रदेश २ (क) का ईन्चार्ज बिनोद रेग्मी, नगर कमिटी अध्यक्ष केशव लामा, प्रदेश कमिटी सदस्य तथा जनतासंग एमाले अभियान २०८० का संयोजक खुमनारायण श्रेष्ठ, ऐमाले जिल्ला कमिटी सदस्य तथा कार्यक्रमकी सह संयोजक बिमला तामाङ, नगर कमिटी तथा वडा कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । कालिका-१ वडा कमिटीका सचिव बलराम श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा नगर कमिटी सचिवालय सदस्य कृष्ण घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

Subcategories