News

साउन ४ बारा । त्रिशूली नदीमा बेपत्ता भएको एन्जल बसकी यात्रु सृष्टि यादवको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । घटनाको ८ औँ दिनसम्म पनि सृष्टि फेला नपरेपछि परिवारले शुक्रबार कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् । कलैया उपमहानगरपालिका– १४ जितपुटोलकी सृष्टिका अभिभावकले कुशको शव बनाएर पसाहा खोलामा दाहसंस्कार गरेका छन् । शव फेला नपरेपछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको उनका बुबा जगदीश यादवले बताए । सृष्टि पर्साको सखुवाप्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रूपमा कार्यरत थिइन् । उनी विदेश जानको लागि परीक्षा दिन काठमाडौँ जाँदै गर्दा सो घटनामा परेकी हुन् । उनी चढेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमतालको पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए । उक्त घटनामा बाराका ४ जना यात्रु परेका थिए । सृष्टिसँगै प्रसौनी गाउँपालिका–२ का ताराचन्द कुर्मी, उनकी पत्नी कुसुवदेवी र बारा बिश्रामपुर ३ का प्रमानन्द पण्डित बेपत्ता छन् । शव फेला पर्ने स्थिति नदेखेपछि कुर्मीको परिवारले पनि यसअघि नै कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।


चितवन, साउन ४ । पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा. महावीर पुन भरतपुर महानगरपालिका आइपुग्नु भएको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौडेललगायत महानगर परिवारसँग उहाँले अन्तरक्रिया गर्नुभएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ महानगरपालिकाले ५ सय थान पुस्तक पनि खरिद गरेको छ ।
३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा. पुन यस अभियानमा लागेका छन् ।
कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले डा. पुनको अभियान सकारात्मक रहेको बताउनुभयो ।
राष्ट्र निर्माण गर्ने सबै नागरिकको जिम्मेवारी उतिकै रहने भएकाले यस्ता अभियानलाई सबैले साथ दिनुपर्ने प्रमुख दाहालको भनाइ थियो ।
‘राष्ट्र निर्माणमा सरकारको मात्र भर पर्नु हुँदैन,उहाँले भन्नुभयो,‘ सबै नागरिकले राष्ट्रप्रति उत्तरदायित्व बहन गर्नुपर्छ । आँटे पछि अठोट लिए कुनै पनि काम असम्भव छैन ।’
प्रमुख दाहालले अभियानमा भरतपुर महानगरको सिंगो परिवार साथ, सहयोग रहने र अभियानको पूर्ण सफलताको कामना पनि गर्नुभयो ।
प्रतिपुस्तक रु सात सय ५० मा बिक्री गर्ने गरिएको डा. पुनले बताउनुभयो । ‘नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको छौं’, उहाँले भन्नुभयो, ‘औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु ।’
नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्यअनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुनले बताउनुभयो । उहाँका अनुसार युवा प्रतिभाले उद्योग कलकारखाना खोलुन्, रोजगारीको सिर्जना गरुन र अर्थतन्त्र सबल बनाउन लागुन् भन्ने मुख्य उद्देश्य राष्ट्रिय आविष्कार केन्द्रको रहेको छ ।



चितवन, साउन ३ । पश्चिम भरतपुरलाई लक्ष्ति गर्दै वडा नम्बर २० बाट सेवा पु¥याउने गरि बिहिबारबाट बारुण यन्त्र ९दमकल० इकाई तथा नगर प्रहरी बिटको शुभारम्भ गरिएको छ । एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सो इकाईको उद्घाटन गर्नुभयो ।पश्चिम भरतपुरका झण्डै १५ वटा वडाहरुमा हुने गरेका विपद तथा विपदजन्य घटनाहरुलाई न्यूनीकरण गर्ने उद्वेश्यले बारुण यन्त्रको सेवालाइ थप व्यवस्थित र विस्तार गरिएको महानगरले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर दुई नदी र जंगलले घेरिएको ठाँउ भएकाले यहाँ प्राकृतिक विपत्तिको सम्भावन धेरै हुने भएकाले बारुण यन्त्र इकाई स्थापना गरिएको उल्लेख गर्नुभयो । भरतपुरमा नदीको जोखिमलाई अन्त्य गर्न नारायणी तटबन्धनको काम भइरहेको र जंगली जनावरको नियन्त्रणका लागि मेसजालीसहितको फाउण्डेशनको काम अघि बढेको जानकारी दिनुभयो । भरतपुरलाई सुरक्षित महानगर बनाउने गरी वषेर्नी विभिन्न कार्यक्रमहरुलाई अगाडि बढाउदै आएको उहाँको भनाई थियो । त्यस्तै उपप्रमुख चित्रसेन अधिकारीले महानगरपाकिाले भरतपुर २० मा बारुण यन्त्र केन्द्र स्थापना गरी जनतालाई थप सुरक्षित महशुस गराउने प्रयास गरेको बताउनुभयो । दुरीका हिसाबले भरतपुर २० मध्य भागमा रहेकाले पश्चिम चितवनमा वडाहरुमा प्रभावकारी हुने उहाँको भनाई थियो ।

Subcategories