News

 रत्ननगर, चैत्र १३ ।

 

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको आयोजनामा सञ्चालित ४५ दिने आधारभूत व्युटिपार्लर तालिम मंगलवार सम्पन्न भएको छ । कालिका नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहेका थिए । नगर प्रमुख रेग्मीले तालिमलाई सहि रुपमा उपयोग गर्न सके महिलाहरु आत्मनिर्भर बन्न तालिम महत्वपूर्ण सावित हुने बताए । बेरोजगारीको समस्याले दिनहु विदेशिने तथा स्वरोजगार बन्न व्युटी पार्लर तालिम महिलाहरुको लागि उपयोगी हुने बताए । नगर प्रमुख रेग्मीले भने, ‘तालिम आफ्नो घर भित्र सिमित नभई आय आर्जनमा मद्धत पुर्याउने खालको भएकोले यस किसिमको तालिम लिएपछि आफैले पार्लर चलाउन आग्रह गर्दछु ।’ सीप सिकेपछि त्यसको उपयोग गरेर आत्मनिर्भर बन्न सकिने भएकोले अबसरको सदुपयोग गर्न सुझाव दिए । नगर उप प्रमुख बिमला तामाङले तालिमले महिलाहरुलाई सिप सिकाएर आय आर्जनमा मद्धत पु¥याउनुको साथै संवेदनशील पेशा भएको बताइन् । पछिल्लो समय महङगो पैसा तिरेर महिलाहरुले सहरी क्षेत्रमा व्युटिपार्लर सम्वन्धी तालिम लिईरहेको अवस्थामा गरिवी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले निःशुल्क प्रदान गरेकोले तालिमलाई महिलाहरुले सदुपयोग गर्नुपर्ने सुझाव दिइन् ।

लक्ष्मी देपकोटाले प्रशिक्षण दिएको तालिममा सहभागी २५ जनालाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा तालिममा सहभागिका तर्फबाट सफल लद्यु उद्यमी समुहका सदस्य शर्मिला पन्त, प्रशिक्षक लक्ष्मी देपकोटा लगाएतले मन्तव्य राखेका थिए ।

कालिका वडा नं। ६ का वडा अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, शाखा अधिकृत प्रकाश चन्द्र गौतम लगाएतको सहभागिता रहेको थियो ।

चितवन, चैत १३ ।

चितवनको भरतपुरबाट माडी जाँदै गरेको बसले साइकललाई ठक्कर दिँदा साइकल चालक गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–२३ जगतपुर चोक स्थित बेनीबाट माडी तर्फ जाँदै गरेको ग १ ख ६७३३ नं.को बसले आज दिउँसो बाटो क्रस गर्दे गरेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । बसको ठक्करबाट गम्भीर घाइते जगतपुर बस्ने ४८ वर्षीय सूर्य गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । दुबै सवारीसाधन र बस चालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


चैत १३, चितवन । तस्विर कोमल चन्द्र भगत । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिका कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ । मंगलबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच अध्यक्ष दाहाललाई स्वागत तथा सम्मान गरिएको हो । फागुन २९ गते उहाँ राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै पहिलो पटक गृह जिल्ला चितवन आइपुग्नु भएको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई उचो पार्ने गरी काम गर्ने उल्लेख गर्नुभयो । संघ, प्रदेश र स्थानीय तहलाई आवश्यक कानुन निर्माण गर्न राष्ट्रिय सभाको अध्यक्षको हैसियतले पुलको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । अहिले संविधान कार्यन्वनको चरणमा छ,उहाँले भन्नुभयो,‘केही महत्वपूर्ण ऐन, कानुनहरु निर्माण हुन बाँकी छन् । ऐन कानुनहरु नबन्दा काम गर्नलाई गारो भइरहेको छ ।

निजामति ऐन, प्रहरी समायोजन ऐन तथा टिआरसी सम्बन्धी कानुन छिटो निर्माण गर्न जरुरी रहेको छ ।’ अध्यक्ष दाहालले राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै देश निर्माणको अभियानमा बढ्न थप जिम्मेवार बन्नुपर्ने अवस्था आएको उहाँको भनाई छ । यस्तै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरले सम्माननीय प्रधान्त्रीमन्त्री, राष्ट्रिय सभाको अध्यक्ष र माननीय उपप्रधान तथा गृहमन्त्री पाउनु आफैमा गर्वको विषय भएको बताउनुभयो । ईतिहासमा यस्तो अवसर विरलै मात्रमा पाइने भएकाले यो अवसर र चुनौती दुबै भएको उहाँको भनाई थियो । प्रमुख दाहालले राष्ट्रिय सभा अध्यक्षले संविधानको रक्षा, यसको सही कार्यन्वन र जनताको पक्ष राम्रोभन्दा राम्रो काम गर्न शुभकामना व्यक्त गर्नुभयो । उहाँले हिजोका दिनमा स्थानीय तहमा देखिएको ऐन कानुन सम्बन्धी कठिनाईलाई पन्छयाउनलाई समान्वत्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । चितवन जिल्लालाई वैकल्पिक राजधानी बनाउन नसकिएपनि आर्थिक राजधानीको रुपमा विकास गर्न सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली काँग्रेस चितवनका अध्यक्ष राजेश्वर खनाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम शिक्षा शाखा प्रमुख महेन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो ।

Subcategories