News

चितवन,असार २२ ।

नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नारायणी पुल र देवघाटमा चेतावनी तह नाघेको छ । नारायणी पुल जलमापन केन्द्र र देवघाट जलमापन केन्द्रले चेतावनी तह नाघेको रेकर्ड गरेको हो । चेतावनी तह भनेको आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्था हो । नारायणी पुलमा जलसतह ११.२६ मिटर पुगेको छ भने देवघाटमा जलसतह ८.५१ मिटर पुगेको छ । नारायणी पुलमा ११ मिटर र देवघाटमा ७.३ मिटर जलसतहलाई चेतावनी तह मानिन्छ । देशभर लगातार वर्षा भइरहेकाले जलसतह अझै बढ्ने सम्भावना छ । नारायणीले चेतावनीको तह नाघेसँगै नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेतना अपनाउन भनिएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र नवलपुरले सूचना जारी गर्दै सचेत रहन नागरिकलाई आब्हान गरेका छन ।


असार १४, रत्ननगर । चितवनको रत्ननगरमा रहेको आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले सेवा प्रवाहको लागि गरेको काम र त्यसको प्रगति समीक्षा गरिएको छ । चिकित्सालयको जिल्ला स्थित कार्यालय र त्यस मातहतका औषधालयले आर्थिक बर्ष२०८०र८१ मा गरेका कामको समीक्षा गरिएको हो । जिल्ला समन्वय समितिका सभापति नारायण प्रसाद अधिकारी प्रमुख अथिति रहेको सो कार्यक्रममा वीरेन्द्रनगर आयुर्वेद औषधालयका प्रमुख टुकनाथ पौडेल, माडी आयुर्वेद औषधालयका प्रमुख शोभाकर दुवाडी,पटिहानी आयुर्वेद औषधालयका प्रमुख भिम आचार्य, गुन्जानगर आयुर्वेद औषधालयकी प्रमुख सुनिता आचार्य, मेघौली आयुर्वेद औषधालयका प्रमुख होमनाथ सापकोटा, शिवघाट आयुर्वेद औषधालयका प्रमुख प्रकाश आचार्य, देवघाट आयुर्वेद औषधालयका प्रमुख सुरज शर्मा, डालेटारआयुर्वेद औषधालयकी प्रमुख उमा आचार्यले प्रगति विबरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चिकित्सालयका प्रमुख डा।कोपिला अधिकारीले चालु आबमा बहिरंग चिकित्सा सेवा अन्तर्गत ३२ हजार ६७९ महिला र २७ हजार १५० पुरुष गरी ५९ हजार ८२९ जनालाई सेवा प्रदान गरिएको जानकारी दिइन्। चिकित्सालयले यसै अवधिमा ४ हजार १६५ जनालाई योग सेवा, १८ हजार ६२ जनालाई पूर्वकर्म र पञ्चकर्म सेवा, ४ हजार ६४५ जनालाई जेष्ठ नागरिक सेवा प्रदान गरेको छ । यसैगरी एक हजार ९० महिलालाई स्तनपाई आमा तथा शिशु सेवा, ५ हजार २४० जनालाई नागरिक आरोग्य स्वाथ्स्य सेवा, ६ हजार २१० जनालाई प्रयोगशाला सेवा प्रदान गरेको डा। अधिकारीले जानकारी दिइन । उनले अनुसार ४ हजार ४७६ जनालाई अकुपञ्चर सेवा, ३ हजार ८९२ जनालाई फिजियोथेरापी सेवा र ६३ जनालाई अल्ट्रासाउण्ड सेवा प्रदान गरिएको छ । चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ईच्छाकामना गाउँपालिकाका माडी नगरपालिकाका वडाध्यक्ष डण्डपाणि पौडेल, वडाध्यक्ष नरबहादुर नेपाल,राप्ती नगरपालिका वडा नं ७ का कार्यबहाक वडाध्यक्ष ओमप्रसाद पुन, स्वास्थ्य कार्यालय चितवनका अधिकृत दीपा सुवेदी, कालिका वडा नं ७ कि वडा सदस्य सर्मिला अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सेवा निबृत्त बरिष्ठ कविराज निरीक्षक विष्णु आचार्य सहित चिकित्सालयका कर्मचारी र पत्रकारहरुलाई सम्मान गरिएको डा। देवेन्द्रकुमार यादवले जानकारी दिए ।

 

 

चितवन, असार १४।
७३ औं मदन जयन्तिको अवसरमा चितवनको माडीमा अवस्थित पुष्प मदन वाटिकामा वृक्षारोपण गरिएको छ ।नेकपा (एमाले) चितवन र मदन भण्डारी फाउण्डेसन चितवनको संयुक्त आयोजना, नेकपा एमाले माडी नगर कमिटीको व्यवस्थापन एवम् पुष्प मदन स्मृति वाटिका माडीको विशेष सहयोगमा आज वृक्षारोपण गरिएको हो । विभिन्न प्रकारका बिरुवाहरु लगेर बाटिकामा रोपिएको हो । मदन भण्डारीको अस्तु उक्त स्थानमा लगेर विसर्जन गरिएको थियो । अस्तु विसर्जन गरेको ठाउँमा बरको रुख रोपिएको छ । उक्त स्थानलाई राजनैतिक भ्रमण केन्द्रको रुपमा विकास गर्न विभिन्न संरचना निर्माण गरिएका छन् । आजको वृक्षारोपण कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवालीले पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको शालिकमा फुलगुच्छा अर्पण गरी वृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा एमाले नेताहरु यमबहादुर परियार, दावादोर्जे लामा, विजय सुवेदी, डा तिलचन्द्र भट्टराई लगायतका केन्द्रीय तथा जिल्ला नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Subcategories