News

१ वैशाख, चितवन । तस्विर कोमल चन्द्र भगत / अंकित भगत ।आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज चितवन लगायत अधिराज्यभर र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत् शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत् चलेको छ । विक्रम सम्वत् १३५ देखि शक सम्वत्, सम्वत् ६३३ देखि मानदेव सम्वत्, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत् चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ ।

 

चैत ३०, रत्ननगर । तस्विर कोमल चन्द्र भगत । 
चितवनमा भोली बैशाख १ गते देखि २९ औं वन्यजन्तु सप्ताह सुरु हुँदैछ । हरेक बर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालिन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी सप्ताह मनाइदै आएको हो । चितवन राष्ट्रिय निकुञ्ज सहित संरक्षण र पर्यटनसंग सम्बन्धित २६ वटा संघसंस्थाहरुको सहकार्यमा सप्ताह मनाउन लागिएको हो । रत्ननगरको बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी वन्यजन्तु सप्ताहको उद्देश्य र एक हस्तासम्म गर्ने कार्यक्रमको बारेमा जानकारी दिएको छ । वन्यजन्तुको संरक्षण: पर्यापर्यटन र आयआर्जन भन्ने मुल नाराका साथ मनाउन लागिएको वन्यजन्तु सप्ताहमा संरक्षण र जीविकोपार्जनलाई जोड दिइएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनु भयो ।

सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बैशाख १ गते उद्घाटन, २ गते टिकौली सडकखण्ड वरपर सरसफाई, ३ गते चरा अबलोकन, ४ गते वन्यजन्तु संरक्षण मुलक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिस बीचको सहअस्थित्व सम्बन्धी विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते डुंगा सयर, ६ गते वन, वन्यजन्तु र वाताबरण संरक्षणमुलक सचेतना ¥याली गरिने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । सप्ताहको अन्तिम दिन बैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रिया र संरक्षणमा योगदान दिएकाहरुलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताउनुभयो । मृगकुञ्ज मध्यवर्ती वन उपभोक्ता समितिको अगुवाईमा चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सहित सामुदायिक वन, सौराहाको पर्यटनसंग सम्बन्धित संघसंस्थाको सहकार्यमा सप्ताह मनाइदै छ । कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष बसन्त राना, नेचर गाइड एशोसियसनका अध्यक्ष अनिल गुरुङ लगायतको सहभागिता रहेको थियो । 


चैत ३०, भरतपुर । तस्विर कोमल चन्द्र भगत । चितवनमा आगामी असोजमा प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला यथलेटिक्स फिजिकल २०८१ू हुने भएको छ । चितवन जिल्ला शारिरीक सुगठन तथा फिटनेश संघले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि भरतपुर भ्रमण बर्षको अबसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । स्वस्थ शरीर भित्र स्वस्थ मनस्थिति हुन्छ भन्ने मुल नाराका साथ भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै विजया दशमी, शुभ दीपावली, छठ पर्वको अवसर पारेर जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए । प्रत्येक दुई(दुई वर्षमा आयोजना गर्ने उद्देश्य सहित मिति २०८१ असोज महिनामा चितवनमै पहिलो पटक प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला यथलेटिक्स फिजिक्स २०८१ आयोजना गरिएको उनले जानकारी दिए ।

प्रतियोगितामा छ वजन समूहको टिमको सहभागिता हुनेछ । जसमा ५५, ६०, ६५, ७०, ७५, ८० केजी तौल समूहबीच प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा एउटा क्लव वा संस्थाबाट एउटा बजन समूहमा बढीमा २ जना खेलाडीहरु गरी जम्मा १० जना खेलाडीहरु र १ जना टिम मेनेजरले भाग लिन तथा टिमको प्रतिनिधित्व गर्न पाउने संघका उपाध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । त्यस्तैगरी शारीरिक सुगठनको विधा अन्तर्गत महिला एथलेटिक्स फिजिक्स प्रतियोगितालाई खुल्ला समूह अन्तर्गत खेलाइनेछ । प्रतियोगिताको पहिलो दिन प्रि  जजिङ राउण्ड अन्तर्गत मिष्टर चितवन प्रतियोगिताको लागि प्रत्येक समूहबाटब ५ जना खेलाडी र दोश्रो दिनको फाइनल राउण्डको लागि छनोट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरुमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत तथा काश्य पदक एवम् प्रमाणपत्र प्रदान गरिने छ । चौथो तथा पाँचौं हुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र हासिल गर्नेछन् । प्रत्येक वजन समूहमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु २५,०००, १५,००० तथा १०,००० नगद सहित पुरस्कृत गरिनेछ । त्यस्तै शारीरिक सुगठनको विधा अन्तर्गत पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिताको पहिलो दिन प्रि(जजिङ्ग राउण्ड अन्तर्गत ६ जना खेलाडीहरु दोस्रो दिनको फाइनल राउण्डको लागि छनौट गरेर फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक समूहका खेलाडीहरुमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण रजत तथा काश्य पदक एवम् प्रमाण पत्र प्रदान गरिनेछ । चौथो तथा पाँचौ हुने खेलाडीले ट्रफी तथा प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रत्येक समूहमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः ३०,०००, २०,००० तथा १०,००० हजार नगद पुरस्कार प्रदान गरिनेछ । फाइनस प्रतियोगितामा पुरुष तर्फ प्रत्येक समुहको समूहगत विजेता खेलाडीहरु बीच प्रतिस्पर्धा गराई ओभरअलमा प्रथम हुने खेलाडीलाई “मिष्टर चितवन” को उपाधि संगै नगद रु। एक लाख पचास हजार पुरस्कार, ट्रफि तथा व्यानेट प्रदान गरिने छ । यसरी ओभरअल प्रथम हुने खेलाडीले नगद रु। १,८०,००० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा करीब १० लाख रूपैया अनुमान गरिएकोछ । पत्रकार सम्मेलनमा शारिरीक सुगठन तथा फिटनेस महासंघ बागमती प्रदेश समितिका सदस्य राकेशमान श्रेष्ठले प्रतियोगिताको उद्देश्य र तयारीका बारेमा जानकारी गराएका थिए ।

Subcategories