News

जेठ १२, रत्ननगर ।

सौराहा र यस आसपासका विपन्न समुदायका महिलाहरुलाई तीन महिने सीपमुलक तालिम दिइएको छ । बाघमारा मध्यवर्ती समुदायिक वनले १० जना महिलालाई सिलाईकटाई र ३५ जना महिलालाई व्यूटिसियन तालिम दिएको हो । उपभोक्ताहरुलाई वनप्रतिको निर्भरता हटाउदै संरक्षणमा क्रियाशिल बनाउने उद्देश्यले सीपमुलक तालिम दिएको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । वनको कार्यालयमै आयोजना गरिएको दुई छुट्टाछुट्टै तालिम शनिबार सकिएका छन् । समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का वडाध्यक्ष किरण महतो, निकुञ्जका सहायक संरक्षण अधिकृत शान्तबहादुर मगर र वडा नं ७ कि वडा सदस्य माइली सुनारले तालिम लिएकाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । तालिममा सहभागी सिला चौधरी, लक्ष्मी गोदार र अन्जली खनालले सिकेको सीपलाई आर्थिक उपार्जनको आधार बनाउने बताए । वडाध्यक्ष महतोले वनले प्रदान गरेको तालिम लिएकाहरुलाई थप तालिमको आवश्यकता परे वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाए । सिलाइकटाईको प्रशिक्षकमा विरेन्द्र चौधरी र व्यूटिसियनको प्रशिक्षकमा मीना उप्रेती, अनुराधा महतो रहेका थिए । समापन कार्यक्रम तालिम संयोजक सरस्वती चालिसेले सञ्चालन गरेकी थिइन् । पर्यापर्यटनबाट राम्रो आम्दानी गर्दै आएको सो सामुदायिक वनले वन व्यवस्थापन, बासस्थान र घासेमैदान व्यवस्थापन, मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण, गरिबी निवारण, वालीनाली राहत वितरणको कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष तामाङले बताए। मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणको लागि बस्ती र वनको सिमानामा कंक्रिट बाल निर्माण, बालीनाली राहत, पशुचौपायाको बिमा, सुत्केरी भत्ता, मृत्यू हुँदा काजक्रिया खर्च, उपचार खर्च, शिक्षामा बार्षिक १० लाख लगानी र गरिबी निवारणका लागि सीपमुलक तालिम दिँदै आएको छ । सो सामुदायिक वन गैंडा, बाघ, भालु, चितुवा, मृगप्रजाती, घडियाल र मगर गोहीको मुख्य बासस्थान हो । सौराहामा आउने अधिकांस पर्यटक सो वनमा हात्ती सफारी र डुंगा सयर गरेर रमाउने गरेका छन् ।

 
जेठ १२, चितवन । सविना लामिछाने
काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले यही आइतबार आयोजना गर्ने अन्तर्राष्ट्रिय सङ्गोष्ठीकोसम्पूर्ण तयारी पूरा भएको छ ।‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’शीर्षकमा विश्वविद्यालयकोस्कुल अफ आर्ट्स् परिसर, हात्तीवन, ललितपुरमा जेठ १३ मा आयोजना हुने अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा नयाँ दिल्ली, भारतस्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) का कुलपति प्राध्यापक के.के. अग्रवाल प्रमुख अतिथि रहनु हुनेछ भनेअमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक योशिताका माइक मुख्य वक्ता (कीनोट स्पीकर) का रूपमा सहभागी हुनुहुनेछ । केयुका उपकुलपति प्राध्यापक भोला थापाले उद्घाटन सत्रको अध्यक्षता गर्ने अन्तर्राष्ट्रिय सङ्गोष्ठी भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला, एमसीयूकै वर्तमान उपकुलपति प्राध्यापक के.जी. सुरेश, चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत स्कुल अफ पोलिटिक्स एण्ड पब्लिक एड्मिनिस्ट्रेसनका उपाध्यक्ष हान हङ, इण्डोनेसियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय) का प्राध्यापक इदा बागुस पुटु सुअम्बा, भारतस्थित जवाहरलाल नेहरु विश्वविद्यालयको सेन्टर फर मिडिया स्टडिजकीविभागीय अध्यक्ष शुची यादव लगायतले वक्ताका रूपमासहभागिता जनाउने छन् ।
उद्घाटन सत्र, दुई प्लेनरी सत्र, तीन समानान्तर सत्र र समापन सत्र गरी बिहान ८ बजेदेखि दिनभर चल्ने कार्यक्रममा प्रस्तुतिका विभिन्न छवटा विषय÷विधा निर्धारित छन् ।डि–वेस्टर्नाइजेसन, एसियासेन्ट्रिसिटी एण्ड रिओरियन्टेसन, नाट्यशास्त्र एण्ड वाक्यपदीय, बियोण्ड दि बाउन्डरिज, फ्रम एन्सियन्ट विज्डम टु डिजिटल डाइनामिक्स, पर्सुयट अफ सहृदयता र कम्युनिकेसन प्र्याक्सिस यस सङ्गोष्ठीमा प्रस्तुति हुने विधाहरू हुनु । यसअघि प्लेनरी सेसनमा भने टु डिकेड्स अफ दि साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड फ्युचर प्रस्पेक्टस र साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड मल्टिडिसिप्लिनरी डाइनामिक्स विषयमा वृहत् विमर्श गरिने छ ।
गोष्ठीको आयोजना, सञ्चालन र व्यवस्थापनका लागि सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा गठित मूल समिति तथा त्यस मातहतका १० वटा उपसमितिहरूलेआ–आफ्नो भूमिका निभाइरहेका छन् ।केयूका सहप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजनागर्न लागिएको हो ।उक्त सञ्चार ढाँचा हाल विश्वका अनेकौँ विश्वविद्यालयहरूमा औपचारिक पाठ्यक्रममा समावेश गरी पठनपाठन भइरहेको छ । साथै, यसबारे स्नातकोत्तर तथा पीएचडी तहमा शोधार्थीहरूले थप अनुसन्धान पनि गरिरहेका छन् ।
कार्यक्रममा स्वदेश–विदेशका प्राध्यापक, शिक्षक, सञ्चार अनुसन्धाता, पीएचडी शोधार्थी लगायत गरी ३६ जनालेसञ्चारको साधारणीकरण ढाँचाका विविध पक्ष र आयाम तथा सञ्चार सिद्धान्तका अनेकौं पक्षमा केन्द्रित कार्यपत्र प्रस्तुत गुर्नेछन् ।सङ्गोष्ठी ‘हाइब्रिड मोड’ मा हुने भएकाले केही प्रस्तोताले भर्चुअल माध्यमबाट र केहीले हात्तीवनमै उपस्थित भएर आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नेछन् ।
 

काठमाडौँ, जेठ १२ ।

नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ । सरुवा रोग विशेषज्ञ डा सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी।१’ ‘केपी।२’ ‘केपी।३’ र ‘केपी।४’ पुष्टि भएको थियो । “यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन,” उहाँले भन्नुभयो, “तर दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्दछ ।” कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रुप लिने सक्ने भएकाले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने उहाँको भनाइ छ । ‘केपी।१’ १२ जनामा, ‘केपी।२’ १७ जनामा, ‘केपी।३’ र ‘केपी।४’ एक(एकजनामा देखिएको थियो । रासस

Subcategories