News

१३ असोज, चितवन।

धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका ४ वटा बसबाट आज थप १६ वटा शव भेटिएका छन्। यसअघि हिजो शनिबार १४ जनाको शव निकालिएको थियो। यो सहति झ्याप्ले खोला पहिरोमा परेर हालसम्म ३० जनाको ज्यान गएको छ । थप शवहरु खोज्नेक्रम जारी रहेको प्रहरीले जनाएको छ । गोरखा, चितवन लगायतका जिल्लाबाट घटनास्थल आईपुगेका उनीहरूले सनाखतका लागि नाम सहितको विवरण प्रहरीलाई टिपाएका छन् । अहिलेसम्म पुरिएका गाडीहरूबाट ३० जनाको शव संकलन भएको प्रहरीले जनाएको छ । शनिबार र आइतबार गरी उक्त सङ्ख्यामा शव फेला परेको हो । झ्याप्ले खोलामा भेटिएको सबै शव त्रिवि शिक्षण अस्पताल लगिने प्रहरीले जनाएको छ।

 

 

असोज १३, दाङ । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजु बहिनीको निधन भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका दाजु बहिनीपहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने उक्त कन्फ्रेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुँदै थिए । कार्यक्रममा सहभागी हुन शुक्रबार काठमाडौं जान बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो को टिकट काटेर हिंडेका उनीहरुको यो गाडी काठमाडौं पुगेन । धादिङको झ्याप्ले खोलाको पहिरोमा पुरिन पुग्यो । गाडी पुरिँदा जुम्ल्याहा दाजु बहिनी दिपेश–दीपिका आमा सीता भट्टराईसँगै अस्ताए । उनीहरू लगायत गाडी चालक सहित १४ जनाले सोही पहिरोमा ज्यान गुमाए ।

 गुल्मीका ६ जनाको मृत्यु
झ्याप्लेखोलमा माईक्रोबस पहिरोले पुरिदा मृत्यु भएका १४ जना मध्ये ६ जना गुल्मीका परेका छन् । मदाने गाउँपालिकाका ६ पुर्कोटदहका ३ जना र गुल्मीदरबार गाउँपालिका( ७ लामडाँडाका एकै परिबारका ३ जना सहित ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी शंंकर पोखरेलका अनुसार पुर्कोटदका ३४ वर्षीय प्रकाश कुँवर, उनकी श्रीमती अनु कुँवर र बहिनी सिर्जना कुँवरको मृत्यु भएको छ । कोरियाको रोजगारबाट फर्किएका उनको एक महिना अघि मात्र विवाह भएको थियो । गुल्मीदरबार ७ लामडाँडाका पनि एकै परिबारका तिन जनाको मृत्यु भएको वडाका वडाध्यक्ष शालिकराम टण्डनले जानकारी दिए । उनका अनुसार त्यस गाउँका ६३ वर्षीय जुद्धबहादर रायमाझी, उनकी बुहारी ३१ वर्षीय प्रमिता भुसाल रायमाझी र उनका ३ वर्षीय छोरा पिसव रायामाझीको मृत्यु भएको छ ।

१३ असोज, चितवन। नेपाली सेनाको हेलिकप्टरले काभ्रे जिल्लाको बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अहिलेसम्म रोशी गाउँपालिकाको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्धार गरेर धुलिखेल ल्याएको छ । बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा १ हजारभन्दा बढी नागरिक बसेको र उद्धार गर्नुपर्ने अवस्था रहेकोजिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दिनेशबहादुर कुँवरले बताउनुभयो । सुरुमा नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलटारमा खाद्यान्न पुर्‍याएर राजमार्गमा फसेकाहरूको उद्धार सुरु भएको कुंवरको भनाइ छ । उद्धार गरिएकामध्ये १३ जना बिरामी समेत छन् । जिल्लामा ठूलो मानवयि र भौतिक संरचना क्षति भए पनि यकिन विवरण संकलन हुँदै गरेको कुवंरले बताउनु बताउनु भयो । विभिन्न स्थानीय तहसँग समन्वय गर्ने प्रयास भए पनि विद्युत् र दूरसञ्चार सेवा समेत अवरोध हुँदा समस्या भएको छ । जिल्लाका प्रमुख दुई राजमार्ग बीपी र अरनिको सहित अधिकांश स्थानीय तह जोड्न सडक समेत अवरुद्ध छ ।

Subcategories