News

 

चितवन, जेठ ९ ।

चितवनका सहकारी पीडित आन्दोलनमा उत्रिने भएका छन् । आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने माग राख्दै दबाव स्वरुप आन्दोलनमा उत्रन लागेको आज बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । सहकारी पीडित संघ चितवन नै गठन गरेर यहि जेठ ११ गते भरतपुरमा ¥याली निकाल्न लागिएको कार्यक्रममा जानकारी दिइयो । शुक्रबार आन्दोलन स्वरुप ¥याली निकाल्न लागिएको साहारा बहुँउद्देश्य सहकारी संस्था पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीेले जानकारी दिए । भरतपुरको चौबिसकोठिबाट सुरु हुने र्‍याली मेडिकल रोड, मालपोत चोक, हुँदै जिल्ला प्रशासनमा गएर कोण सभामा परिणत हुनेछ । र्‍यालीमा जिल्ला भरका बचतकर्ताहरुको सहभागिता रहने जनाइएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था, सनराईज बचत तथा ऋण सहकारी संस्था र साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, समाज कल्याण सहकारी, नेपाल सहकारी, वित्तिय सहकारी संस्थाका बचतकर्ताको दुई अर्ब बढी रकम डुबेको छ । प्रधानमन्त्री, गृहमन्त्री लगायतका निकायमा पुग्दा समेत न्याय पाउन नसकेको भन्दै आन्दोलनमा उत्रनु परेको शिवशिखर बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता बद्रि अधिकारीले बताए । चितवनमा १० वटाभन्दा बढी सहकारीमा बचतकर्ताको रकम डुबेको बताइएको छ । उनका अनुसार ६ अर्बको हाराहारीमा चितवनमा अपचलन भएको छ । यो रकम राज्यले दिनुपर्ने उनले बताए । उनका अनुसार शिवशिखरबाट मात्रै ९८ करोड बढी रकम बचतकर्ताको डुबेको छ । यस्तै सनराईज सहकारीका बचतकर्ताको ९० करोड ८० लाख २० हजार रुपैयाँ डुबेको छ । सो सहकारीका बचतकर्ता तुलसीराम सापकोटाले सहकारी पीडितको मागलाई राज्यले समाधान गरिदिनुपर्ने बताए ।

चितवन, जेठ ९ । 
पूर्वी चितवनको खैरहनीमा सर्वाधिक पुरस्कार रासीको फुटवल प्रतियोगिता हुने भएको छ । खैरहनी वड नं ११ पिद्रहनी स्थित इन्द्रकमल युवा क्लवको आयोजनामा यही जेठ १२ गतेबाट प्रथम इन्द्रकमल गोल्डकम २०८१ हुने भएको हो । प्रतियोगिता सोही वडा अन्तर्गत कुम् रठ्ठा स्थित खेल मैदानमा हुनेछ । क्लवले बुधवार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको उद्देश्य र तयारीको विषयमा जानकारी दिएको हो । खेलकुद मार्फत पर्यटनको विकास गर्ने उद्देश्यले दुईलाख पुरस्कार रासीको गोल्डकप आयोजना गरिएको क्लवका अध्यक्ष राजु तामाङले बताए । दुई बर्ष अधि जिल्ला स्तरीय फुटवफ प्रतियोगिता गरेको सो क्लवले खेलाडीहरुको सीप विकास, स्थानीय स्तरमा आर्थिक चलायमान र खेलकुदको माध्यमबाट खैरहनीलाई राष्ट्रिय स्तरमा परिचित गराउन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष तामाङले जानकारी दिए । १० टिम सहभागी सो प्रतियोगिता प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कार एक लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता १ जना, उत्कृष्ट, गोल रक्षक १ जना, सर्वोउत्कृष्ट खेलाडी १ जना प्रत्यक खेलमा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । उपाधिका लागि आयोजक टिम सहित हेटौडा फुटवल एकाडेमी, वीरगञ्ज युनाइटेड, अभिषेक चर्ज, बसन्तपुर युनाइटेड क्लव माडी, रामपुर रडर्स, सुर्यपुर एफसी, हर्दी युवा समाज, प्याराडाइज युवा क्लव, गैंडाकोट एफसीले प्रतिस्पर्धा गर्नेछन् । साढे १३ लाख खर्च हुने अनुमान गरिएकोसो प्रतियोगिताको लागि वडा कार्यालयको ५ लाख विभिन्नसंघ संस्थाहरुबाट आर्थिक सहयोग संलन गरिने छ । आयोजक क्लवले प्रतियोगिताको तयारी पूरा भएको र खेल तालिका समेत सार्वजनिक गरिएको जनाएको छ ।


चितवन, जेठ ९ । भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटी बीच भगिनी सम्बन्ध कायम भएको छ । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र छोङ्ग छिङ्ग सिटीका मेयर हुहङ्ग ह्वाले सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतामा दुवै पालिकाले साझा समृद्धि र विकासलाई अभिवृद्धि गर्न व्यापार लगानी, सहरी व्यवस्थापन, संस्कृति, पर्यटन, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्ने जनाइएको छ ।
दुई पक्षबीचको मैत्रीपूर्ण आदान–प्रदान, सहयोगलाई निरन्तर अगाडि बढाउन, सरकारी विभागहरू र तहहरूमा सुदृढ गर्न निरन्तर सम्पर्क गर्ने जनाइएको छ ।
सोही कार्यक्रममा छोङ्ग छिङ्ग, अदिस अब्बा, सिभ्ली, भरतपुर र उत्तर ढाकाबीच पनि हस्ताक्षर भएको थियो । यसअघि भरतपुर महानगरपालिका प्रमुख दाहाल र छोङ्ग छिङ्ग सिटीका पार्टी सेक्रेटी प्रमुख यान जाईजुनबीच भेटवार्ता भएको थियो । सो अवसरमा दुई देश बीचको सम्बन्धलाई नयाँ उचाईमा लैजान भरतपुर र छोङ्ग छिङ्ग बीचको भगिनी सम्बन्धले थप मद्दत पुराउने विश्वास गरिएको थियो । दुई सहरका नागरिक स्तरको सम्बन्ध कायम गर्दै एक अर्काको विकासमा सहयोग पुराउने बारेमा छलफल पनि भएको थियो । सो अवसरमा प्रमुख दाहालले भरतपुरको संक्षिप्त परिचय दिदै भरतपुरको विकास र ठूला पूर्वाधार निर्माणमा लगानी गर्न छोङ्ग छिङ्ग सरकार र उद्योगीलाई आग्रह गर्नुभयो । भरतपुर महानगरपालिका र छोङ्ग छिङ्गबीच अन्तर्राष्ट्रिय मित्रवत सम्बन्ध र आपसी सद्भाव वृद्धि गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सहभागी हुने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँले हिमालयको देश नेपालको मध्य भागमा अवस्थित सुन्दर नगरी भरतपुर महानगरपालिकाको तर्फबाट विषेश आभार प्रकट गर्नुभयो । सम्मेलनले नेपाली नागरिक र चिनियाँ नागरिक बीचको जनस्तरको सम्बन्धलाई थप बलियो बनाउनुका साथै छोङ्ग छिङ्ग सिटी र भरतपुर महानगरबीच सुमधुर सम्बन्धको सुरूवात भएको बताउनुभयो । भरपतुरमा केही महत्वपूर्ण विकास आयोजनाहरू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, भरतपुर–छुङसिङमैत्री पार्क, विश्वस्तरको पर्यटकीय होटल तथा कृषिजन्य उद्योगहरु स्थापनाको लागि लगानी गर्न चिनियाँ सरकार, छोङ्ग छिङ्ग सिटी र व्यवसायीक घरानालाई आग्रह पनि गर्नुभयो । चीनले छोटो समयमा हासिल गरेको गरिबी निवारण विश्वको लागि अनुकरणीय उपलब्धि भएको सो अवसरमा उहाँले बताउनुभयो । साथै भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चीन र सम्पूर्ण नागरिकलाई भरतपुर भ्रमणका लागि निम्तो पनि दिनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालको नेतृत्वमा उपप्रमुख चित्रसेन अघिकारी, विज्ञ प्रेस सल्लहाकार सुरेशचन्द्र अघिकारी, उपनिर्देशक जगन्नाथ अर्याल, ई।साकार लामा, सुचना तथा वैदेशिक समवन्य शाखा प्रमुख मेनका पण्डित, विज्ञ सल्लाहकार अनिलकुमार पाठक, कृष्ण बगाले, गीता कुँवर अधिकारी लगायतको सहभागिता रहेको थियो ।

Subcategories