News

चितवन, कार्तिक ६ ।

माछाको संरक्षण तथा प्रर्वद्धन गर्नका लागि चितवनमा मत्स्यपालन तथा मत्स्यपालन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल मत्स्य समाजको आयोजनामा बुधवार देखि भरतपुरमा मत्स्यपालन तथा मत्स्यपालन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुन लागेको मंगलबार चितवनको भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ । ‘स्वस्थ जनता अर्थतन्त्र र वातावरणका लागि निलो क्रान्ति’ भन्ने मुल नाराका साथ तीन दिन सम्म चल्ने सम्मेलन आयोजना गर्न लागिएको मुल समारोह समिति संयोजक प्रा.डा. सुनिला राईले जानकारी दिनुभयो ।

सम्मेलनको मुख्य उद्देश्य शिक्षाविद, वैज्ञानिक, नीति निर्माता, व्यवसायी, विद्यार्थी, कृषक र सम्बन्धित अन्यलाई आफ्ना अनुभव, अनुसन्धानका नतिजा तथा असल अभ्यासहरु आदान प्रदान गर्ने रहेको राईको भनाइ छ । यस सम्मेलनबाट साना र मध्यम स्तरका कृषकहरुलाई लक्षित गरी पर्यावरणमैत्री दिगो मत्स्यपालन, मत्स्य स्वास्थ्य, मत्स्य पोषण र मत्स्य प्रजनन र जलचर व्यवस्थापन लगायतका क्षेत्रहरुमा भएका अनुसन्धान मुलक कार्यपत्र प्रस्तुत गरीने छ ।

कार्यपत्र भारत, चीन, बंगलादेश, थाइल्याण्ड, हंगेरी, जापान, संयुक्त राज्य अमेरिका, फिलिपन्स, मलेसिया र नेपालका वैज्ञानिकले प्रस्तुत गर्नेछन् । जसमा १ सय ३ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनको अन्तिम दिन सहभागिहरुले अन्नपूर्ण फिस फार्म, बिस हजारी ताल र घडियाल प्रजनन केन्द्रको लागि स्थलगत अध्ययन समेत गर्नेछन् ।

कार्तिक ६ विराटनगर । सिनेमा पुर्ण बहादुरको सारंगीको प्रचारप्रसार अभियान विराटनगरमा सम्पन्न भएको छ। कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने यो सिनेमाको साङ्गीतिक कार्यक्रम इटहरीबाट सुरु भई धरान, दमक, र बिराटनगरमा भव्य रूपमा आयोजित भएको थियो। अहिले टिमले चितवनतर्फ यात्रा थालेको छ। विराटनगरको महेन्द्र चोकमा आयोजित कार्यक्रमले निर्धारित समयभन्दा केही ढिलाइ भए तापनि, सिनेमा टिमको उत्साह भने अद्वितीय देखिएको थियो। कार्यक्रम सुरु हुनुअघि कलाकार टोली सिटी सिनेमाज मा प्रमोशनल भिजिटका लागि गएको थियो। यस प्रचार कार्यक्रममा प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुषाल, अन्जना बराइली, साथै गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारंगी बाधक बिराज गन्दर्भको उपस्थिति रहेको थियो। गायक प्रशान्तले सिनेमाका गीतहरू प्रस्तुत गर्दा बिराज गन्धर्वले सारंगीको सुरमा र्याप प्रस्तुत गरेर दर्शकलाई मनोरंजन गराएका थिए। कार्यक्रमको अन्त्यमा कलाकारहरू विजय, मुकुन, र अन्जनाले पुर्ण बहादुरको सारंगी हेर्न विराटनगरका दर्शकलाई आग्रह गर्दै कार्यक्रमलाई समापन गरेका थिए। मन्डला नाटकघरको जुनकिरी ट्रक सहितको प्राविधिक टोलि देशभर सिनेमा प्रचारप्रसारमा निस्किएको छ। कार्यक्रम व्यवस्थापनमा आकाश रावलको हुस क्रीयशन टिम, इटहरीमा सुवास संकल्प श्रेष्ठ र सरोज श्रेष्ठ, धरानमा सुमित कार्की, र विराटनगरमा विकल श्रेष्ठले सहयोगी भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको सञ्चालन मिमिक्री आर्टिस्ट दिनेश काफ्लेले गरेका थिए। ुपुर्ण बहादुरको सारंगी सेभेन सिज सिनेमा र बासुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। यो सिनेमाको लेखन तथा निर्देशन सरोज पौडेलले गरेका छन्, भने बिनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको छन्। सिनेमा गन्दर्भ समुदायको सांस्कृतिक संघर्ष, परम्परा संरक्षण, र सारंगी संस्कृतिको प्रवर्धनको कथा बोकेको छ।

 

३० असोज, धनगढी । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका(७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख १०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका(३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जानकारी दिए ।
उनकाअनुसार गम्भीर अवस्था डडेल्धुरा अस्पताल पुगाइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको थियो ।बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

 

Subcategories