News

जेठ १८, काठमाडौं । सविना लामिछाने ।
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’ सार्वजनिक भएको छ । शिव परियारको स्वर र टेकेन्द्र नेपालीको संगीत र साहस शाक्यको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा ध्रुव न्यौपाने, विपना बुढाथोकी, रोनीश खड्का, कुमार भारतीलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन छ । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो । गीतमा अहंकार त्यागौं सँगै बाँचांै भन्ने सन्देश व्यक्त गरिएको छ । डा. उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

चितवन, जेठ १७ । तस्विर: अंकित भगत ।

चितवन एक्स्पो सेन्टर भरतपुरमा भोलि शुक्रबार देखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु हुँदै छ । नेपाल पोल्ट्री महासंघ र इण्डीया पोल्ट्री इक्युपमेन्ट एशोसियसनको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनी जेठ २० गतेसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी तथा विदेशी प्रदर्शकहरुका नवीनतम प्रविधिहरुको प्रदर्शनी गरिने आयोजकले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

 

प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी एवम् समग्र किसानवर्गको प्रत्यक्ष संलग्नता रहने नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए । प्रदर्शनीसँगै पोल्ट्री व्यवसायका नवीनतम प्रयोग सम्बन्धी गोष्ठी, बैठक र अन्तरक्रियासहित तीन दिने पोल्ट्री पाठशाला सेमिनार समेत हुने उनले जानकारी दिए । प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेश लगायत विभिन्न देशका पोल्ट्रीसँग सम्बन्धीत कम्पनीहरुको स्टल रहनेछ ।

‘नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यवसायीक परिचय दिई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र अन्य विकसित देशहरुमा भइरहेको पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपालमा भित्राउने महत्वपूर्ण वातावरण बनाउन नेपाल पोल्ट्री महासंघले नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गर्न लागिएको विष्टले बताए । प्रदर्शनीबाट नेपाली पोल्ट्री कृषकले कम लागतमा पोल्ट्रीजन्य वस्तुको उत्पादन गरी उपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादन खरिद गर्ने वातावरण बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

चितवन, जेठ १७ । तस्विर :  अंकित भगत । 

एनसेल आजियाटा लिमिटेडले चितवनको नारायणगढमा आफ्नो नयाँ एनसेल सेन्टरको स्थापना गरेको छ । ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ नारायणगढको लायन्स चोकमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।

 

एनसेलका चिफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रम माझ आज बिहिबार सो नयाँ एनसेल सेन्टरको उद्घाटन गर्नुभएको थियो । यो सेन्टरबाट ग्राहकहरुले सबै किसिमका ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् । आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी तपाईंकै लागि’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् । सेन्टर उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले भने, उक्त अवसरमा कम्पनीको ‘सधैं अन’ योजनाका बारेमा बोल्दै उनले यो यस्तो प्रकारको नेपालमा नै पहिलो योजना भएको र यसले मोबाइल डेटामा प्याक सकिए पश्चात मेन ब्यालेन्स काटिने समस्या हटाएर सेवामा पहुँच अझ सहज र सुलभ बनाएको बताए । आइतबार देखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । यस अघि एनसेलले पुल्चोक, नारायणघाटमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटा भन्दा बढि एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।

 

Subcategories