News

जेठ ८, चितवन ।
चितवनको कुरिनटारमा टिपर र हाइस एक आपसमा ठोक्किदा १३ जना घाइते भएका छन् । विहान करिब ७ बजेको समयमा नारायणगढबाट काठमाण्डौ जादै गरेको बा ३ ख ६६१० नम्बरको हाइस र विपरित दिशाबाट आउदै गरेको बा ४ ख ६४१७ नम्बरको टिपर एक आपससमा ठक्कर खादा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । कुरिनटारबाट बालुवा लोड गरेर मुग्लिन तर्फ आउंदै गरेको लोड टिपरलाई कुरिनटारको धारापानी हाइसले ठक्कर दिएको थियो । दुर्घटनाका घाइतेहरुलाई थप उपचारको लागि भरतपुर र काठमाण्डौ पठाइएको छ जसमध्ये मध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

 घाइतेको पुरा विवरण, ५ जना घाइतेहरुको विवरण खुल्न बाकि
१० भ,न,पा ११ बस्ने बर्ष ११ को खम ब। लामा चोट टाउकोमा चोट, मध्याम (भरतपुर)
२० ऐ ऐ ११ बस्ने ५४ कि मन माया लामा पेटमा भित्रि चोट मध्यम (भरतपुर)
३० माईक्रो चालक प्रमेश्वर प्रसाद महत्तो सिरियस (भरतपुर)
४० भ.म.न.पा ११ बस्ने बर्ष ५१ पेमा शेर्पा निधारमा चोट मध्यम (भरतपुर)
५० ऐ ऐ बस्ने बर्ष ५४ को कबिता शेर्पा पेटमा भित्रि चोट अबस्था मध्यम (भरतपुर)
६० ऐ ऐ १५ बस्ने बर्ष ४८ को हरी प्रसाद अधिकारी खुट्टा र ढाडमा चोट मध्यम (भरतपुर)
७० ऐ.ऐ बस्ने बर्ष ४८ कि निरा शर्मा ढाड हात कुम्मा चोट सामान्य (काठाण्डौ)
८० सन्दिप ढकाल बर्ष ३२÷३३ को सिरियस (भरतपुर)

जेठ ८, चितवन ।

तस्विर : कोमल चन्द्र भगत / सन्तोष परियार ।

गैंडाको खाग सहित नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जको टोलीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको विशेष टोली र श्री नयाँ गोरख गणको संयुक्त टोलीले संरक्षित वन्यजन्तु एकसिंगे गैंडाको खाग खरिद तथा विक्री भईरहेको विशेष सूचनाको आधारमा खाग सहित ६ जनालाई पक्राउ गरेको हो । चितवन राष्ट्रिय निकुञ्जले आज पत्रकार सम्मेलन गरी घटनाको सार्वजनिक गरेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार पक्राउ पर्नेमा नवलपुरका कावासोती १५ निवासी ५० बर्षीय छविलाल परियार, कावासोती १५ निवासी ३६ वर्षीय प्रकाश घिमिरे, कावासोती १६ निवासी ३८ वर्षीय लेखनाथ सुनार, कावासोती १६ निवासी २९ वर्षीय क्रान्ती खड्का, बुलिङटार गाउँपालिका ४ निवासी ३५ बर्षीय खिमबहादुर बराल र बझाङ जिल्लाका छविस पाथिभरा गाउँपालिका १ निवासी २७ बर्षीय प्रकाश राज जोशी रहेका छन् । उनीहरुलाई चैत्रको अन्तिम साता पक्राउ गरेको हो । संरक्षित वन्यजन्तु एकसिंगे गैंडाको खाग खरिद तथा विक्री गर्न ६ जना व्यक्तिहरु मिलि शंकासपद गतिविधि गरिरहेको देखेर निजहरुलाई गोप्य रुपमा निगरानी गर्दै जाँदा चितवन भरतपुर महानगरपालिका–६ को क्षेत्रमा रित पूर्वक सोधपुछ तथा चेकजाँच गर्ने क्रममा कावासोतीका क्रान्ती खड्‌काको साथबाट रातो रङ्गको प्लाष्टिकको झोलामा संरक्षित वन्यजन्तु एक सिंगे गैंडाको खाग (आखेटोपहार) १ थान समेत बरामद गरेको निकुञ्जले जनाएको छ ।
उनका साथबाट ८.५ इन्च उचाई २.४ इच्च मोटाइ, ६० ग्राम तौल भएको खाग फेला परेको प्रमुख संरक्षक अधिकृत डिलबहादुर पूर्जा पुनले बताए । क्रान्तिसँगै खाग खरिद विक्रीमा सम्लग्न रहेको बयानका आधारमा थप ५ जनालाई पनि पक्राउ परेको उनले बताए ।
उक्त खाग २०७२ साल चैत्र महिना तिर चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा एक सिंगे गैंडा मरी सडिगलेको अवस्थामा रहेको गैडाबाट चोरी भएको खुल्न आएको प्रमुख संरक्षक अधिकृत डिलबहादुर पूर्जा पुनले बताए ।
उक्त मृत गैंडाको खाग कावासोती १५ निवासी छविलाल थापा र भैरव थापा घाँस दाउरा गर्न भनि गएको बेला चोरी गरेका थिए । भैरव थापाको भने निधन भईसकेको छ । उक्त गैंडा खाग तस्करमा सम्लग्न १ जना अझै फरार रहेको उनले बताए ।
पक्राउ परेका ६ जना र फरार रहेका १ जना गरी ७ जनालाई संरक्षित वन्यजन्तु एकसिंगे गैंडाको खाग ९आखेटोपहार० खरिद तथा विक्री मुद्दामा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ९पाँचौ संशोधन० ऐन २०२९ को दफा ५(१) को (क) र दफा २६ (१) को बिरुद्धको कसूर गरेकोले निजहरुलाई सोहि ऐनको दफा २६ (१) बमोजिम सजाय माग गरी बरामद भएको समानहरु सोहि ऐनको दफा २८ बमोजिम जफत गरी पाउन मागदाबी लिई जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

जेठ ८, चितवन ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो । धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको बताए । उनले भने, ‘नागरिकतासम्बन्धी मुद्दामा उहाँलाई पक्राउ गर्न चित्रबहादुर गुरुङ श्रीमान्‌को २ नम्बर इजलासले आज अनुमति दिएको हो ।’ उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।

Subcategories