News


काठमाडौं,१७ भदौ ।
निर्माण क्रममै चर्चा रहेको फिल्म ‘दुखी आत्मा’ मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित् भएका छन् । २४ भदौबाट सुटिङ सुरु गर्न लागिएको फिल्ममा केही समयअघिनै दयाहाङ राई र आँचल शर्मा अनुबन्धित् भइसकेका थिए । कथाको मागअनुसारको चरित्र चयन गर्ने क्रममा अनुपविक्रम फिट लागेकाले उनलाई लिइएको लेखक समेत रहेका निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् ।
क्लक वर्क कृएसन्सको ब्यानरमा हिमाल कडरिया निर्माता रहेको फिल्म आलोक शुक्लाले खिच्ने छन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । दयाहाङ र अनुपविक्रम भने ‘वीर विक्रम’ र ‘लप्पन छप्पन’ पछि ‘दुखी आत्मा’ मा सँगै अभिनय गर्न लागेका हुन् ।
काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको फिल्ममा दयाहाङ,आँचल,अनुपविक्रमका साथमा बुद्धि तामाङ, पुस्कर गुरुङ,कविता आले,शिसिर वाङ्देल,आशान्त शर्मा,लोकेन्द्र लेखक,अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य,निमा पाण्डे,इंगीहोपो कोइच सुनुवार,यासेली योङहाङलगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्मका गीतमा सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहने छ । सुदीप ढकाल प्रोडक्शन म्यानेजर रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गर्नेछ ।


भदौ १७, भरतपुर ।भरतपुर महानगरपालिका वडा नं. १ पोखरा बसपार्कमा आज सोमबार एक बालिका फेला परेकी छन् । दिउंसो १२ः ०० बजेको समयमा नामथर वतन बताउन नसक्ने अन्दाजी वर्ष २ की बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बालिका वेवारिसे अवस्थामा फेला पारेको हुँदा चिन्नु हुने जो कोही ले नजिकैको प्रहरी कार्यालय तथा यस कार्यालयको सम्पर्क नं. ९८५५०९०१३३ र ९८५५०९०४२२ सम्पर्क गरी जानकारी गराउन चितवन प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

भदौ १६, चितवन । चितवनको माडी १, सिखारीपुर गाउँमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । आइतबार बिहान करीब ९ बजे परेको चट्याङ लागी दयाराम महतोको श्रीमती, बर्ष ५० की सरस्वती महतोको मृत्यु भएको हो । बिहानपख भारी बर्षा भइरहेको समयमा गोठमा रहेको भैंसी सार्न घरबाहिर निक्लिँदा उहाँमाथि चट्याङ परेको थियो ।
चट्याङका कारण महतोको कपाल, ढाड, खुट्टा र शरीरका अन्य भागहरु जलेको प्रहरीले जानकारी दिएको छ ।

 

Subcategories