News

चितवन, वैशाख ३१ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८/०८२ का लागि राय सुझाव माग गरेको छ । महानगरपालिकाले आगामी नीति तथा कार्यक्रम के कस्तो बनाउने सन्दर्भमा सरोकारवालासँग सुझाव माग गरेको हो । सुन्दर, सुसंस्कृत र समृद्ध महानगर निर्माण हुने गरी अख्तियार गर्ने नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा राय सुझाव जेठ १५ गतेसम्म महानगरपालिकाको आधिकारिक ईमेलमा पठाउन अनुरोध पनि गरेको छ । महानगरको आधिकारिक ईमेल This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा राय सुझाव पठाउन राजनैतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, बुद्धिजीवी, विषय विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत, तथा नगरवासीलाई महानगरले आग्रह गरेको छ । भरतपुर महानगरपालिकाले १५ औ नगरसभाका लागि तयारी तीब्र पारेको छ ।
महानगरले यस अघि सडक पूर्वाधारलाई प्राथमिकता दिएपनि यस पटक भने उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेको जनाएको छ । महानगरमा यो ७ वर्षको अवधि ८ सय किमिभन्दा धेरै कालोपत्रे निमार्ण भइसकेको छ । नीति तथा कार्यक्रममा जनताको चाहानालाई समावेश गर्न वर्षेनी राय सुझाव माग गर्दै आइरहेको छ ।


भरतपुर, वैशाख ३१  । चाइना हस्पिटल प्रालिद्धारा भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वमसेविकाहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।  स्वमसेवीकालाई परम्पारागत चाइनिज उपचार पद्धतिको बारेमा अभिमुखीकरणका साथै स्वास्थ्य जाँच तथा उपचार पनि गरिएको छ ।
भरतपुर महानगरको सम्वन्यमा चाइना अस्पतालको १८ जनाको चिकित्सक ६० जना स्वास्थ्यकर्मीले चेकजाच गरेका थिए । स्वास्थ्यकर्मीहरुको टाउको, खुट्टा, ढाड दुखाईको चाइनिज पद्धतिबाट उपचार गरिएको थियो । यो उपचार पद्धतिमा आवश्यक पर्ने आयुर्वेदिक जरीबुटी नेपालमा पनि पाइने भएकाले सहज तरिकाबाट उपचार गर्न सकिने कार्यक्रम संयोजक सजना रिमालले जानकारी दिनुभयो । पहिलो चरणमा ६० जनाको स्वास्थ्य परिक्षण गरिएको भएपनि क्रमसँगै २०७ जनालाई समेट्न लागेको जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिनुभयो । विषश गरी शरिरमा हुने हरेक किसिमको दुखाईलाई यो पद्धति उपचार गर्न सकिन्छ ।
हस्पिटलबाट आएको टोलीले भरतपुर महानगर प्रमुख रेनु दाहालसँग भेट गरेपछि आकस्मिक रुपमा शिविर आयोजना गरेको संयोजक रिमालले जानकारी दिनुभयो । भरतपुर महागरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ लाई स्वास्थ्य पर्यटनसँग जोड पनि यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।  आगामी दिनमा पनि भ्रमण वर्षसँग जोडेर यस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।


चितवन, वैशाख ३१ । चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनीप्रति महानगरले गभ्भीर ध्यानाकार्षण भएको जनाएको छ ।
सोमबार भरतपुर महानगरपालिकाले एक विज्ञप्ती जारी गर्दै आइतबार विहान ८ः२५ बजेको समयमा भरतपुर वडा नम्बर २० चनौली बजारबाट अन्दाजी १ किमी दक्षिणतर्फ रहेको दद्राहनी पुल नजिकै भएको आगजनीको घोर निन्दा गरेको छ ।
मोटर साईकलमा आएका ६ जनाको अज्ञात समूहले आइतबार विहान हेभन बोर्डिङ स्कुल भरतपुर–५ को बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको विद्यार्थी बोक्ने बसमा आगजनाी गरेको थिए । महानगरपालिकाले विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको अवस्थामा समेत शान्ति क्षेत्रको अवधारणा र मर्म विपरित विद्यार्थीलाई भयभित पार्ने कार्य हुनु दुखद र निन्दनीय कार्य भएको जारी विज्ञप्तीमा भनिएको छ । कही कसैबाट यस्ता प्रकारका गतिविधि नगर्न नगराउन सबै पक्षको ध्यानाकार्षण गर्दै शान्तिपूर्ण तरिकाले पठनपाठन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सहयोग पुराउन भरतपुर महागनर सम्बन्धित सबै पक्षलाई यसै प्रेस विज्ञप्तीमार्फत आह्वान पनि गरेको छ ।

Subcategories