News

७ भदौ, काठमाडौं । धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो गएको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले थासाङ गाउँपालिका २ मा बोक्सीखोला थुनिएको छ । गाउँपालिकाका प्रवक्ता गौतम शेरचनका अनुसार मानापाथी हिमालमा गएको हिमपहिरो मूलखर्क हुँदै छिप्लुङसम्म आइपुगेको छ । ‘यो हिउँदमा चौरी र वर्षामा गाई चरन भएको प्रवक्ता शेरचनले बताए । उक्त हिमपहिरोबाट मानवीय क्षति नभएको शेरचनको भनाइ छ । गाईहरुलाई केही भयो कि भन्ने रहेको उनको भनाइ छ । हिमपहिरोले बोक्सीखोला पनि थुनिएको छ । यो खोला तल गएर कालीगण्डकी नदीमा मिसिने हुंदा पहिरो एकै पटक आयो भने तल बेली ब्रिजनिर रहेको १०÷ १२ घरमा क्षति पुग्ने उनको भनाइ छ । प्रशासनले त्यसतर्फ सचेत रहन सतर्क गराएको शेरचनले बताए । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली गएको छ । अहिले ‘विस्तारै खोला बग्न थालेको छ ।


भदौ ४, रत्ननगर । कालिका नगरपालिका वडा नं ५ स्थित विकासशिल सुकुमबासी बस्तीका वालावलिकाहरुको लागि स्टेशनरी र लत्ता कपडा वितरण गरिएको छ । नारी जागरण केन्द्र रत्ननगरले बस्तीका १८ घरधुरीका वालबवालिकाको शिक्षाको लागि स्टेशनरी र लत्ताकपडा सहयोग गरेको हो । बस्तीमै आयोजित एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष दीपकबहादुर भट्टराई र केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालले बालबालिकालाई स्टेशनरी र लत्ता कपडा हस्तान्तरण गरेका थिए । बालवालिकाको लागि लत्ता कपडा फोरसिजन गार्मेन्टले उपलब्ध गराएको थियो । स्टेशनरी हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष भट्टराईले सुकुमबासी समुदाय र बस्तीको विकासका लागि निरन्तर प्रयास गरिरहेको भन्दै मेयर आवास कार्यक्रम मार्फत काम गर्ने योजना रहेको बताए । केन्द्रकी अध्यक्ष सुवेदीले महिलाहरुको जीविकोपार्जन र क्षमता विकासको काम गरिरहेको केन्द्रले सुकुमबासी बस्तीमा समस्या रहेको जानकारी पाएपछि सहयोग गरिएको बताइन् । स्थानीय सरकारले सुकुमबासी बस्तीको विकासको लागि योजना बनाएर काम गर्न आवश्यक रहेको भन्दै उनले आफ्नो विकासको लागि समुदाय पनि चनाखो हुनुपर्नेमा जोड दिइन् । केन्द्रकी निर्वतमान अध्यक्ष सपना बोहराले केन्द्रले पहिलो पटक गरेको सहयोग सामान्य रहेको भन्दै आगामी दिनमा समस्या पहिचान गरी थप सहयोग गर्ने प्रतिबद्धता जनाइन् । केन्द्रकी महासचिव सरस्वती लामाले सञ्चालन गरेको सो कार्यक्रममा कोषाध्यक्ष विभा डल्लाकोटी, सदस्यहरु निर्मला खड्का, शोभा शर्मा, लक्ष्मी तामाङको उपस्तिथि रहेको थियो । कार्यक्रम केन्द्रकी अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको थियो ।

भदौ ४, चितवन ।

 जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको कार्यालय तोडफोड गरिएको घटना प्रति कार्यालयको गम्भीर ध्यानकर्षण भएको छ । कार्यालय मंगलबार एक विज्ञप्ति जारी गरी कार्यालय तोडफोडको विषयमा जानकारी गराएको हो ।गत साउन २९ गते राति करिब ९ बजेको समयमा यसै वन समूहको कार्य समितिको सदस्य तथा ईकाइ नं. ९ का संयोजक किरण चौधरीले यस उपभोक्ता समूहको कार्यालयमा गई तोडफोड गरि अनधिकृत रुपमा कार्यालय भित्र प्रवेश गरि टेबलको घर्रामा राखेको दराजको चावी झिकि दराज खोली कार्य समिति बैठक पुस्तिका (माइनुट) झिकि निर्णय केरमेट गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ । साथै अन्य महत्वपूर्ण कागजपत्र छरप्रस्ट पारी, प्रिन्टरमा समेत क्षेती पुर्याएको उल्लेख गरेको छ । घटना भएको राति स्थानिय उपभोक्ता अजय चौधरीले आफ्नो निजि मोवाईलबाट कल गरि यस वन उपभोक्ता समूहको कार्यालय सचिव वलराम महतोलाई जानकारी गराएपछि उक्त घटना बाहिर आएको कार्यालयले जनाएको छ । वन कार्यालयमा यसै वनका कार्यसमितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य, परिषद सदस्य, बछौली प्रहरी चौकीका प्रमुख असई श्याम थापा र चितवन राष्ट्रिय निकुञ्ज पुर्वि–सेक्टरका रेन्जर अक्षय चौधरी, गेम स्काउट, स्थानिय उपभोक्ताहरु घटना स्थलमा पुगि जाँचबुझ गर्दा निजले उक्त घटना घटाएको प्रहरी समक्ष स्विकार गरेको जनाएको छ । उक्त घटनाको प्रकृति हेर्दा निजसंग अन्य व्यक्तिहरुको समेत संलग्ता भएको हुन सक्ने देखिएकोले प्रहरी चौकी बछौलीले निज किरण चौधरीलाई नियन्त्रणमा लिई थप छानविनको लागि ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा चलान गरेको अवस्थामा दोषी किरण चौधरीलाई पक्षपोषण गर्दै रत्ननगर नगरपालिका वडा नं. ६ निवासी शिरलाल परियार लगायतका गिरोहले यसै वनका अध्यक्ष जोगेन्द्र महतो माथि इलाका प्रहरी कार्यालय टाँडीको प्राङ्गण बाहिर यसै घटनालाई लिई अश्लिल गालीगलौच तथा हातपात गर्ने समेत दुस्प्रयाश गरेको र दोषी किरण चौधरीको घरपरिवार बाट पटक पटक ज्यान मार्ने धम्कि कार्य समितिको पदाधिकारी तथा सदस्यहरुलाई दिई रहेको हुदाँ त्यस्ता गिरोहका नाईके लगायत मतियारहरुले गरेका उछृङ्खल कृयाकलापको घोर भर्त्सना गर्दै भविष्यमा कुनै अप्रिय घटना घट्न नदिइ जिउ धन सुरक्षाको माग गरिएको छ । साथै जिउ धनको क्षति भएमा उक्त गिरोह नै स्वयं जिम्मेवार हुने चेतावनी समेत दिदै समाजिक संस्था माथि भएको अपराधिक घटनालाई सत्यतथ्य बाहिर ल्याई दोषि माथि कडा भन्दा कडा कारवाहीको माग दाबी सहित जिल्ला प्रशासन कार्यालय, चितवन र चितवन राष्ट्रिय निकुञ्जको कार्यालय, कसरा र सम्बन्धित न्यायलयसंग जोडदार माग गरेको विज्ञप्तिमा भनिएको छ ।

Subcategories