News

पौष ४, चितवन । तस्विर : कोमल चन्द्र भगत ।
चितवन राष्ट्रिय निकुञ्जले यस वर्षको घडियाल गोही (Gharial) अनुगमन सफलतापूर्वक सम्पन्न गरेको छ। मंसिर २१ देखि २९ गतेसम्म राप्ती र नारायणी नदीमा सञ्चालन गरिएको अनुगमनमा कुल ३६६ घडियाल गोही देखिएका छन्। अनुगमन अनुसार राप्ती नदीमा २३१ र नारायणी नदीमा १३५ घडियाल देखिएका छन्। गत वर्ष ३५२ घडियाल देखिएका थिए। यस वर्ष राप्तीमा ७ र नारायणीमा २ गरी ९ भाले घडियाल अवलोकन भएको छ, जसले प्रजननका दृष्टिले सकारात्मक संकेत दिएको छ साथै, गोलाघाट क्षेत्रमा एक सोंस (डोल्फिन) देखिनुले नदी पारिस्थितिकी प्रणालीमा जैविक विविधता कायम रहेको देखाएको छ।
चितवन राष्ट्रिय निकुञ्ज सन् १९७८ देखि घडियाल प्रजनन् केन्द्रमार्फत संरक्षण तथा प्राकृतिक बासस्थानमा पुनर्स्थापना गर्दै आएको छ। निकुञ्जले आगामी दिनमा पनि घडियालको दीगो संरक्षण र नदी प्रणालीको संरक्षणका लागि सरोकारवाला निकायहरूसँग सहकार्य निरन्तरता दिने जनाएको

पौष १, चितवन । तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाइएको छ । उक्त पुल जीर्ण भइसकेकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोटरसाइकल सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ४४ वर्ष अघि निर्माण भएको उक्त पुल जीर्ण भइसकेकाले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोटरसाइकल सञ्चालनमा रोक लगाइएको हो।

तत्कालीन समयमा मानिस मात्र आवतजावत गर्ने गरी डिजाइन गरिएको भन्दै पुल विभागले अत्यधिक मात्रामा मोटरसाइकल चलाउन थालिएपछि सम्भावित दुर्घटना हुन नदिन दुई पाङ्ग्रे सवारी आवागमनमा रोक लगाउन प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो। देवघाट–५ का करिब ८० प्रतिशत नागरिकले चितवनको भरतपुर आउनजान सबैभन्दा छोटो दूरीका रूपमा सोही पुल प्रयोग गर्दै आएका छन्।

 

पौष १, चितवन । चितवन–पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत चितवनबाट आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय बाघ गणनामा एक हजारभन्दा बढी जनशक्ति परिचालन गर्नुका साथै एक सय क्यामेरा जडान गरिने भएको छ । नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्म एउटै क्षेत्र मानेर बाघ गणना गरिनेछ । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघ देखिएका ठाउँमा क्यामेरा ट्रयापिङ्ग विधिबाट गणना गरिने बताए । उनले बाघका पाइला भेटिएका, पर्याप्त घाँसे मैदान र आहारा प्रजाति भएको ठाउँमा पनि क्यामेरा जडान गरिने जानकारी दिए ।

‘पुसको पहिलो हप्ता फिल्डमा क्यामेरा जडान गरी गणनाको क्रममा एउटै क्यामेरालाई दुई हप्तासम्म एक ठाउँमा राखिने प्रमुख संरक्षण अधिकृत खतिवडाले बताए । बाघ गणना गर्न करिब ८० देखि ९० दिन लाग्ने हुंदा गणनामा चितवन–पर्सा मा मात्रै प्राविधिक, कर्मचारी सामुदायिक वन समूहहरू गरी १ हजारभन्दा बढी जनशक्ति खटिनेछन् ।

बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा १२ वटा क्याम्प राखिनेछ । एउटा क्याम्पमा १० देखि १२ जनाको प्राविधिक टोली रहनेछ ।
एक पटक गणना भएको बाघ नदोहोरियोस् भन्नका लागि सफट्वेयरको माध्यमबाट परीक्षण गरिने छ । ‘बाघ कहिल्यै पनि प्रत्यक्ष गणना गरिँदैन । अप्रत्यक्ष गणना गर्दा कम र बढीको तथ्याङ्कलाई राखेर औसत तथ्याङ्क सार्वजनिक गर्ने गरिन्छ । गणनामा २ वर्ष मुनिका बघिनीसँगै रहेका डमरुलाई उल्लेख गरिँदैन ।’ आमासँगै रहेका २ वर्ष मुनिका डमरु सिकार खेल्न सक्षम हुँदैनन् भने भाले बाघले मार्ने जोखिम बढी भएकाले जोगाउन मुस्किल हुने गर्दछ । आफैँ सिकार खेल्न सक्ने र स्वतन्त्र ढंगले बाँच्न सक्ने भएर आमाबाट छुट्टिएका बाघमात्रै गणनामा उल्लेख हुने निकुञ्जले जनाएको छ । बाघ गणनामा राष्ट्रिय निकुञ्ज विभाग, वन विभाग, डब्लुडल्लुएफ, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल लगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोग रहनेछ । राष्ट्रिय बाघ गणना हरेक ४ वर्षमा हुने गर्दछ । सन् २०२२ देखि २०२५ सम्म आइपुग्दा मानव–बाघ द्वन्द्व, मानवीय प्रतिशोध, जंगलमा द्वन्द्वमा परेर निकुञ्जले खोरमा राखेका घाइते बाघ गरी करिब ६ देखि ८ वटा बाघले अकालमा ज्यान गुमाएका छन् ।
पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जका बाघ नयाँ बासस्थानको खोजीमा पर्सा राष्ट्रिय निकुञ्जसम्म पुग्ने गर्दछन् । पर्सा राष्ट्रिय निकुञ्जले बाघ गणनापछि आउने तथ्याङ्कको आधारमा मानव र बाघ बिचको द्वन्द्व न्यूनीकरणका लागि जनतासँग जोडिएका कार्यक्रम ल्याउने जनाएको छ ।

 

 

 

 

Subcategories