News


मंसीर ०७, चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना एवम् चितवन मेडिकल कलेज (सिएमसी) को सहयोगमा जिल्लामा क्रियाशिल महिला पत्रकाहरुको स्तन क्यान्सरको निःशुल्क परीक्षण गरिएको छ । महिला पत्रकारहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्ने कार्यक्रमबाट जिल्लाका ३६ जना महिला पत्रकारहरु लाभान्वित भएको महासंघ चितवन शाखाको उपाध्यक्ष एवम् महिला विभाग प्रमुख शान्ता अधिकारीले जानकारी दिइन् । केहि पत्रकारहरुको आवश्यकता अनुसार स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम समेत गरिएको उनले बताइन् ।

स्तन क्यान्सरको उपचार गर्न शल्यक्रिया गर्नुपरेमा सिएमसीले ५० प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सकहरुले स्तन क्यान्सरको कारण, लक्षण र बच्ने उपायबारे जानकारी दिएका थिए ।

अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना फैलाउने महिनाको रुपमा मनाउने क्रममा महिला पत्रकारहरुको निःशुल्क स्तन क्यान्सर परीक्षण गरिएको सिएमसीका सिईओ प्रताप देवकोटाले जानकारी दिए ।

क्यान्सर रोग विशेषज्ञ डा सुदिप थापाले स्तन क्यान्सर लाग्दैमा विरामीको मृत्यु नहुने बताए । छिटो पहिचान भएमा स्तन क्यान्सर निको हुने उनले जानकारी दिए ।

समयमै परीक्षण नगराउँदा नेपालमा धेरै क्यान्सर देखिनेमा स्तन क्यान्सर दोस्रो नम्बरमा आएको छ । स्तन क्यान्सरको स्क्रिनिङ गर्नुपर्छ भन्ने सोच बढ्दै जाँदा विरामीको संख्या पनि थपिँदै गएको उनी बताउँछन् ।

मंसीर ०७, चितवन । पवित्रा ढकाल, कोमल चन्द्र भगत ।

पर्यटकिय नगरी सौराहामा यति बेला आन्तरीक तथा बाह्यि पर्यटकहरुको राम्रै चहल पहल देखिएको छ । पर्यटन व्यवसायीहरुले पर्यटकहरुको बसाइ लम्व्याउनका लागि विभिन्न पर्यटकिय पुर्वाधार र गन्तव्यको नयां बाटोहरुको पनि व्यवस्थापन गरिरहेका छन् । सौराहा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै बनबास रिसोर्टले राप्ती नदीमा नौका विहार (बोटिङ) साहसीक नयाँ रुट सञ्चालनमा ल्याइएको छ। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरमा पर्ने जीन्दागानी घाटदेखि भिमपुर घाटसम्म पाँच किलोमिटर दूरीमा नयाँ रुट खोलिएको पर्यटन व्यवसायी बासु ढुंगानाले जानकारी दिनु भयो। सौराहा ड्यामसाइडमा रहेको किनार रेष्टुरेन्ट एण्ड वार र वनबास रिसोर्टले चितवन राष्ट्रिय निकुञ्ज संग ठेक्का लिएर नौका विहार सञ्चालन सुरु गरेको ढुंगानाको भनाइ छ । किनार रेष्टुरेन्ट एण्ड बारका सञ्चालक समेत रहनु भएका व्यवसायी ढुङ्गनाले प्राकृतिक रूपमा अत्यन्त आकर्षक , जैविक विविधताले भरिपुर्ण शान्त र रमणीय यो क्षेत्रमा अन्यत्र भन्दा लामो दुरीको नौका बिहारको मज्जा लिन सकिने बताउनु भयो ।

चितवन राष्ट्रिय निकुञ्ज र कुमरोज मध्यवर्ती सामुदायिक वनको जंगल बीच बाट बग्ने राप्ती नदीमा नौका विहारको अनुभूति गर्न पाइन्छ। करिब एक घण्टा समय लाग्ने यो यात्रा सौराहाबाट करिब १० किलोमिटर पूर्वमा पर्छ। नौका विहारका लागि विदेशी पर्यटकले निकुञ्ज प्रवेश शुल्क दुई हजार, सार्क देशका पर्यटकले एक हजार रुपैयाँ र नेपालीले १५० रुपैयाँ तिर्नुपदर्छ। डुङ्गाको भाडा पाँच सय रुपैयाँ अतिरिक्त तिर्ने व्यवस्था गरिएको छ।यो स्थान पुग्न कुमरोज मध्यवर्ती वन पार गर्नुपर्ने भएकाले यात्रामा जंगल सफारीको अनुभव पनि गर्न सकिन्छ । बाघ, गैँडा लगायतका वन्यजन्तु, जलचर र चराचुरुङ्गीको सजिलै अवलोकन गर्न सकिने भएकाले अन्य क्षेत्रको तुलनामा यो क्षेत्र थप आकर्षक रहेको छ।

राप्ती नदिमा वि. सं. २०५० सालको बाढी पछि यो क्षेत्रमा मानव बस्ती सारेर खाली गरिएको ऐतिहासिक पदमपुर हुंदै नौका विहार गरिन्छ । पदमपुर स्थानान्तरणको इतिहास समेत पर्यटकलाई जानकारी गराइने संचालन पक्षले जनाएको छ। हाल यहाँगर्न सकिने छ ।

 


सौराहामा घुम्न आउने वार्षिक करिब दुई लाख पर्यटक मध्ये करिब ७० प्रतिशतले नौका विहार गर्ने गरेको तथ्यांकले देखाएको छ । अहिले सौराहा–दुधौरा घाट, बुढी राप्तीमा बाघमारादेखि खोरसोर, ढुँग्रे खोलामा जनकौलीदेखि हात्ती सारसम्मका विभिन्न रुटमा जलविहार भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र विभिन्न नदीका नौ स्थानमा जल सफारी सुविधा उपलब्ध छन्।

 

कार्तिक ३०, चितवन ।

नेपालले वन संरक्षणमार्फत कार्बन उत्सर्जन घटाएबापत विश्व बैंकबाट ९४ लाख अमेरिकी डलर अर्थात् झन्डै १ अर्ब ३२ करोड रुपैयाँ प्राप्त गरेको छ । ४ करोड ५० लाख डलरको यो आयोजना मध्ये नेपालले पहिलो पटक ९४ लाख अमेरिकी डलर भुक्तानी पाएको विश्व बैंकले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

यो भुक्तानी सन् २०२१ देखि तराई क्षेत्रमा कार्यान्वयन गरिएको नेपाल उत्सर्जन नियन्त्रण कार्यक्रम अन्तर्गत प्राप्त भएको हो । उत्सर्जन कटौती कार्यक्रममार्फत नेपालले झन्डै १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएको छ ।

यो भुक्तानीले नेपालले वन विनाश नियन्त्रण, वन शासन सुदृढीकरण, जैविक विविधता संरक्षण र वनमा निर्भर समुदायको जीवनस्तर सुधार गर्ने प्रयास प्रभावकारी भएको देखाएको विश्व बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

तराई क्षेत्र जैविक विविधता र घनत्वपूर्ण बस्ती दुवैका कारण संवेदनशील मानिन्छ । स्थानीय समुदाय, आदिवासी जनजाति र विभिन्न नागरिक समाजसँग सहकार्य गर्दै कार्यक्रमले सामुदायिक–आधारित दिगो वन व्यवस्थापनलाई अगाडि बढाउँदै आएको वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले जानकारी दिनुभयो । प्राप्त रकमले वनमा निर्भर समुदाय, आदिवासी जनजाति तथा सरकारको संयुक्त प्रतिबद्धतालाई प्रमाणित गरेको उहाँको भनाइ छ ।

Subcategories