पौष ११, सौराहा । तस्विर : कोमल चन्द्र भगत । चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रवारवाट चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ सुरु भएको छ । क्षैत्रीय होटल संघ चितवन सौराहाले आयोजना गरेको उक्त महोत्सवको बागमति प्रदेशका मुख्यमन्त्री ईन्द्रवहादुर वानियाले उद्घाटन गर्नु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री वानियाले हात्ती महोत्सव हात्ती मैत्री नै भएको बताउनु भयो । हात्ती महोत्सवले चितवनको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेलेको भन्दै मुख्य मन्त्री बानियाले हात्ती महोत्सवको विरोधको औचित्य नभएको बताउनु भयो । त्यस्तै प्रदेश सरकार पर्यटन प्रवर्धनमा प्रतिवद्द रहेको भन्दै उहांले चितवनको पर्यटन विकासका लागि पूर्वाधार निर्माण र पर्यटनको विविधिकरणमा जोड दिएको बताउनु भयो । बागमति प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुर्य श्रेष्ठले ब्यवसायीहरुको समस्या समाधानमा सरकार प्रतिवद्द रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै बागमति प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले चितवनको पर्यटन सफल बनाउन सवैलाई आग्रह गर्दै मेला महोत्सवले पर्यटन प्रवर्धनमा सहयोग पुग्ने धारणा व्यक्त गर्नु भयो । पर्यटन तथा सस्कृति मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले हात्ती महोत्सवलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै र्नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले महोत्सवले सस्कृति र पर्यटनलाई अगाडि बढाउन सहयोग पुगेको बताउनु भयो । महोत्सवमा हात्तीसग सम्वन्धित गतिविधिहरु सञ्चालन गरिएको छ । महोत्सव मुल समारोह समितिका संयोजक गुणराज थपलियाले हात्ती महोत्सव सफल बनाउन आग्रह गर्दै सौराहा सहित चितवनको पर्यटन प्रबद्धनको लागि महोत्सव आयोजना गरिएको बताउनु भयो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले वन्यजन्तु र पर्यटन मैत्री महोत्सव भएको भन्दै हात्तीहरुलाई एकीकृत वासस्थानको माग उठि रहेको र कानुन बनाएरै घरमा पालिएका हात्तीलाई घाँस खान पाउने ब्यवस्था गरिएको बताउनु भयो । महोत्सवमा हात्तीको पेनाल्टी, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य परिक्षण लगाएतका कार्यक्रम सञ्चालन हुने संघका महासचिव महेश खनालले जानकारी दिनुभयो ।

पुस १३ गते सम्म चल्ने महोत्सवमा विभिन्न सास्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिएको छ । महोत्सव शुरु हुनु अघि विभिन्न झाकी र हात्ती सहितको र्यालीले सौराहा परिक्रमा गरेको थियो । संघका अध्यक्ष ओमप्रकाश पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पर्यटन व्यवसायी, संरक्षणकर्मी, पत्रकार, हात्तीका माउतेलाई सम्मान गरिएको थियो ।