News

कार्तिक २६, चितवन । तस्विर  : कोमल चन्द्र भगत । चितवनको रत्ननगरमा रहेको प्रदेशस्तरको आयुर्वेद तथा वैकल्पिक चिकिल्सालयमा उपचार गरेका बिरामीको संख्यालाई आधार मान्दा आयुर्वेद उपचार र यसको प्रभावकारिता बढ्दै गएको पाइएको छ ।

बुधबार आयोजना गरिएको आयुर्वेद सेवासम्बन्धी जिल्लास्तरीय समीक्षा गोष्ठीमा कार्यालय प्रमुख डा . कोपिला अधिकारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा उक्त चिकित्सालयबाट आर्थिक वर्ष २०८१/०८२ मा ७२ हजार ५५१ जना बिरामीले उपचार गराएको उल्लेख गरिएको छ । त्यसमध्ये नयाँ बिरामी ४६ हजार ९२९ छन् भने नियमित उपचार गराइरहेका २५ हजार ६२२ जना रहेको कार्यालय प्रमुख डा. अधिकारीले जानकारी दिइन् ।

आर्थिक वर्ष २०८०/ ०८१ मा ६३ हजार ४९४ जना र आर्थिक वर्ष २०७९÷०८० मा ४९ हजार ५१३ जना बिरामीको उपचार गरिएको छ । आर्थिक वर्ष २०८०/ ०८१ मा भन्दा २०८१/ ०८२ मा झन्डै दस हजार बिरामीको संख्या वृद्धि भएको तथ्याङ्कले देखाएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा आयुर्वेद तथा वैकल्पिक चिकित्साप्रति जनविश्वास बढ्दै गएको आफूहरुले महसुस गरेको डा.अधिकारीले बताइन् ।

२०८१ / ०८२ मा चिकित्सालयअन्तर्गतका चारवटा नागरिक आरोग्य केन्द्रबाट ११ हजार ५१५ जना, पूर्णकर्म ९आयुर्वेद थेरापी०मा ५४ हनार ४९८, पञ्चकर्ममा ८० जना, शल्यसेवामा ६९३ जना, योगसेवामा ६ हजार २८८, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रमअन्तर्गत १० हजार ७९१, स्तनपायी आमालाई दुग्ध प्रवद्र्धन कार्यक्रमतर्फ १ हजार २७२ जनालाई औषधि वितरण गरिएको छ ।

त्यसैगरी, जीवनशैली प्रवद्र्धन तथा स्वच्छीकृत सेवातर्फ ७ हजार ९२० जना, अकुपञ्चर, कपिङ सेवातर्फ ५ हजार ७५१, ल्याब सेवा १० हजार ४१४, फिजियोथेरापी ५ हजार १३०, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमतर्फ नसर्र्ने रोग ४६४, बाथ पुनर्स्थापना कार्यक्रमतर्फ ५० जनाले सेवा लिएको कार्यालय प्रमुख डा. अधिकारीले जानकारी दिइन् ।

२०८० सालमा बागमती प्रदेश सरकारले २५ शैयाको अस्पतालको रुपमा स्तरोन्नति गरेको उक्त चिकित्सालयमा विशेषज्ञ सेवाअन्तर्गत शल्यचिकित्सा, बालरोग र पञ्चकर्म सेवा सञ्चालनमा रहेका छन् । उक्त अस्पतालबाट अम्लपित्त, घुँडा खिइने समस्या, श्वासप्रश्वास, बालरोग, पायल्स, फिस्टुलालगायत मलद्वारमा हुने समस्या, उच्च रक्तचाप, मधुमेह, बाथरोग, युरिक एसिड, कम्मर दुख्ने समस्यालगायतका रोगहरुको उपचार गरिँदै आएको अस्पतालका डा. देवेन्द्र यादवले जानकारी दिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा आयुर्वेद औषधि उत्पादन केन्द्रका प्रमुख सुरेश महर्जनले केन्द्रले उत्पादन गरेका आयुर्वेद औषधि चितवनमा २० प्रतिशत र अन्य जिल्लामा ७ प्रतिशतका दरले उपलब्ध गराउँदै आएको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले आयुर्वेद चिकित्साप्रति बढ्दै गएको विश्वासलाई कायम राख्नुपर्नेमा जोड दिए । मेडिकल सिटीको रुपमा विकास भएको चितवनमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थापित गर्ने सानो प्रयासले सम्भव नरहेको उनले बताए ।

रत्ननगर वडा नं–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता कुलप्रसाद सापकोटाले आयुर्वेद अस्पतालको स्थायित्वका लागि स्थानीय सरकारले सेवाको गुणस्तर विकासमा सहयोगीको भूमिका खेल्दै आएको भन्दै आयुर्वेद चिकित्सालाई विश्वासिलो बनाउन डाक्टर र स्वास्थ्यकर्मी टिमको प्रयास सामान्य नरहेको बताए ।

कार्यक्रमका प्रमुखअतिथि बागमती प्रदेश सांसद् कृष्णप्रसाद खनालले आयुर्वेद औषधि उत्पादन गर्ने जडीबुटीको गुणस्तर मापन गर्न प्रचलन नरहेको भन्दै नेपालमा उत्पादन भएका जडीबुटी भारत पठाउने र भारतबाट कमसल खालका जडीबुटीको आयात गर्ने काम बन्द हुनुपर्ने बताए ।

नेपालमा उत्पादन भएका गुणस्तरीय जडीबुटीले औषधि उत्पादन गर्न सकियो भने आयुर्वेद चिकित्साप्रति सोच्दै नसोचेको विश्वास बढ्ने उनको भनाइ छ ।

चितवन, कात्तिक ८ ।

नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु अरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ । नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका नौ हजार ४६ जना जनशक्ति खटिदैआएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिनुभयो । नेपाली सेनाका आठ वटा गण, दुईवटा वन तथा पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्मलाई संरक्षणको जिम्मेवारी तोकिएको छ । चालु आर्थिक वर्षमा विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणबाट ४२ नाल विभिन्न हतियार, एक हजार ९७६ जाल पासो, एक हजार ९६५ घरेलु औजार ३३५ वटा सवारीसाधन र १६ वटा ओखोटोपहार बरामद गरेको उहाँले जानकारी दिनुभयो । नेपाली सेनाबाट भएको सुदृढ सुरक्षा तथा संरक्षण कार्यबाट पछिल्लो १५ बर्षयताक बाघ तथा गैडाको सङ्ख्यामा उल्लेखनिय बृद्धि भएका छ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ रहेको तथा गैँडाको संख्या ७५२ रहेको छ । यसअघि २००९ मा भएको जनगणनामा बाघको सङ्ख्या १२१ र २००५ को गणनामा गैँडाको सङ्ख्या ४०० रहेको थियो । ती उपलब्धी हासिल गर्ने क्रममा वन्यजन्तुको आक्रमण र अन्य कारणबाट ११६ जना सैनिक व्यक्तिले आफनो जीवन गुमाएको सेनाले जनाएको छ । चालु आवमा मात्रै त्यस्ता जङ्गली जनावरको आक्रमणमा परी पाँच जना सकलदर्जा घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाले नेपालका सुन्दर हिमालको सौन्दर्य कायम राख्न पछिल्लो दशकमा वार्षिकरुपमा हिमाल सफाइ अभियान समेत सञ्चालन गर्दै आएको छ । रासस

 

 आश्विन २८, चितवन ।
फरेन्सिक परीक्षणबाट विपिन जोशीको शव पुष्टि भएको छ । हमासले सोमबार राति इजरायललाई विपिनसहित चार जनाको शव हस्तान्तरण गरेको थियो ।
इजराइली सेनाले फरेन्सिक परिक्षणबाट चारैजनाको शवको पहिचान भएको पुष्टि गरेको हो । यसबारे परिवारलाई जानकारी दिइएको छ । सेनाका अनुसार तेलअभिभस्थित अबु काबिर फरेन्सिक संस्थानले अनुसन्धान पूरा गरेपछि उनीहरूको मृत्युको कारण र अवस्थाबारे अन्तिम निष्कर्ष सार्वजनिक गरिने जनाएको छ । विपिनको शव पहिचान भएको खबर पाएका छौं,’ दाजु किशोर जोशीले कान्तिपुरसँग भने, ‘नेपाल कहिले आउँछ भनेर मिति दिएको छैन । आवश्यक प्रक्रिया पूरा भएपछि खबर गर्छौं भनेका छन् ।’ इजरायली सेनाले हमासबाट विपिनको हत्या युद्धको पहिलो महिनामै गाजामा कैद गरिएको अवस्थामा गरिएकोु दाबी गरेको छ ।

इजरायली सेनाले हमासबाट विपिनको हत्या युद्धको पहिलो महिनामै गाजामा कैद गरिएको अवस्थामा गरिएकोु दाबी गरेको छ । हमासले गाजा पट्टीमा इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको दाबी गरेको थियो ।

Subcategories