News

बैशाख ७, रत्ननगर । तस्विर: अंकित भगत । बैशाख १ गते देखि औपचारीक उद्घाटन गरी चितवनमा मनाइएको २९औं वन्यजन्तु सप्ताह सम्पन्न भएको छ । सप्ताहको अन्तिम दिन समापन समारोहमा दुइ पत्रकार सहित संरक्षणकर्मीलाई सम्मानित गरिएको छ ।

सप्ताहको समापन कार्यक्रममा विगत २५ वर्ष देखि चितवनमा रहि पत्रकारीतामा श्रव्यदृष्य मार्फत वन वातावरण, जैविक विविधता र पर्या पर्यटन संरक्षणमा योगदान गरेको भन्दै आभास टेलिभिजनका प्रबन्धक एवं वातावरण पत्रकार कोमल चन्द्र भगतलाई नगद  सहित कदर पत्रले सम्मान गरिएको छ । यस अघि पनि पत्रकार भगतले विभिन्न संघ संस्थाहरुबाट थुप्रै संरक्षण पुरस्कार प्राप्त गरिसक्नु भएको छ ।  विगत १० वर्ष देखि आभास टिभी एचडीबाट नियमित प्रसारण हुने प्रसारण हुने कार्यक्रम पर्यावरण र विकास सञ्चालन र उत्पादन गर्दै आउनुभएको छ भने ४ दर्जन भन्दा बढि संरक्षणमुलक वृत्तचित्र निर्माण गरिसक्नुभएको छ । त्यस्तै अर्का पत्रकार जसपाल न्यूजका सञ्चालक विकाश पौडेललाई पनि संरक्षण क्षेत्रमा योगदान पु¥याएको भन्दै नगद र कदर पत्रले सम्मान गरिएको छ । त्यसैगरी कार्यक्रममा लामो समय देखि वातावरण संरक्षणमा सक्रिय भुमिका निभाउदै आउनुभएका संरक्षण अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, संरक्षणकर्मी चराविद् टीकाराम गिरी, वसन्त राना मगर, पर्यापर्यटन प्रवद्र्धनमा योगदान पुर्याएबापत गाईड राजेन्द्र धामी, युवराज पौडेल, ह्याप्पी लेमन ट्री, होटल नेशनल पार्क र जंगल सफारी रिसोर्टलाई सम्मान गरिएको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा वन्यजन्तु सप्ताह अन्तर्गत संरक्षण सम्बन्धी चित्रकला र बक्तृत्वकाला प्रतियोगिताका विजेताहरुलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले चितवन राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रको संरक्षणमा समेत लाग्न सबैमा अनुरोध गर्नुभयो । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलवहादुर पुर्जा पुन, संरक्षण अधिकृत तथा मध्यवर्ती शाखा प्रमुख चितवन राष्ट्रिय निकुञ्जका गणेश प्रसाद तिवारी, रत्ननगर वडा नं. ६ का वडा सदस्य विरेन्द्र महतो, मृगकुञ्ज उपभोक्ता समितिका निवर्तमान अध्यक्ष बासु ढुङ्गाना, वर्ड एजुकेशन सोसाईटीका अध्यक्ष टिकाराम गिरी, बाघमारा वनका अध्यक्ष जीत वहादुर तामाङ, तराई भु परिधी तालका क्षेत्रीय ईन्चार्ज प्रेम पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ रेन्जर ऋषि सुवेदी लगाएतले मन्तव्य राख्नुभएको थियो । २९ औं वन्यजन्तु सप्ताहको अवसरमा बैशाख १ गते उद्धघाटन, बैशाख २ गते टिकौलीमा राजमार्ग सरसफाई, बैशाख ३ गते चरा अबलोकन, ४ गते वन्यजन्तु संरक्षण मुलक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिस बीचको सहअस्थित्व सम्बन्धी विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते डुंगा सयर, ६ गते वन, वन्यजन्तु र वातावरण संरक्षणमुलक सचेतना ¥याली गरिएको थियो ।

मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संरक्षण अधिकृत तथा सौराहा सेक्टर प्रमुख चितवन राष्ट्रिय निकुञ्जका सान्त वहादुर मगर, वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारी लगाएतको सहभागीता रहेको थियो । समृद्धिका लागि वन्यजन्तु संरक्षण भन्ने मुल नारा सहित वैशाख १ गते देखि सप्ताह सुरु भएको थियो । मृगकुञ्ज उपभोक्ता समितिका सचिव ओमप्रसाद रिमालले सञ्चालन गर्नुभएके कार्यक्रममा सदस्य वुद्धिमान विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

 

बैशाख ६, रत्ननगर ।

तस्विर: कोमल चन्द्र भगत ।

२९औं वन्यजन्तु सप्ताह अन्तर्गत विहीबार सौराहामा वन तथा वन्यजन्तु संरक्षणका लागि समुदाय केन्द्रीत सचेतना मुलक रयाली निकालिएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानले विभिन्न संघसंस्थासंग सहकार्य गरी रयाली निकालेका हुन । बछौलीचोकबाट सुरु भएको रयाली पर्यटकीय नगरी सौराहा परिक्रमा गरी सामुदायिक सीप केन्द्रमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा सहभागीहरुले वन्यजन्तु, बाताबरण संरक्षणका सन्देशमुलक प्लेकार्ड बोकेका थिए । सफा उर्जा उत्पादन प्रा।लि।को सहयोगमा आयोजित रयालीको समापन कार्यक्रममा बोल्ने संरक्षणकर्मीहरुले वन्यजन्तु संरक्षणलाई प्रभावकारी निकुञ्ज, नेपाली सेना र समुदायको त्रिपक्षिय सहकार्यलाई मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए । जिम्मेवार निकायहरुनै संरक्षणमा क्रियाशिन नदेखिएको भन्दै उनीहरुले लामो समयदेखिको सहकार्य कमजोर बनाउने गरी नैरस्यता देखिनु दुर्भाग्य भएको बताए । कार्यक्रममा वर्ड एजुकेशन सोसाइटी चितवन सौराहाका अध्यक्ष टीकाराम गिरीले संरक्षणमा सौराहाका पर्यटन व्यवसायीको सक्रियता कम हुनुले संका उब्जाएको बताए । सप्ताहमा सौराहाका व्यवसायीको सक्रियता देखिएन उनले भने वन र वन्यजन्तु देखाएर व्यवसाय गरिरहेका व्यवसायीहरुनै उदासीन देखिनु राम्रो भएन । बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीत बहादुर तामाङले निकुञ्ज र त्यहा आश्रित वन्यजन्तुमा निर्भर सौराहाको पर्यटन जोगाउन संरक्षणलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । सफा उर्जा उत्पादन प्रा.लि.का निर्देशक योगेन्द्र केसीले वन र वाताबरण कमजोर भए मानब जातीको अस्थित्व समाप्त हुने भन्दै यसलाई जोगाउन सबैको सक्रियता आवश्यक रहेको बताए । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले समुदायको सक्रियतामा चितवनमा भएको संरक्षणको प्रयास राष्ट्रिय रुपमै उदाहरणीय रहेको भन्दै यसलाई कमजोर बनाउन नहुने बताए । सौराहा लेडी जेसीज, लियो क्लव अफ चितवन सौराहा, बरपिपल कृषक समुह, शिबशक्ति महिला कृषक समुह, मध्यवर्ती सांस्कृतिक समुह, मगर सांस्कृतिक समुह र थारु महिला ठेकरा समुहको सहकार्यमा रयाली गरिएको हो । समापन कार्यक्रम समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष बसन्त रानाले सञ्चालन गरेका थिए । यसैबीच सप्ताह अन्तर्गत बाघमारा मध्यवर्ती सामुदायिक वनले सीमान्तकृत मुसहर समुदायलाई डुंगा सयर, हात्ती प्रजनन् केन्द्रको अबलोकन तथा उनीहरुसंग संरक्षण सम्बन्धी अन्तरक्रिया समेत गरेको छ ।

बैशाख ५, रत्ननगर । तस्विर ः कोमल चन्द्र भगत । २९औं वन्यजन्तु सप्ताह अन्तर्गत बुधबार बुढिराप्ती नदी सरसफाई गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा चित्रसारी पुलदेखि डुंगाघाट सम्म सरसफाई गरिएको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । सरसफाई कार्यक्रमको रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष सजना महतोले उद्घाटन गरेका थिए । सो अबसरमा उनले वाताबरण र प्रकृति संरक्षणको हिसाबले नदी प्रदुषण रोक्नु पर्ने बताए । नदी प्रदुषण हुँदा गाही लगायत नदीमा आश्रित प्राणी संकटमा परेको भन्दै उनले नदीमा मानवीय चाप घटाउनुपर्नेमा जोड दिए । कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संरक्षणको दृष्टिकोणले महत्वपूर्ण मानिएको वन्यजन्तु सप्ताहप्रति निकुञ्ज र सौराहाका व्यवसायीहरुले बेवास्था गरेको भन्दै असन्तुष्ट व्यक्त गरे । वन र वन्यजन्तु देखाएर लाभ लिएका सौराहाका व्व्यवसायी र संरक्षणको जिम्मेवारी लिएका निकुञ्जका अधिकारीहरुले सप्ताहलाई नगर अन्दाज गरेको भन्दै अध्यक्ष घिमिरेले यस्तै प्रवृति हावी भए समुदायले संरक्षणको दायित्व बहन नगर्ने चेतावनी दिए । संरक्षण समुदायको मात्र ठेक्का हो उनले भने निकुञ्ज र व्यवसायीले चासो लिनुपर्दैन । चित्रसेन मध्यवर्ती सामुदायिक वन, सौराहा लेडी जेसीज, लियो क्लब अफ चितवन सौराहा, मैनहा यूवा क्लवको सहयोगमा आयोजित कार्यक्रममा सहभागी संरक्षणकर्मीहरुले नदी र नदी किनारमा जथाभावी फालेका प्लाष्टिक तथा सिसाजन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो ।

कार्यक्रममा बाघमारा वनका अध्यक्ष तामाङले वन जोगाए बापत बाघमाराले समुदाय केन्द्रीत कार्यक्रम गरिरहेको भन्दै पछिल्लो समय गरिवी निबारणका लागि गतिविधि सञ्चालन गरिरहेको बताए । वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले निकुञ्ज आसपासका नदीहरुमा मानवीय चापका कारण जलचर प्राणी संकटमा परेको बताए । वनकी सदस्य सरस्वती चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा टिकौली मध्यवर्ती सामुदायिक वनका कार्यबहाक अध्यक्ष टीकाराम गिरी, सरसफाई अभियान्ता ज्ञानेन्द्रराज पाण्डे, सौराहा लेडी जेसीजकी सुस्मिता न्यौपाने, लियो क्लव अफ चितवन सौराहाका अध्यक्ष संजय पौडेल लगायतको उपस्थिति रहेको थियो ।

सप्ताह अन्तर्गत बैशाख ६ गते वन,वन्यजन्तु र बाताबरण संरक्षणमुलक सचेतना रयाली, सप्ताहको अन्तिम दिन बैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रिया र संरक्षणमा योगदान दिएकाहरुलाई विभिन्न विधामा सम्मान गरिने जनाइएको छ । मृगकुञ्जको अगुवाईमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष सहित सामुदायिक वन, सौराहाको पर्यटनसंग सम्बन्धित संघसंस्था गरी २६ वटा संघसंस्थाको सहकार्यमा सप्ताह सुरु भएको हो ।

 

Subcategories