News


बैशाख ९, रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता अभियान अन्तर्गत चर्चा एवं जागरुकता सम्बधी अन्तरक्रिया कार्यक्रम गरेको हो । वाल अधिकार संवाहकको समन्वयमा आयोजना गरिएको कार्यक्रममा रत्ननगरका जनप्रतिनिधि र वालवालिकाको क्षेत्रमा काम गर्ने कर्मचारी बीच वालअधिकार सम्बन्धमा चर्चा र योजना कार्यान्यनको लागि गर्नुपर्ने कामहरुको बारेमा अन्तर्गक्रिया गरिएको महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिइन् । कार्यक्रममा पाँच जना बाल अधिकार संवाहकहरुले वाल अधिकार, वालयौन सिंसा, वाल विवहा सम्बन्धी कानुन, न्यूनीकरणका लागि पालिका देखि राष्ट्रिय स्तरमा भएका प्रयासहरुको बारेमा प्रकास पारेका थिए । कार्यक्रममा वालबालिकाहरुलाई लक्षित गरी साइबर सुरक्षा र जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाको बारेमा समेत अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा बाल अधिकार संवाहकहरु निशा मगरले बालमैत्री स्थानीय शासनका सुचकहरु तथा बाल बिवाह न्यूनीकरण, पूर्णिमा कायस्थले महिनावारी स्वस्थता र साइबर सुरक्षा, सुजन कोइरालाले कार्यक्रम सञ्चालन साथै बालबालिका तथा मानव बेचबिखन, शास्वत गौतमले लैंगिक हिंसा, अनिल लामिछानेले दस्तावेजीकरण तथा अभिलेखिकरणका बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले रत्ननगर बालमैत्री घोषणा भएको नगर रहेको भन्दै त्यसको निरन्तरताको लागि नगरपालिकाले योजना बनाएर काम गरिरहेको बताए । घोषणा गर्दा तयार गरिएको आचारसंहिता कार्यान्वय र सुचक अनुसार योजनाबद्ध रुपमा कार्यहरु सञ्चालन भइरहेको उनको भनाई छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत समितिका स सदस्य तथा नगर सदस्यहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रम अन्तर्गत शनिबार बालबालिकाहरुबीच अन्तरक्रिया गरी उनीहरुको समस्या बुझ्ने काम गरिएको थियो । बालबालिकाहरुबाट व्यक्त भएका विषयहरुलाई जनप्रतिनिधि र कर्मचारीको बीचमा राखेर उनीहरुको समस्या सामधानको लागि अन्तरक्रिया कार्यक्रम गरिएको रत्ननगरकी बालअधिकार संवाहक निशा मगरले जानकारी दिइन् ।

 

बैशाख ७, भरतपुर । 

योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एबम् अनुसन्धान केन्द्र वागीश्वरीमा गैरआासीय नेपाली संघ र ललितपुर –२७ की आफै सिर्जित आर्टिस्ट एना ढकालले ई–लाइब्रेरी सहितको डेक्सटप कम्प्युटर २ थान र ल्यापटप २ थान प्रदान गर्नुभएको छ । पुस्तकालयका संयोजक डी आर पोखरेललाई एक समारोहका बीच ढकालले हस्तान्तरण गर्नु भएको हो । ई लाइब्रेरीमा एक लाख साठी हजार भन्दा बढि विभिन्न विधाका पुस्तक रहेका छन् ।

डी आर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रुपमा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उप–कूलपति इन्द्र रेग्मीले यस पुस्तकालयको विकास र अभिवृद्धिमा भरतपुर महानगरले हर तवरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । विशिष्ट अतिथि गैरआवासीय नेपाली संघका उपमहासचिव सोम सापकोटाले योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एबम् अनुसन्धान केन्द्र वागीश्वरीलाई पछि सम्म पनि सहयोग जारी राख्ने र ७० लाख गैरआासीय नेपालीलाई यो संस्था संग जोड्नुका साथै राष्ट्र गुरु योगी नरहरिनाथले सिर्जना गर्नु भएका महत्त्वूर्ण पुस्तक छपाई र प्रकाशनमा यथा संभव सहयोग गर्न प्रतिबद्धता जनाउनु भयो । ल्यापटप दाता एना ढकालका पिता एबम् श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका सचिव नवराज ढकालले योगी नरहरिनाथ पुस्तकालयलाई नयाँ उचाइमा पुर्याउन पुस्तकालयको आवश्यकता र अनुरोधलाई स्वीकार गरी छोरीले सहयोग गर्नु भएकोमा धन्यबाद एबम् आभार प्रकट गर्नु भयो । कार्यक्रमलाई श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका संरक्षक शान्त प्रसाद पोखरेल र अध्यक्ष शैलेन्द्र कुमार पियाले यस्ता प्रकारका सहयोगलाई निरन्तरता दिँदै योगी नरहरिनाथले परिकल्पना गर्नु भएको वागीश्वरी माथि उठाउन सबैलाई अनुरोध गर्दै दातालाई धन्यवाद ज्ञापन गर्नु भयो। सो कार्यक्रममा पुस्तकालय व्यवस्थापनका सदस्य प्रा डा होमनाथ सापकोटाले स्वागत गर्नु भयो भने कार्यक्रमको सञ्चालन पुस्तकालयका साचिव भोजराज भट्टराईले गर्नु भएको थियो

 

बैशाख ७, भरतपुर÷स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पु¥याउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ लक्षित प्रदर्शनी तथा मेला महोत्सव अन्तर्गत चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा आजदेखि “औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” शुरु भएको छ ।
समुद्घाटन समारोहका प्रमुख अतिथि नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले प्रदर्शनीको उद्घाटन गर्दै देशमै औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । मन्त्री भण्डारीले साना तथा मझौला उद्योगहरुको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि उचित नीति बनाई कार्यान्वयन गराउनको लागि आफूहरु तयार रहेको बताउनुभयो ।
आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानले विश्वमा नै आर्थिक मन्दी देखिएको वर्तमान समयमा औद्योगिक उत्पादनको खपतमा गिरावट आईरहेको र अधिकांश उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगिसकेको र सञ्चालनमा रहेका उद्योगहरु समेत अत्यन्त न्यून क्षमतामा सञ्चालित भएकाले उद्यमशिलताको अस्तित्व नै संकटमा पर्ने देखिएको बताउनुभयो।
कार्यक्रममा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको तर्फबाट बागमती प्रदेश सरकार, आर्थिक, मामिला तथा योजना मन्त्री माननीय जगन्नाथ थपलिया, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, कम्प्युटर एसोशिएसन नेपाल महासंघका अध्यक्ष रन्जित कुमार पोदार, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल, उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी लगायतले प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । प्रदर्शनीमा चितवन उद्योग संघ, कम्प्युटर एसोशिएसन नेपाल महासंघका चितवन शाखाका पूर्व अध्यक्षहरु, पदाधिकारी एवम् सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोग रहेको छ । भने प्रदर्शनीमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायतबाट स्टलको सहभागिता रहेको छ ।
प्रदर्शनी अवधिमा चैत्र ८ गते “नेपालमा स्टार्टअप इको सिष्टम र टेक्नोलोजिकल इनोभेसन” र चैत्र १० गते “दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती” शीर्षकमा प्यानल डिस्कशन सहितको सेमिनार आयोजना हुँदैछ ।
प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने, कृषिजन्य उद्योग, पर्यटन, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, बिटुबि तथा बिटुसि मिटिङका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पु¥याउने, नव प्रवर्तन र नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने, आधुनिक सूचना प्रविधिको अधिकतम् सदुपयोग गरी औद्योगिक विकासमा प्रयोग हुने आधार तयार गर्ने, तीनै तहका सरकारका औद्योगिक कार्यक्रमहरुको लक्षित उद्योगीहरुसम्म पु¥याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
त्यस्तै, प्रदर्शनी अन्तर्गत नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनसँगको सहकार्यमा “चितवनको सम्बृद्धि सूचना प्रविधि” भन्ने मुल ध्येय राखी “छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” आयोजना गरिएको छ । प्रदर्शनीमा आईटी सेमिनारका माध्यमबाट नविनतम् प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिनेछ । प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदर सहित किस्ताबन्दीमा ल्यापटप तथा मोवाइल खरिद गर्न पाईने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको एक्सचेन्ज तथा निःशुल्क मर्मत सेवा, विभिन्न ब्राण्डका स्मार्ट इन्टरएक्टिभ बोर्डहरुमा विशेष छुट लगायतका सुविधा तथा सहुलियत प्रदान गरिनेछ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आउन चाहने अवलोकनकर्ताहरुलाई अनलाइन रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाईको छ ।
यसरी अनलाइटबाट रजिष्ट्रेशन गरी प्रदर्शनी अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत आज पहिलो दिन कुपन नं. १५ प्रथम, कुपन नं. १ दोश्रो र कुपन नं. १० तेश्रो हुन सफल भएका छन् । प्रथम पुरस्कार प्राप्त गर्ने एक जोडीको लागि क्षेत्रीय होटल संघ, सौरहाले सौराहाको होटलमा बसाई र बिहानको नास्ता, चितवन उद्योग संघको पदाधिकारीबाट जिप सफारी, दोश्रो पुरस्कारको रुपमाचितवन उद्योग संघको संयोजनमा प्रदर्शनी हल एमा रहेका प्रदर्शकहरुका उत्पादनहरु र तेश्रो पुरस्कारको रुपमा आयोजक संस्था कम्प्युटर एशोसिएशसन महासंघ चितवन शाखाको तर्फबाट आकर्षक गिफ्टहेयाम्पर प्रदान गरिएको प्रदर्शनी तथा व्यवसाय प्रर्बद्धन विभागका संयोजक दिनुप कुमार बरालले जानकारी दिनुभयो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको प्रदर्शनी शुभारम्भ कार्यक्रमलाई आयोजक संस्था कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवन शाखाका अध्यक्ष टेकलाल भुषालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

Subcategories