News

चितवन,मंसिर १७ ।

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो । काडमान्डुले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे । काठमान्डुका लागि शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न पर्याप्त भएन । त्यसअघि सोहेन तनविरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । काठमान्डुका सुमित महर्जनले २९ र माइकल लेभिटले २५ रन बनाएका थिए । चितवनका सोहेल तनविरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए ।

मंसिर ०४, चितवन । तस्विर : कोमल चन्द्र भगत । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले टिमको जर्सी, मस्कट र गीत सार्वजनिक गरेको छ। शान्त स्वरुपको प्रतिक स्वरुप खरानी र चितवनको सूर्यास्तको झल्को दिने सुन्तला रंगको जर्सीमा एक सिङ्गे गैडाको आकृति राखिएको छ। चितवन राइनोजले चितवनको पहिचान, पर्यावरण र साँस्कृतिक पाटोलाई जर्सीमा मिश्रण गरेको छ। त्यस्तै, जर्सीमा राखिएको सुन्तला रंगले चितवनको सूर्योदय, सूर्यास्त र पाटेबाघको रंगलाई चित्रण गरिएको छ। जर्सीको अगाडिपट्टि सूर्योदयको र अर्कोपट्टिको भागले सूर्यास्तको संकेत गरेको छ।

गैंडाको छालाको रंग खरानी रंग समावेश गरिएको छ। एनपीएलका आठ प्रेन्चाइजमध्ये चितवन राइनोज मात्रै यस्तो टिम हो जसले मस्कट सार्वजनिक गरेको छ। त्यस्तै मास्कटको पछाडिको भागमा गैंडासहित चितवनको टेलिफोनको कोड नम्बर राखिएको छ। टिमको आधिकारिक गीतको सुरुवात नै आदिवासी थारु भाषामा छ। जितेर मात्रै घर फर्किने आशय थारु भाषामा छ। स्वप्निल शर्मा र रोहित शाक्यको शब्द र संगितमा गीत तयार गरिएको छ। चितवन राइनोजले समग्र चितवनको पहिचानलाई सम्बोधन गर्न खोजिएको भरतपुर महानगरकी प्रमुख रेनु दाहालले बताइन् । एकसिंगे गैडासहित पर्यटन प्रवद्र्धन, धार्मिक र पर्यावरणको सन्देशलाई एकै चिजमा मिश्रण गरेर फरक सन्देश दिन खोजेका दाहालको भनाइ छ । चितवनको पहिचान खागसहितको गैडाको मस्कट तयार गरिएको छ। जिल्लाका सँस्कृतिक, धार्मिक, पर्यटन र मौलिकतालाई समेटेर ‘खेल्दै छ गैंडा’ गीत सार्वजनिक गरिएको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सार्वजनिक गरेकी हुन्।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जर्सी, टिमको आधिकारिक गीत सार्वजनिक गरिन्। चितवनका प्रमुख जिल्लाअधिकारी प्रकाश पौडेल, चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पिया, चितवन मेडिकल कलेजका अध्यक्ष प्रा.डा. हरिशचन्द्र न्यौपाने, बागमती क्रिकेट संघका निर्देशक अनिल अधिकारी लगायतले चितवन राइनोजलाई शुभकामना दिएका थिए। चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले चितवनको साख र सानलाई उँचो पार्दै विजय हासिल गर्ने दाबी गरे।
चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल, राष्ट्रिय टोलीका खेलाडी शरद भेषवाकर, अमरसिंह रटौला, गौतम केसी, दीपेश श्रेष्ठलगायतका खेलाडी उपस्थित थिए। मेयर दाहालले दक्ष र योग्य खेलाडी समेटेकोमा चितवन राइनोजलाई अनुबन्ध गरेकोमा धन्यवाद दिइन्। ‘चितवन राइनोजले आफ्नो प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक उमेश पटवाललाई नियुक्त गरेको छ।

कात्तिक २६, चितवन ।

भरतपुरको मध्य भागबाट बग्ने पुङ्गी खोलालाई सौन्दर्यकरण गर्ने अभियानलाई तीब्रता दिइएको छ । सोमबार अभियान अन्तरगत भरतपुर वडा नम्बर ३ र ४ को सिमाना क्षेत्रबाट अतिक्रमित घर टहरा भत्काउन सुरु गरिएको हो । पुङ्गी खोलाको सौन्दर्यकरण र सीमांकनको कार्य एक साथ भइरहेको छ महानगरपालिकाले खोलाको संरक्षण, प्रर्वधन र सौन्दर्यकरणको कार्यका लागि रु १० करोड ८० लाखको ठेक्का लगाइएको ईन्जिनियर साकार लामाले जानकारी दिनुभयो । यस अन्र्तगत १।५ किलोमिटरमा सौन्दर्यकरणको काम हुनेछ । यसअघि वडा नम्बर ४ मा पुंगी खोलाको दोभानबाट करिब ५ सय मिटरको काम सम्पन्न भइसकेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गर्नुभयो । पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ । वर्षातको समयमा काम गर्न असहज हुने भएकाले हिँउदको समयमै दुबै कार्यलाई तीब्रता दिइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । प्रमुख दाहालले अबको ३ वर्षभित्र पुंगी खोलाको मुहानसम्म नै सौन्दर्यकरण काम हुने बताउनुभयो । भरतपुरको गौरवको आयोजनामा रहेको पुंगी खोला सौन्दर्यकरण गर्ने कार्यमा सक्रिय सहयोग गर्न प्रमुख दाहालले अनुरोध पनि गर्नुभयो । भरतपुर वडा नं ११, २, ३ र ४ भई बग्ने खोलाको लम्बाई ६।६५ किमि रहेको छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन् । गुरुयोजना अनुसार खोला किनारलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने छ। यहाँ पर्यटकले चिया, खाजा खाने स्टेशन, विश्रामस्थल, खुला व्यामशाला पनि रहने छ । पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्त्वपूर्ण आयोजना हो। बढ्दो सहरीकरणले भरतपुरमा वर्षातको समयमा आकाशे पनि व्यवस्थापनमा समस्या देखिएपछि पुंगी र केरुङ्गा खोलाको सौन्दर्यकरण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको छ । रासस

Subcategories