News

 

चैत १८, भरतपुर । दोश्रो प्रज्ञा स्मृति साईक्लिङ म्याराथन २०७९ मा सात विधामा ७ खेलाडीले उपाधी हात पारेका छन् । निर्धारित ६५ किमि दुरी १ घण्टा ५४ मिनेट ३८ सेकेण्डमा पार गर्दैे सशस्त्र प्रहरी बलका सुरज राना मगरले उपाधी हात पारेका हुन् । दिवङगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिका स्थापना भएको प्रतिष्ठानले साईकलिङ म्याराथनको आयोजना गर्दै आईरहेको छ । प्रतिष्ठानले आगामी वर्षबाट अन्य विधाका खेलकुद पनि थप गर्ने प्रतिष्ठानकी अध्यक्ष रेनु दाहाले जानकारी दिईन्। सात विधामा भएको म्याराथनमा पुरुष ईलाईटतर्फ सशस्त्र प्रहरी बलका सुरज राना मगरले पहिलो स्थान हात परेका हुन् । उनी गत सालका समेत विजेता हुन् ।उनले उपाधीसँगै नगद ५० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र प्राप्त गरे । यस्तै नेपाल त्रिभुवन आर्मी क्लबका सुरेश भुजेलले १ घण्टा ५४ मिनेट ३८ सेकेण्ड ५२ मिलिसेकेण्डमा पारे गर्दै दोश्रो स्थान हासिल गरी नगद ४० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।पुरुषतर्फको तेश्रो स्थान अमेरिकी नागरिक केलेभ हब ब्याण्डले नगद ३० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र हात पार्न सफल भए ।यस्तै काभ्रेका अच्युत कृष्ण खरेल र नेपाल आर्मीकै हिमाल थनेतले क्रमश चौथो र पाँचौँ स्थान हासिल गरे । यसैगरी महिला ईलाईटतर्फ काठमाण्डौँकी लक्ष्मी मगरले १ घण्टा ५७ मिनेट १७ सकेण्डमा सो दुरी पार गर्दै महिलातर्फको उपाधी हासिल गरिन् । उनी साउथ एसियन खेलकुदको गोल्ड मेडलिष्ट हुन् । प्युठानकी हुमी बुढा मगरले २ घण्टा ११ मिनेट ४५ सेकेण्ड निर्धारित दुरी पार गरि दोश्रो बनिन् । ईन्द्रकुमार तामाङ २ घण्टा २८ मिनेट ४४ सेकेण्डमा पादै तेश्रो बनिन् । यस्तै पुरुष मास्टरतर्फ हर्क लामाले निर्धारित दुरी १ घण्टा ५७ मिनेटमा पार गर्दै पहिलो स्थान हात पारेका थिए । भने विकास महर्जनले १ घण्टा ५७ मिनेट ५ सेकेण्डमा पार गर्दै दोश्रो र बाँकेका देव बहादुर बोहराले २ घण्टा ७ मिनेट १४ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हात पार्न सफल भए । यसैगरी पुरुष जुनियरतर्फ मोरङका किरण लिम्बुले १ घण्टा ५५ मिनेट ३९ सेकेण्डमा निर्धारित दुरी पारि गरि प्रथम भए । भने ललितपुरका अश्विन खत्रीले २ घण्टा १२ मिनेट ३ सेकेण्डमा सो दुरी पार गरि दोश्रो भए । यस्तै नवलपुरका सचिन सहनीले २ घण्टा २४ मिनेट २५ सेकेण्डमा पार गर्दै तेश्रो भए । यस्तै महिला जुनियरतर्फ सुनसरीकी विदिशा चौधरी पहिलो, बाँकेकी साया थापा दोश्रो र चितवनकी निति गुरुङं भईन् ।यसैगरी चितवन विशेष पुरुषतर्फ प्रनित थापा प्रथम, रोनिश कर्मचार्य दोश्रो र सन्दिप श्रेष्ठ तेश्रो भएका थिए । यस्तै महिलातर्फ मेरिना रानामगर पहिलो, जुना श्रेष्ठ दोश्रो र नीति गुरुङं तेश्रो भईन् । प्रतियोगितामा देशभरबाट ७० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मरकट्टेलले वागमती प्रदेश सरकारले खेलकुद विकासका नयाँ रणनीतिका समथ अगाडी बढेको स्पष्ट पारे । उनले खेलकुद क्षेत्रको विकासबाटै वागमती प्रदेशमा समृद्धि हासिल हुने बताए ।

यस्तै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको रफ्तारमा अगाडि बढेको भरतपुरले खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने क्रममा रहेको बताईन् । भरतपुरलाई साईकल सिटीको रुपमा विकास गर्न साईक्लिङ म्यानराथन महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।यसैगरी प्रदेश खेलकुद विकास परिषद् वागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले खेलकुदको विकास लागि वागमती प्रदेश मुलुकै अग्रणी भएको बताए ।

प्रज्ञा स्मृती प्रतिष्ठनकी अध्यक्ष रेनु दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्र चितवनका ईन्चार्ज घनश्याम दाहाल, म्यारासयथनका संयोजक सन्तु दराई, प्रदेश सासंद ईश्वर सापकोट समुन, माओवादी चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, प्र्रतिष्ठानका सदस्य एवंम् स्वं ज्ञानु दाहालका जिवनसाथी सागर केसी, प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष एवंम् प्रतिष्ठानका सदस्य विष्णु सापकोटा जुगल सह¬संयोजक रविन्द्र श्रेष्ठ, उत्तम गुरुङं, नेपाल साईक्लिङ संघका अध्यक्ष एवंम् ओलम्पिक कमिटिका सदस्य गोपाल सुन्दरलाल कक्षपति, पतिष्ठानका सदस्यद्धय अर्जुन पाठक र हेमराज पौडेल, पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञावाली, सदस्य सुरेन कुवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

चैत १८, भरतपुर ।

तस्विर ः कोमल चन्द्र भगत

भरतपुर महानगरपलिका वडा नम्बर ११ स्थित गणेशधाम संरक्षण सम्बद्र्धन समितिको आठौं साधारणसभा तथा चौथो अधिवेशन शनिबार गणेशधाममा सम्पन्न भएको छ । कार्यक्रमका बक्ताहरुले गणेशधामलाई जिल्लाकै महत्वपुर्ण धार्मिक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्नु पर्नेमा जोड दिएका थिए । गणेशधामले जिल्लाको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने वताउँदै वक्ताहरुले धर्म, सस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने वताएका थिए । गणेशधाम संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री विजय सुवेदी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा गणेशधाम संरक्षण सम्बद्र्धन समितिका सल्लाहकार समितिका अध्यक्ष एवं संविधासभा सदस्य कृष्णभक्त पोखरेल, नेकपा एमाले चितवनका अध्यक्ष राम प्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला अध्यक्ष कृष्ण प्रसाद भुषाल, राप्रपा चितवनका सहसचिव रामजी अधिकारी, चितवनका पुर्व प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डे, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि शर्मा, भरतपुर ११ का वडाध्यक्ष कमल मल्ललगायतले बोल्नु भएको थियो । कार्यक्रममा समितिका अध्यक्ष दिनेश कुमार चुकेले संस्थाको अवस्था र भएगरेका कामहरुको वारेमा जानकारी गराउनु भएको थियो भने महासचिव रविन्द्र बरालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । गणेशधाम संरक्षण सम्बद्र्धन समितिका वरिष्ठ उपाध्यक्ष राजन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रम महासचिव रविन्द्र बरालले संचालन गर्नु भएको थियो । गणेशधाम संरक्षण संम्बद्र्धन समितिलाई विभिन्न किसिमको सहयोग गर्ने पुर्व मन्त्री विजय सुवेदी र पुर्व प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेयलगायतलाई सम्मान गरिएको थियो ।

तस्विर ः कोमल चन्द्र भगत

चैत १८, काठमाण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजीमाथि आवश्यक कारवाही अघि बढाइने प्रतिवद्धता जनाउनुभएको छ ।

शनिबार बालुवाटारमा पैदलै काठमाडौं आएका मिटरब्याज पीडितहरुसंग भेट गर्दै प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरुपमा हल गर्न सरकारले काम अघि बढाएको र मिटरब्याजीमाथि आवश्यक कारवाही अघि बढाइने प्रतिवद्धता जनाउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले सामन्तवादको अवशेषका रूपमा रहेको मीटरब्याजलाई सधैंका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताउनुभयो । यसको दीर्घकालिन समाधानका लागि विद्यमान कानुन अपर्याप्त भएको भन्दै उहाँले कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

पीडितहरूका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको उहाँले बताउनुभयो । मीटरब्याज पीडितहरुको समस्याबारे आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पार्टी अध्यक्षको हैसियतमा रहेको बेला समेत मिटरब्याजीहरूमाथि कार्वाहीका लागि पहल गरेको बताउनुभयो । अहिले पनि यो समस्या पूर्णरुपमा समाधान गर्न नसके समस्याले गम्भीर रूप लिने उहाँले बताउनुभयो ।

 

प्रधानमन्त्रीसँग भेटका क्रममा पीडितहरूले उच्चस्तरीय आयोग गठन, कानुन निर्माण तथा पक्राउ पूर्जी जारी भएका र घरबार जफत भएका पीडितमाथि न्याय गर्न माग गरेका थिए । त्यस्तै उनीहरुले मिटरब्याजीहरुले आफुहरुलाई पटक पटक धम्की दिएको र असुरक्षित महसुस गरेको गुनासो गरेका थिए ।

 

मिटरब्याज पीडितहरु आफ्ना गुनासो राज्यलाई सुनाउन बर्दिबासदेखि काठमाडौं पैदलै आएका थिए । मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, आफूहरुबाट लिइएको धितो फिर्ता हुनुपर्ने लगायतका माग राखेर माइतिघरमा धर्ना दिदै आएका छन् ।

Subcategories