News

चैत १७, चितवन ।
विद्युत पोल स्थानान्तरण कार्यका लागि भरतपुरमा भोलि (शनिबार) दिनभर विद्युत अवरुद्ध हुने भएको छ । शनिबार विहान ७ बजेदेखि ४ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै केन्द्रले आँपटारीदेखि बसपार्क क्षेत्रमा पोल स्थानान्तरण गर्नुपर्ने भएकाले दिनभर विद्युत अवरुद्ध हुन लागेको जनाएको हो । केन्द्रको सूचना अनुसार गणेशस्थान, न्यू फिडर, आद्योगिक २, औद्योगिक १, हस्पिटल, भरतपुर १ र नारायणगढ फिडरमा विद्युत अवरुद्ध हुन लागेको हो ।

चैत १७, चितवन ।

तस्विर ः कोमलचन्द्र भगत


तस्विर ः कोमलचन्द्र भगत

भरतपुरको बाईपास रोड अन्र्तगतको विशालचोकदेखि मालपोतचोकसम्मको डिभाईडरमा वृक्षरोपण गरिएको छ । शुक्रबार वृक्षरोपण कार्यक्रमको एक कार्यक्रमका बीच भरतपुर महानगरपालकिा प्रमुख रेनु दाहालले वृक्षरोपण गर्नुभयो । वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै महागनर प्रमुख दाहालले भरतपुरका बनेका सयौ किलोमिटर सडकलाई सौन्र्दयकरणलाई प्राथामिकतामा राखेको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिकाले एक घर दुई विरुवाको नीति नै लिएकाले भरतपुरलाई हेर्न लाएक सहर, हरियाली सडक, वातावरणमैत्री सहरका रुपमा अगाडि बढाउन अग्रसर रहेको बताउनुभयो । महानगर प्रमुख दाहालले भरतपुरमा राष्टिय वन, सामुदायिक वन भएपनि स्वच्छ, हाराभरा सहरका रुपमा परिचत गराउन सहर क्षेत्रमा पनि वृक्षरोपणलाई विषेश महत्व दिएको उहाँको भनाई छ । भरतपुर बाइपास रोडमा भएका डिभाईडरमा भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय र राष्ट्पति चुरे तराई मधेश संरक्षण विकास समितिकाको सहकार्यमा सिजियम र बौगेनवेलयिाको ३ फिट अग्लो विरुवाहरु लगाईने छ । सिजियम र बौगेनवेलयिा ३ मिटरको फरकमा रोपिने छ भने त्यसमा कार्पेठग्रास लगाईने जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्पति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा।किरण पौडेलले यस आर्थिक वर्षमा भरतपुरसहित २४ पालिकामा सहर केन्द्रीत वृक्षरोपण कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो ।

तस्विर ः कोमलचन्द्र भगत


सहरमा वृक्षरोपण गर्नाले ४ देखि ५ डिग्रीसम्म तापक्रम न्युनिकरण गर्न सकिने अध्ययनले देखाएकाले सहरी क्षेत्रमा वृक्षरोपणलाई प्राथामिकता दिनुपर्ने आल्यौउनुभयो । बढ्दो जनसंख्याको वृद्धिसँगै वृक्षरोपणलाई पनि बढाउदै सहरको सौन्दर्यकरण गरी हरित सहर निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो । विकसित सहरमा कुल बजेटको १५ प्रतिशत रकम हरियाली प्रर्वद्धनमा बजेट विनियोजन गर्ने परिपाटी रहेको उहाँको भनाई थियो ।
भरतपुर महानगरपालिकाकले भरतपुरमा रहेका ६ लेन सडक, बाईपास र भित्री सडकमा हरियाली प्रवद्र्धन गर्ने नीति नै लिएको छ ।

चैत १७, काठमाण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे दावी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषदले पुर्णता पाएपछि इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे बताउनुभएको हो । यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोजेको भन्दै उहाले केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरु गर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने धारणा राख्नुभयो । उहाले अहिलेको अवस्थामा प्रतिस्पर्धा गर्न कर्मचारीहरुलाई सुझाव दिनुभयो ।

Subcategories