News

चैत २२, सौराहा ।

 

चितवनको पर्यटकीय नगरी सौराहामा गएराति घरपालुवा हात्तीमाथि धारिलो हतियार प्रहार गरि सुँड काटिएको छ । अज्ञात व्यक्तिले राति करिब साढे ११ बजेतिर हात्तीमाथि आक्रमण गरेको मालिक दिपक खतिवडाले जानकारी दिए । अज्ञात व्यक्तिले हात्तीको सुडमा हतियार प्रहार गरी सुँड दुई टुक्रा बनाएको खतिवडाले बताए । खतिवडाको ४५ वर्षिय चनचनकली नामको हात्तीलाई घरमा आएर आक्रमण गरीएको हो। हात्ती पीडाले कराएपछि हेर्न पुग्दा सुँड काटिएको अवस्थामा भेटिएको खतिवडाले बताए। घाईते हात्तीको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिक किरण रिजालको टिमले अहिले उपचार सुरु गरेको छ । हात्तीलाई मार्ने उद्देश्यले हात्तीको सुँड काटिएको हुन सक्ने अनुमान गरिएको छ । घटना बारेमा चितवन निकुञ्जले अनुसन्धान सुरु गरेको छ ।

 

 

२० चैत, चितवन । 
भरतपुर महानगरपालिकाले जिल्ला ट्रफिक कार्यालय चितवनलाई ट्रफिक सामाग्री हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमारा रानाले संयुक्त रुपमा जिल्ला ट्रफिक प्रमुख राजकुमार तमाङलाई हस्तान्तरण गर्नुभयो ।
हस्तारण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ट्रफिक सामाग्रीको उचित प्रयोग गरी महानगरको ट्रफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त पार्न अनुरोध गर्नुभयो ।
प्रमुख दाहालले आगामी वर्षहरुमा महानगरबाट यस्ता सहयोग भई राख्ने पनि बताउनुभयो ।
भरतपुरको ट्रफिक व्यवस्थापनको लागि ब्रेथलाईजर २ थान, बडी ओर्न क्यामेरा १ थान, ट्रफिक कोन २५ सेट, ह्वाईल लक सानो २४ पिस र ठूलो ८ पिस हस्तान्तरण गरिएको महानगरका आन्तरिक व्यवस्थापन शाखा प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिनुभयो ।
महानगरपालिकाले ट्रफिक प्रहरीलाई रु ३ लाख बराबरको ईन्धन, रु २ लाख ८६ हजारको ट्रफिक बाईक यसअघि नै हस्तान्तरण गरिसकेको छ ।

२० चैत, चितवन । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ । कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेका थिए । केही साताअघि फाउन्डेसनका संस्थापक कट्टेलले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई आह्वान गरेका थिए । सोमबारको मन्त्रिपरिषद्‍को निर्णयसँगै अब चितवनको क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको छ ।

Subcategories