News

चितवन, १३ जेठ

 

नेपाल प्रेस युनियन चितवनले आज स्थापना दिवसको अवसरमा गणतन्त्र पछिको पत्रकारिता विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सृजना अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई संवोधन गर्दै सचिव अर्यालले गणन्तत्र प्राप्तिका लागि पत्रकारहरुको भुमिका अत्यन्तै महत्त्वपूर्ण रहेको स्मरण गर्दै गणन्तत्रलाई जिवीत राख्नका लागि पत्रकारको भुमिका अत्यन्त महत्वपुर्ण रहेको बताउनु भयो । पत्रकारीता पेशालाई अझै मर्यादित र सम्मानित वनाउन पत्रकारहरुको शुद्विकरण आवश्यक रहेको उहाँले वताउनु भयो । प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारि चितवनका अध्यक्ष सुवास पण्डित , प्रेस सेन्टर चितवनका कोषाध्यक्ष किशोर सापकोटा लगायतले प्रेस स्वतन्त्रताका लागि र पेशागत सुरक्षाका लागि अझै शसक्त वनाएर अगाडि वढ्न प्रेस युनियनलाई शुभकामना लिनुभयो । कार्यक्रममा लोकतन्त्र पश्चात पत्रकारितामा भएको परिवर्तन र पत्रकारिताका चुनौतिका विषयमा व्यापक छलफल भएको थियो । पत्रकारिताले प्राप्त गरेको स्वतन्त्रतालाई अझै सृजनात्मक र संवेदनशिल बनाउने विषयमा समेत छलफल र विचार विमर्श भएको थियो । कार्यक्रमको पहिलो सत्र जिल्ला उपाध्यक्ष प्रस्ताव सुवेदी र दोश्रो सत्र जिल्ला सदस्य राजेश घिमीरेले संचालन गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई जिल्ला उपाध्यक्ष सिन्धु ढकालले स्वागत गर्नु भएको थियो । प्रेस अभिव्यक्ति स्वतन्त्रताका लागि ३२ वर्ष अगाडि स्थापना भएको प्रेस युनियन नेपालको सबैभन्दा पुरानो पत्रकारहरुको संस्थाको रुपमा रहेको छ।

 

 

जेठ, ९, भरतपुर ।
पवित्रा ढकाल ।

तस्विर :कोमल चन्द्र भगत
क्षेत्रीय होटल संघ नेपाल, चितवन र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाली पर्यटन प्रवद्र्धनका लागि क्रस बोर्डर सेल्स मिशन कार्यक्रम २०२३ लिएर सौराहाका होटल तथा पर्यटन व्यवसायी यति बेला छिमेकी राष्ट्र भारतका विभिन्न शहरमा पुगेका छन् । दुइ देशीय पर्यटन प्रवद्र्धन, पर्यटकिय गतिविधि साटासाट गर्ने र भारतीय पर्यटकका लागि नेपाल घुम्न सहज छ भन्ने सन्देश लिएर उनीहरु भारतका विभिन्न सहर पुगेका हुन् । यहि जेठ ७ गते चितवनको सौराहाबाट हिंडेको टोलीले जेठ ८ गते ( मे २२) भारतको पटनामा एक कार्यक्रमको आयोजना गरी नेपाल पर्यटन बोर्डले क्रस बोर्डर सेल्स मिसन कार्यक्रम २०२३ को शुभारम्भ गरेको घोषणा गरेको छ । यस कार्यक्रमले छिमेकी मुलुकबाट आउने पर्यटकहरूलाई आकर्षित गर्न सेल्स मिसन कार्यक्रम ल्याएको हो । खास गरी चितवन जिल्लालाई केन्द्रित गरी पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रमले लक्ष्य राखेको छ । भारतीय पर्यटकका लागि नेपालको धार्मिक, प्राकृतिक, सांस्कृतिक कार्यक्रमहरु प्राय मिल्ने हुनाले भरतीय पर्यटकका लागि घुम्न नेपालको पर्यटकीय क्षेत्र भरिपूर्ण छ भन्ने सन्देश कार्यक्रमले दिने विश्वास लिएको छ । ।

तस्विर :कोमल चन्द्र भगत

धेरैजसो भारतीय पर्यटक सडकबाट नेपाल आउने र थोरै मात्रै हवाई यात्राबाट नेपालसम्म आउने गरेका छन् । बिहारका अधिकांश सहरहरूबाट निकै छोटो दूरीमा नेपाल पर्दछ । गर्र्मी मौसममा बिहार र उत्तर प्रदेशबाट सबैभन्दा धेरै भारतिय पर्यटक नेपाल आएका छन् । दामन, काठमाडौं, पोखरा, नगरकोट र अन्य धेरै ठाउँहरू भारतीय पर्यटकहरूको लागि लोकप्रिय छन्। । भिसा नचाहिने, भारतीय मुद्रा नेपालमा सहजै चल्ने र थोरै पैसामा पनि घुम्न सकिने हुनाले नेपालमा भारतीय पर्यटककोे आकर्षण बढेको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा दिइएको जानकारी अनुसार धार्मिक पर्यटकका रूपमा वर्षेनी लाखौं भारतीय पर्यटक नेपाल आउँछन्। । क्लबिङ, क्यासिनो डिस्को, गजल, नेपाली लोकगीत जस्ता रात्रिकालीन मनोरञ्जनले पनि भारतीय पर्यटकलाई नेपालमा आकर्षित गरेको छ । यस बाहेक ट्रेकिङ हिमालको सुन्दर दृश्य, अवलोकन, नजिकबाट गरिने वन्यजन्तु अवलोकनले पनि पर्यटक आकर्षित भएका छन् । ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज र यस वरपरका सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि भारतीय पर्यटकहरु आउने गरेको जानकारी दिए । विरामी वा दुर्घटनामा परेका विदेशी पर्यटकका लागि नेपालमा विश्वस्तरीय स्वास्थ्य सुविधा उपलब्ध भएको जानकारी दिइयो । नेपाल दक्षिण एसियाकै पहिलो पर्यटक प्रहरी भएको देश भएकाले चोरी र अन्य घटना नियन्त्रणमा ध्यान दिएको जानकारी दिए । कार्यक्रममा भ्रमण टोलीका तर्फबाट नेपाल र विशेषगरी चितवन जिल्लाले प्रदान गर्ने विविध पर्यटनका अवसरहरू भएको बताए ।
भारतिय पर्यटक भित्रयाउने नेपाल पर्यटन बोर्डको लक्ष्य अनुरुप भारतीय पर्यटकको ध्यान आकर्षित गर्न, तिनीहरूलाई समृद्ध सांस्कृतिक अनुभव गर्न निमन्त्रणा दिएको छ । त्यस्तै नेपालमा उपलब्ध सम्पदा, प्राकृतिक सौन्दर्य र साहसिक पर्यटन गतिविधिहरूको प्रचार प्रसार गरी चितवनको नयाँ पर्यटन सम्भावनालाई उजागर गरिएको छ । सहभागीहरूलाई प्याराग्लाइडिङ, केबलकार राइड, जिप लाइन जस्ता रमाईलो गतिविधिहरूको बारे जानकारी दिएको छ ।


क्रस बोर्डर सेल्स मिशन कार्यक्रम २०२३ ले पनि पर्यटकहरूलाई अनुमति दिँदै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । नेपालको आध्यात्मिक महत्व र सांस्कृतिक विविधता अन्वेषण गर्न कार्यक्रमले जोड दिएको छ । नेपालले पदयात्रा र पर्वतारोहण सम्मका उत्कृष्ट साहसिक पर्यटन अवसरहरूको सृजना गरेको छ । राफ्टिङ र जंगल सफारी जस्ता मनोरञ्जनात्मक यात्रा बाहेक, पर्यटकहरुका लागि स्वास्थ्य सुरक्षाका सुविधाहरू हिमाली क्षेत्रमा हेलिकप्टर उद्धार सेवा लगायतका सुविधा उपलब्ध गराउंदै आएको जानकारी दिएको छ ।
नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धन र सीमापार साझेदारी प्रवद्र्धन गर्न लगाएर पर्यटन उद्योगका अगुवाहरू, ट्राभल एजेन्सीहरू, होटल व्यवसायीहरू र अन्य सरोकारवालाहरू सँगसँगै यस कार्यक्रम ल्याएको छ । पर्यटन प्रवद्र्धनले चेतना जगाउने, राजस्व बढाउने र नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने विश्वास गरिएको छ । यो कार्यक्रमले पर्यटन उद्योगको सम्भावनालाई सदुपयोग गर्न र दिगो आर्थिक बृद्धि गर्न दुबै देशका क्षेत्रहरूलाई सक्षम बनाउदै थप सहयोगको दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ । भ्रमण टोलीमा चितवन सौराहाका ११ वटा होटलका सञ्चालक, नेपाल सरकारका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधी पत्रकार सहित २६ जनाको टोलीले पर्यटन प्रवद्र्धन गर्न भारतीय शहर पुगेका हुन् । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय होटलसंघका केन्द्रीय सदस्य सुमन घिमिरे, नेपाल पर्यटन बोर्डका वरिष्ठ कर्मचारी प्रदीप बस्नेत र क्षेत्रीय होटल व्यवसायी संघ चितवनका पदाधिकारीको विशेष उपस्थिति रहेको थियो ।

जेठ, ७ भरतपुर । ग्याँस बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा चितवनमा दुईजना घाइते भएका छन् । त्ननगरवाट भरतपुर जाँदै गरेको ना४ख ६६७४ नम्बरको एलपी ग्याँस बोकेको ट्रकले सोही दिशावाट आउँदै गरेको बागमती प्रदेश ०३९००२प ७६८८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकसहित पछाडि सवार दुबै जना गम्भिर घाइते भएको चितवन प्रहरीले जनाएको छ । घाइते दुवैजनालाई उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुवै जनाको अवस्था गम्भिर रहेको बताइएको छ । स्कुटरलाई ठक्कर दिएको ट्रक सडकको छेउमा पल्टिएको छ । ट्रक चालक तनहु घुमाउने नगरपालिका वडा नं. ४ बस्ने ५० वर्षीय ढक बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subcategories