News


जेठ, १ भरतपुर। 

चितवनका वरिष्ठ उद्योगी,उद्योगीका कुशल नेतृत्वकर्ता, सामाजिक कार्यमा सदैव अग्रसर, मृदुभाषी भरतपुर–९ निवासी शंकर प्रसाद कँडेलको स्वर्गारोहणको १३ औं पुण्यतिथिमा दिवंगतआत्माको चिर शान्तिको कामना गर्दै चितवन उद्योग संघको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ । ।
कँडेलको निवासमा आयोजित शोक सभा कार्यक्रममाआउनु भएका नेपाल सरकार,कानुन,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले ध्यानाकर्षण पत्र समेत पेश गर्नुभएको थियो । ध्यानाकर्षण पत्रमा स्व.कँडेलको मिति २०८० बैशाख १९ गते,मंगलबारआफ्नै कार्यालयमा भएको अप्रत्यासित देहत्यागबाट सम्पूर्ण निजी क्षेत्र स्तब्ध भएको, उहाँको निधनबाट चितवनले औद्योगिक क्षेत्रका एक होनाहार उद्योगी गुमाउनुको साथै देशले एक असल, इमान्दार, कर्तव्यनिष्ठ औद्योगिकअभियान्ता गुमाएको उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्रमा घटनास्थलमा स्व. कँडेलद्धारा आफ्नै हस्ताक्षरमा लेखिएको मृत्युवरण गर्नुको कारण उल्लेख भएको पत्र भेटिनु र व्यवसायिक साझेदारहरुको अस्वभाविक दवावका कारण मृत्युकोे बाटो रोजिन पुग्नुले स्वदेशमा नै केही गरी खान्छु भनि उद्यमशिलतामा लागि रहेका आम नागरिकहरुलाई थप प्रताडित बनाएको समेत उल्लेख गरिएको छ ।
चितवनउद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलद्वारा जारी ध्यानाकर्षण पत्रमा घटना घटेको १३ दिन बितिसकेको, सुसाइड नोटमा उल्लेख गरिएका व्यक्तिहरुलाई स्व. कंडेलको परिवारले किटानी जाहेरी दिएको अवस्थामा पनि उल्लेखित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याएर अनुसन्धान गर्न नसक्नुले न्यायप्रशासन प्रति आमउद्योगीहरुलाई  सशंकित बनाएको हुँदा न्यायिक समिति गठन गरेर यथाशिघ्र स्व. कंडेललाई न्याय दिलाउन यस घटनाको सत्य, तथ्य छानविन गरी दोषिलाई हदै सम्मको कारवाहीका लागि कानूनमन्त्री गुरुङलाई ध्यानाकर्षण गराईएको थियो ।
पत्रमा स्वर्गीय कंडेलको न्याय कालागि शुरुवात देखि नै भएका शान्तिपूर्ण आन्दोलनमा चितवन उद्योग संघको ऐक्यवद्धता रहँदैआएको, दोषीलाई न्यायिक हिरासतमा नल्याएमा र घटनाको यथार्थता सार्वजनिक नभएमा चरणवद्ध रुपमा थप आन्दोलन गर्न वाध्य हुने व्यहोरा समेत उल्लेख गरिएको छ ।
साथै, कानूनमन्त्री गुरुङलाई देशको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा सहित साझेदारी गरिरहेका र उत्पादन तथा सिर्जनशिलताका माध्यमबाट देशभित्रै रोजगारी सिर्जना गर्दै आईरहेका उद्योगी, व्यवसायीहरुमा कति पनि विचलन आउन नदिने गरी उद्योगी व्यवसायीहरुलाई परेको हरेक समस्यामा समेत अभिभावकीय भूमिका निर्वाह गरेर वर्तमान विषम् आर्थिक परिस्थितिमा उद्यमशिलतालाई जीवन्त राख्नका लागि राज्यका तर्फबाट समेत स्पष्ट योजना ल्याउनका लागि जोडदार माग समेत गरिएको थियो ।

चितवन, वैशाख ३१ ।


भरतपुर । छात्रासँग मेयर कार्यक्रम अन्तरगत भरतपुरका १ सय २६ छात्राहरुलाई साईकल वितरण गरिएको छ । छात्राहरुलाई शिक्षाको पहुँच पुराउने उद्धेश्यले ०७६ सालदेखि यो कार्यक्रम लागु गरिएको थियो । आईतबार एक कार्यक्रका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छात्राहरुलाई साईकल वितरण गर्नुभयो । महानगरपालिकाले ६ वडाका १३ विद्यालयमा अध्ययन गर्ने विपन्न छात्राहरुलाई साईकल वितरण गरिएको महानगरपालिकाको सामाजिक विकास महाशाखाले जनाएको छ ।
महानगरपालिकाले यस अघि २२ वटा वडाका विपन्न छात्रालाई साईकल वितरण गरिसकेको छ भने वडा नं २९ को विद्यालयलाई स्कुल बस प्रदान गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका प्रमुखमा महिला निर्वाचित भएसँगै महिलामैत्री महानगर बनाउन भरतपुर अस्पतालमा महिलालाई निःशुल्क ओपिडि टिकट, छोरी जीवन बीमा, छात्रासँग मेयरजस्ता धेरै कार्यक्रम सञ्चालनमा ल्याईएको बताउनुभयो ।
प्रमुख दाहालले छोरीहरुले घरमा गर्नुपर्ने कामहरु धेरै हुने र विद्यालय जान ढिलो हुने भएकाले साईकल वितरण गरिएको उल्लेख गर्नुभयो । महानगरपालिकाले अति विपन्न परिवारका छात्राहरुलाई विद्यालय शिक्षामा पहुँच पु¥याउने उदेश्यले कक्षा ६ देखि १२ कक्षाका किशोरीहरुलाई साईकल वितरण गर्दै आएको छ ।
महानगरपालिका प्रमुख दाहालले भरतपुर पूर्वाधारको क्षेत्रमा मात्र नभई शिक्षा क्षेत्रमा पनि उल्लेख्य प्रगति गर्न सफल भएको बताउनुभयो । यो ६ वर्षको अवधीमा ८ हजार विद्यार्थीहरु सामुदायिक विद्यालयहरुमा वृद्धि गर्न सफल भएको जानकारी दिनुभयो ।
नारायणी मावि जस्तै भरतपुरका अन्य विद्यालयमा पनि आकर्षण बढाउन विभिन्न छात्रावृतिका कार्यक्रम, न्यानो कपडाको कार्यक्रम, दिवा खाजा, विद्यालयलाई बसलगायतका कार्यक्रमहरु सञ्चालनमा रहेको बताउनुभयो ।
प्रमुख दाहालले साईकल प्राप्त गर्ने विद्यार्थीलाई दुरुपयोग नगर्न र उज्जवल भविष्यको कामना पनि गर्नुभयो ।

चितवन, वैशाख ३१ ।

चितवन राष्ट्रिय निकुञ्जले संरक्षण गरेर राखेको दुई गैँडाका बच्चालाई प्रकृतिमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा संरक्षण गरिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो ।
निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार डार्ट नगरिकनै ट्रकमा राखेर ती दुई गैँडालाई तामिताल पुर्‍याएर छाडिएको छ । निकुञ्जमा आमाबाट छुटेको अवस्थामा भेटिएका पुष्पा र अञ्जली नामका ती दुई बच्चालाई निकुञ्जकै नवलपरासी क्षेत्रबाट उद्धार गरी ल्याइएको थियो ।
श्रेष्ठका अनुसार पुष्पालाई सन् २०२० को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीबाट उद्धार गरिएको थियो । एक दुई महिनाको उमेरमा आमाबाट छुटेका उनीहरुलाई हुर्काएपछि प्राकृतिमा छाडिएको उहाँले बताउनुभयो ।
पुष्पा र अञ्जली अहिले घाँस खोजेर खानसक्ने भएका छन् । उद्धार गरी हुर्काइएका कतिपय जङ्गली जनावर मित्रराष्ट्रलाई दिने, कतिपयलाई चिडियाघरमा त कतिपयलाई प्राकृतिमा छोडिंदै आएको छ ।

Subcategories