News

 

जेठ, १ रत्ननगर । तस्विर कोमलचन्द्र भगत ।


पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १ सौराहाचोकमा भ्रष्टाचार विरुद्ध मौन प्रर्दशन गरिएको छ । भ्रष्टाचार विरुद्ध नागरिक अभियानले जनस्तरबाट मौन प्रर्दशन गरी भष्टाचार विरुद्ध खबरदारी गरेका हुन । प्रर्दशनमा स्वस्फूर्त नागरिकहरु प्रर्दशनमा सहभागी भएका थिए ।

भूटानी शरणार्थी प्रकरणमा ठुला दलका नेताको नाम जोडिएर पक्राउ पर्न थालेपछि भ्रष्टाचार विरुद्ध खबरदारी गर्दै नागरिक सडकमा आएका हुन । नागरिकको जीवन स्तर खस्कदै जाँदा जनतामाथी सासन गर्ने नेताहरुको आर्थिक अबस्था अस्वभाविक रुपमले सवल बन्दै गएको छ । देशमा देखिएको आर्थिक संकटका कारण सबै क्षेत्र तहसनहस अबस्थामा छन् । शीर्ष नेताहरुले भ्रष्टाचार गरेकै कारण देशको अबस्थामा सुधार नआएको नागरिक स्तरबाट गुनासो आउने गरेको छ ।

प्रर्दशनमा सहभागीहरुले ‘हाम्रो कर, मिलेर लुट्न बन्द गर’, ‘भ्रष्टाचारीका दस हात,तिनीहरुलाई नै नेताको साथ’, ‘जनताको खबरदारी उम्किन हुन्न भ्रष्टाचारी’, ‘किन पक्ष विपक्ष, छानविन गर निष्पक्ष’, ‘भष्टाचारी चाहिदैन,देश लुट्न पाइदैन’ लगायतका नारा देखेको प्लेकार्ड बोकेका थिए ।

 

जेठ, १ नवलपुर त्रिवेणी ।

नवलपरासी बर्दघाट(सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उहाँकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो । नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निउरोको टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको थियो । आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृत फेला पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो ।

 

 

जेठ, १ भरतपुर । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवा–विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । नक्कली शरणार्थी प्रकरण लगाएत सवै प्रकारका भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही गर्नुपर्ने भन्दै एमाले निकट अनेरास्ववियु तथा युवा संघले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन् । उनीहरुले दोषी नछुटुन्, निर्दोष नफसुन, कुनै पनि दवावमा भ्रष्टाचारीलाई उन्मुक्ति नदेउ लगाएतका नारावाजी गरेका थिए । त्यस्तै प्रदर्शनमा सहभागीहरुले माओवादी क्यान्टोन्टमेन्टमा पनि भ्रष्टचार भएको भन्दै अनुसन्धान गर्न माग गरेका थिए । प्रदर्शनकारीले बढ्दो महङ्गी नियन्त्रण गर, भ्रष्टाचार अन्त्य गर, सवै खालको भ्रष्टाचारको छानविन गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर खवरदारी गर्ने उनीहरुले जनाएका छन् ।

 

Subcategories