News

जेठ २२, भरतपुर ।

भरतपुर महानगरको आयोजना एवम् नेपाल पत्रकार महासंघ चितवन शाखाको संयोजनमा बिषयगत पत्रकारिताको लेखनवृत्ति सम्बन्धी कार्यक्रम हुने भएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको पहलमा जिल्लाका पत्रकारहरुको लेखनवृत्तिमा सहयोग हुने गरी कार्यक्रमको आयोजना गरिएको हो । भरतपुर महानगरपालिकाका विविध बिषयहरुमा प्रत्यक पत्रकारले एक एक बिषयमा कम्तिमा २ हजार शब्दको आर्टिकल लेख्नुपर्ने आयोजकले जनाएको छ । पत्रकारले भरतपुर महानगरको शिक्षा, स्वास्थ्य पर्यटन, कृषि, खानेपानी, हरियाली, बाताबरण, सरसफाई विकास निर्माण, सिर्जना उद्मशिलता लगाएतका बिषयमा समाचार लेख्नु पर्ने छ ।

समाचार लेखनका लागि प्रोत्साहन स्वरुप महानगरले प्रतिव्यक्ती २० हजार रुपैया प्रदान गर्ने छ । पत्रकारको पारीश्रमिक मात्रै नभई पत्रकारिता लेखनवृत्ति, पत्रकारलाई प्रोत्साहन र महानगरको समग्र कामहरुको बारे जानाकारी हुने हुँदा यस्तो खालको कार्यक्रम आयोजना गरिएको महानगरका बरिष्ठ लेखा अधिकृत जगनाथ अर्यालले बताए । कार्यक्रममा उनले लेखन शैलिको प्राविधिक ढाचाको बिषयमा पनि जानाकारी गराएका थिए । त्यस्तै कार्यक्रमका अध्यक्ष एवम् भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र कुमार रानाले बिषयगत पत्रकारिता लेखनवृत्ति कार्यक्रमले भरतपुर महानगरका बिकास निर्माण कार्यलाई थप सहयोग पुग्ने बताए । कार्यक्रममा पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारिले पत्रकार महासंहको संयोजनामा हुन लागेको यस लेखनवृत्ति कार्यक्रमा सहभागी सबै पत्रकारहरुले आफुले छनोट गरेको बिषयमा गहिरिएर अनुसन्धान गरी तथ्य परक र कार्यन्वन परक समाचार लेख्न अनुरोध गरे । त्यस्तै उनले यस्तो खालको कार्यक्रम देशैभरीका पालिका मध्यको पहिलो कार्यक्रम भएको हुँदा यसलाई नमुना कार्यक्रम बनाउनदै महानगरले हरेक बर्ष यो कार्यक्रमलाई निरन्तरता दिन पनि अनुरोध गरेका छन् । बिषयगत लेखनवृत्ति कार्यक्रममा ७५ जना पत्रकारको सहभागिता रहेको थियो ।

जेठ २२, भरतपुर । 

तस्विर: कोमल चन्द्र भगत ।

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने टिकौली वरण्डाभार जौविक मार्गमा सरसफाई गरिएको छ । ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस २०८० को अवसरमा पारेर प्लाष्टिकजन्य फोहर सरसफाई गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, डिभिजन वन कार्यालय, नेपाल प्रहरी, नेपाली सेनाको सशस्त्र प्रहरी, स्थानीय सामुदायिक वनहरुको पहलमा सरसफाई गरिएको थियो । टिकौली जंगलदेखि गोन्द्रङ सम्मको क्षेत्र वन्यजन्तु ओहोरदोहोर गर्ने जैविक मार्ग रहेको भन्दै यस क्षेत्रमा फोहोर फाल्नेले कानुन वमोजिक कारबाहीलाई कडाई गरिने चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।


त्यस्तै पूर्वी चितवनको चित्रसारी पुलसगैँ रहेको बुढीराप्ती नदी क्षेत्रमा सरसफाई अभियान सुरु भएको छ । विश्व वातावरण दिवस २०८० को अवसरमा पारेर सौराहामा रहेको संघसंस्थाअरुको संयुक्त पहलमा प्लाष्टिकजन्य फोहर सरसफाई अभियान सुरु भएको हो ।
‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नारासहित सरसफाई अभियान सुरु भएको सपना भिलेज सोसियल ईम्प्याक्टका अध्यक्षका धुव्र गिरीले जानकारी दिनुभयो । सपना भिलेज सोसियल ईम्प्याक्ट, बाघमारा मध्यवर्ती सामुदायिक वन, क्षेत्रिय होटल संघ, सौराहा लेडिज जेसिज, रेवान सौराहा र दिगो फोहोर व्यवस्थापन सहकारी संस्था लगायतको सहयोगमा बुढीराप्ती नदी सरसफाई गरिएको थियो । सो अवसरमा झण्डै दुई टक्याटर फोहर संकलन गरि उचित व्यवस्थापन गरेको बाघमारा मध्यवर्ती सामुदायिक वनका जीतु तमाङले जानकारी दिनुभयो । बाघमारा वनले पञ्चवर्षिय कार्ययोजनामा समेत सो नदी संरक्षणलाई समेटेको तमाङले बताउनुभयो । बाघमारा र चित्रसेन वनको महत्वपूर्ण नदी बुढीराप्ती नदी हो । पछिल्लो समय गोहीले सो नदीलाई वासस्थान बनाउन थालेपछि संरक्षणका लागि सरसफाई गरिएको हो । सो अवसरमा व्यवसायीहरुले आफै फोहर स।कलन गरेका थिए । सौराहा प्रवेशद्धारसगैँ राखिएका पुन नजिक पसहरुले अनावश्यक फोहर गरेको ती पसल हटाउन माग गरिएको थियो ।

 

 

२० जेठ, चितवन ।

चितवनको माडी नगरपालिका–१ रहेको बोट होम स्टेमा यतिबेला पर्यटकको आवागमनले भरिभराउ छ । २०७७ सालमा गाउँमा ‘बोटे सामुदायिक होमस्टे’ खोलेपछि यहांका महिलाहरूको दैनिकी अहिले फेरिएको छ । गाउँमा होमस्टे खुल्नुभन्दा अगाडिसम्म दैनिक गुजारा चलाउनका लागि माछा मार्न जाने, जंगलमा घाँस–दाउरा खोज्ने र निहुरो टिप्ने काम गर्ने यहाका महिलाहरुको होमस्टे सञ्चालनमा आए संगै दैनिकि फेरिएको छ । हामेस्टेमा आउने पाहुनालाई मौलिक खाना मौलिक सांस्कृतिक कार्यक्रम देखाउन यहांका महिलाहरु व्यस्त देखिन्छन् । उनिहरु भन्छन् अहिले त अर्को जीवन पाएजस्तो भएको छ, होम स्टे सञ्चालनले बोटे महिलाहरुको जीवनमा पनिे परिवर्तन ल्याएको छ । पहिला दैनिक घाँस–दाउरा र माछा मार्न जाने यहांका महिलाहरु अहिले गाउँमा आउने पाहुनाहरूको स्वागत र सत्कारमा जुट्ने गर्छिन् । होमस्टे सञ्चालनबाट आएको रकमले जीवनमा थोरै भए पनि परिवर्तन ल्याएको छ । ‘होमस्टेबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घरव्यवहार चलाउने जस्ता काममा धेरै सजिलो भएको उनीहरुको भनाइ छ । होम स्टेले आर्थिक उपार्जनसँगै संस्कृति संरक्षणमा जोड दिएको छ । माडीको रिउ नदी तरेपछि मूल सडकको सेरुवा गेटबाट १५०० मिटरको दूरीमा पश्चिमतर्फ लागेपछि बोटे सामुदायिक होमस्टे पुगिन्छ । होमस्टे बनाउन माडी नगरपालिका, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, तराई भूपरिधि कार्यक्रम (ताल) ले आर्थिक सहयोग गरेका छन् । १० लाखभन्दा बढी खर्च गरेर सुविधासम्पन्न दुई कोठाको होमस्टे बनाइएको छ । यस क्षेत्रमा १२ वटा होमस्टे छन् जहाँ एक रातमा ६० जनासम्म अटाउन सक्छन् । होमस्टेमा आउने पर्यटकलाई उनीहरूले आफ्नो संस्कृति अनुसार ‘बिन्ती बाटी’ (बोटे समुदायमा आफूभन्दा ठूला मान्यजन तथा पाहुनालाई गरिने सम्मान) गरेर स्वागत गर्दछन् । टीका र फूल दिएर स्वागत गर्दै बाँसैबाँसले बनाइएको सामुदायिक भवनमा लगेर राख्छन् । माछामा नै आश्रति रहेर जीविकोपार्जन गर्ने समुदाय भएकै कारण पर्यटकहरूलाई सुरुमा माछाको चोखा –अचार) र छ्याङ्ग दिएर स्वागत गर्छन् । बस्ने होमस्टेहरूसम्म पाहुनालाई लैजान्छन् । होमस्टेको एक रात बसेको ६०० रुपैयाँ र मासु सहितको खानाको ३०० रुपैयाँ लिन्छन् । पाहुनालाई हाँसका विभिन्न परिकारका साथै स्थानीय उत्पादनहरू साग, निहुरोको तरकारी, माछाको आचार, घोंगी, बाँसको तामाको चोखा जस्ता स्थानीय र आफ्नो जातिसँग जोडिएका परिकारहरू खुवाउने गर्दछन् । होमस्टेमा बसेका पाहुनालाई मनोरञ्जन दिन नाचगान लगायत सांस्कृतिक कार्यक्रम गर्छन् । सोहोर्ना, जगिया, गोलेनी, सोल्टी–सोलोटना, सोरठी, मारुनी लगायतका कला र नाचहरू प्रदर्शन गरिन्छ । यीमध्ये जगिया, सोहोर्ना, गोलेनी बोटे समुदायको परम्परागत संस्कृति झल्कने नाच हुन् । पाहुनाका लागि सांस्कृतिक प्रस्तुति दिनका लागि अलग्गै १५÷२० जनाको टिम नै बनाइएको छ । सांस्कृतिक कार्यक्रम हेर्नका लागि एउटा समूहले तीन हजार रुपैयाँ बुझाउनुपर्दछ । होमस्टे खुलेपछि बोटेको लोपोन्मुख संस्कृति संरक्षणमा टेवा पुगेको कोषाध्यक्ष जगनारायण बोटे बताउँछन् । पाहुनाहरूलाई होमस्टेबाट ५०० मिटर पर रहेको गोद्दकनाथ मन्दिर, १ किलोमिटर पर रहेको पाँचपाण्डव, डेढ किलोमिटर पर रहेको अष्टशिव लिङ्ग, ४ किलोमिटर पर रहेको परशुराम कुण्डसम्म भ्रमण गराइन्छ । होमस्टे संचालनमा आएसँगै स्थानीयले तरकारी खेतीसँगै कुखुरा, हाँस, बाख्रा र माछापालनलाई व्यावसायिक बनाउन थालेका छन् । गाउँमा समूह समेत गठन गरेर रकम संकलन गर्ने र व्यवसाय गर्न चाहनेहरूलाई ६ प्रतिशत ब्याजमा ऋण समेत दिने व्यवस्था गरिएको छ । काठमाडौं, पोखरा, भैरहवा लगायत ठाउँबाट आन्तरिक पर्यटक र जर्मनी लगायत देशबाट करिब १०० पर्यटक आएको होमस्टेका कोषाध्यक्ष जगनारायण बोटेले जानकारी दिए । होमस्टेबाट दुई वर्षमा ५ लाखभन्दा बढी आम्दानी भएको उनले जानकारी दिए । होमस्टे सञ्चालनपछि स्थानीय महिलाको नेतृत्व र क्षमता विकास समेत भएको छ ।

 

Subcategories