News

चितवन, वैशाख ३० ।


लोकतन्त्र संवाद तथा नागरिक शिक्षा विषयक अन्तरक्रिया शनिबार भरतपुरमा सम्मपन्न भएको छ । अन्तरक्रियामा जर्मनी संस्था फ्रेडरिक– एवर्ड– स्टिफटुङ (एफइएस) नेपालकी आवासीय प्रतिनिधि नाटालिया फिग्गीले राज्यको लोकतन्त्र बलियो भयो भने सामाजिक न्यायको अनुभूतिगर्न सजिलो हुने बताएकी छन् । फिग्गीले समानता र स्वतन्त्रता ले लोकतन्त्र र सामाजिक न्यायलाई अनुभूति गर्न सजिलो हुने बताएकी हुन् ।

एफईएसले नागरिक शिक्षा सम्बन्धी कार्यक्रमहरु विभिन्न क्षेत्रमा गर्दै आएको फिग्गीले जानकारी दिइन् । ‘एफईएसले सामाजिक र राजनीतिक क्षेत्रमा विभिन्न नागरिक शिक्षा कार्यक्रम गर्दै आएको छ ।
एफइएस संस्था नागरिक शिक्षा, अनुसन्धान र अन्तराष्ट्रिय सहयोगको माध्यमबाट सामाजिक लोकतन्त्रको भावना झल्काउने जर्मनीको सबैभन्दा पुरानो राजनीतिक प्रतिष्ठान रहेको फिग्गीले बताइन् ।

कार्यक्रममा संविधानविद् तथा प्रशासनविज्ञ, काशीराज दाहाल, अधिवक्ता रोशन पोखरेल र नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक तथा लैंगिक विश्लेषक आरती चटौतले तीन वटा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वरिष्ठ संविधानविद् तथा प्रशासनविज्ञ दाहालले नेपालमा २०७२ को संविधान बनाउदा चार वटा उद्देश्य राखिएको बताए । उनले मुलुकमा दिगो शान्ति, मानविय तथा भौतिक विकास, भष्टचार नियन्त्रण र समृद्धिको उद्देश्य राखिएको बताए । उनले संविधानमा लेखिएका कुराले मात्र संविधान गतिशिल नहुने बताए । नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक तथा लैगिक विश्लेषक आरती चटौतले महिला सशक्तिकरणको आयममा चितवन अरु जिल्ला भन्दाअघि रहेको बताइन् । अरु जिल्ला भन्दा चितवनमा साक्षरता प्रतिशत धेरै भएको उनको भनाइ छ ।

विश्व श्रम संगठनले अनुसन्धान गरेको तथ्याङ्कअनुसार विश्वको सम्पूर्ण कामको ७० प्रतिशत महिलाले र ३० प्रतिशत पुरुषले काम गर्ने उनले जानकारी दिइन् । उनले भनिन्, ‘संगठनले गरेको अनुसन्धान अनुसार सबैभन्दा बढी विश्वमा एसियाका महिलाहरुले बढी काम गर्ने तथ्याङ्कले देखाएको थियो । त्यस अनुसन्धानपछि अर्को अनुसन्धान गर्दा दक्षिण एसियाका महिलाले पुरुषले भन्दा बढी महिलाले बढी काम गर्दथे । त्यसपश्चात अर्को अनुसन्धान गर्दा विश्वमा सबैभन्दा धेरै काम गर्ने नेपालको महिलाहरु रहेको तथ्याङकले देखाएको छ ।’

त्यसैगरी अन्तरक्रिया कार्यक्रममा अधिवक्ता रोशन पोखरेलले हिजोको प्राचिन, अहिलेको आधुनिक र भविष्यको प्रजातन्त्रको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अहिले विकास भएको सञ्चार प्रविधि गलत ढंगले प्रयोग गरे लोकतन्त्रलाई ध्वस्त गर्न सक्ने विचार राखे । सोसल मिडियाका माध्यमहरुमा अफवाह र असत्यवादको प्रसार गरेर जनताको धारणा परिवर्तन गर्न र जनताको हितमा नभएका नेताहरु निर्वाचित हुने खतरा रहेको बताए । डिजिटल युगमा लोकतन्त्रको रक्षा गर्न यी खतराहरुको बारेमा जागरुक रहन र उनीहरुलाई न्यूनीकरण गर्न सावधानी बनाउन अत्यन्त आवश्यक रहेको बताए ।

बैशाख ३०, भरतपुर । पवित्रा ढकाल ।

नासा नेपाल वाग्मती संघ तथा चितवन अटोमोवाइल्स डिलर्स एसोसीएसन (काडा )को संयुक्त आयोजनामा भएको २ दिने अटो जिमखाना प्रतियोगीता सकिएको छ । प्रतियोगीतामा आशिष भारती प्रथम भएका छन् त्यस्तैफेलिक्स सिंह भान दोस्रो र दिग्वीजय सिंह अधिकारी तेस्रो हुन सफल भएका छन् । यहि बैशाख २९ र ३० गते महालक्ष्मी ड्राइभिङ्ग सेन्टर भरतपुरमा भएको प्रतियोगीतामा १९ जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश २७ हजार, ९ हजार र ३ हजार नगद सहित प्रमाण पत्र र शिल्ड प्रदान गरिएको थियो । भरतपुर नगरपालीकाकी प्रमुख रेणु दाहालले विजयीहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगीतामा प्रथम हुने आशिष भारतीले भरतपुर महानगरपालिका वडा नं. २९ चौकी डांडामा हिमालय फ्रन्टियर्सले हालै सञ्चालनमा ल्याएको पाराग्लाइडिङ्ग निशुल्क गर्न पाउने छ । चितवनलाई शाहसिक र खेल पर्यटनको मूख्य गन्तव्य बनाउने अभियानमा रहेको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले बताउनु भयो । यस प्रतियोगीतामा काडा चितवनमा आबद्ध र खेलप्रेमी व्यवसायीहरुको सकृय सहभागीता रहेको थियो । च्याम्पीयनसिपका विजेता १ जना तथा महिला बाट १ जनाले (वेष्ट टाइमिङ्गको आधारमा) आगामी नोभेम्बरमा ताइपेइमा हुने एसिया प्यासिफिक अटो जिमखाना च्याम्पीयनसिपमा सहभागिको अवसर प्राप्त गरेका छन् । प्रतियोगीतमा भाग लिने सम्पूर्ण सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगीताको प्राविधिक कार्यको लागी नासा नेपालका दक्ष मार्शलहरुको उपस्थिति रहेको थियो । नेपाल अटो जिमखाना प्रतियोगीता सम्पन्न गर्नका लागि महालक्ष्मी ट्रायल सेन्टर प्रा.ली., भरतपुर महानगरपालिका, प्रदेश खेलकुद विकास परिषद, उद्योग वाणिज्य संघ चितवन, रोटरी क्लब अफ चितवन, सलिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ( सलिको) लगायतका संस्थाहरुले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए । यो चितवनकै पहिलो रोमान्चक र साहशीक अटो जिमखाना प्रतियोगीता हो ।

बैशाख ३०, रत्ननगर ।  रत्ननगर नगरपालिका वडा नं। १० मा रहेको न्यू स्पिडी ईङ्गलिस बोडिङ स्कुलमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने विषयमा छलफल भएको छ । विद्यार्थीका अभिभावक र शिक्षकहरु विच शैक्षिक गुणस्तर सुधारका विषयमा शनिवार छलफल भएको हो । छलफलमा आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरिएको छ । विद्यालयको शैक्षिक स्तर कसरी स्तरीय बनाउन सकिन्छ रु आजको संसारमा विद्यालयको जनशक्ति कसरी व्यवस्थापन हुन सक्छ रु समाज रुपान्तरणका लागि शैक्षिक संस्थाको दायित्व के हो रु लगायत विषयमा अभिभावक र शिक्षकहरुविच व्यापक छलफल भएको विद्यालय सञ्चालक समितिका अध्यक्ष डिल्लिराम पोखरेलले बताए । शैक्षिक गुणस्तर सुधारका विषयमा बोल्दै पोखरेलले पहिलेको भन्दा अहिले यस विद्यालयमा शिक्षाको गुणस्तरमा धेरै भन्दा धेरै सुधार आएको बताए ।
विद्यार्थीको सिकाइप्रति यस विद्यालयले सधै चासो र चिन्ता लिने गरेकाले शैक्षिक स्तरमा राम्रो उन्नती र प्रगति हुँदै गईरहेको उनको भनाई छ । विद्यार्थीलाई पठाई संगसंगै प्रयोगात्मक शिक्षण सिकाईमा विशेष जोड दिईरहेको उनले बताए । विद्यालयका प्राचार्य अर्जुन बहादुर थापाले विद्यार्थीलाई स्कुल बाहेक घरमा पनि पढ्न मिल्ने वातावरण सृजना गरिदिन अभिभावकहरुलाई आग्रह गरे । शैक्षिक गुणस्तरलाई अझ सुधार गर्नका लागि सबै कटिबद्ध भएर लाग्नुपर्ने बताए । सबैले आ–आफ्ना कमीकमजोरी औँल्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए । पढाईमा कमजोर भएका विद्यार्थीहरुका लागि डे होस्टेजको व्यवस्था मिलाएर छुट्टै कक्षाहरु सञ्चालन गर्ने उनले बताए । प्राचार्य थापाले भने, ‘अभिभावक र सबैको साथ सहयोग रहने हो भने भने
चाँडै न्यू स्पिडी स्कुलको शैक्षिक गुणस्तर सुधारमा आमूल परिवर्तन आउने छ ।’ छलफल कार्यक्रममा, विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीका अभिभावकहरुको सहभागिता रहेको थियो । वि।सं।२०५० सालमा स्थापना भएको विद्यालयमा हाल ५ सय भन्दा बढी विद्यार्थी अध्यापनरत छन् ।

Subcategories