News

मंसीर २३, सौराहा । 
रत्ननगर । चितवन अन्तरपालिका दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि माडी नगरपालिकाले जितेको छ । घरेलु मैदानमा रत्ननगर नगरपालिकालाई १–० गोल अन्तरले पराजित गरी माडीले उपाधि रक्षा गरेको हो । माडीलाई उपाधि जिताउन सो नगरपालिकाको खेलाडी रितेश क्षेत्रीले निर्णायक एक गोल गरेका थिए । गतबर्ष भएको प्रथम मेयर कपमा रत्ननगरसंग फाइनलमा पराजित भएको माडीले शनिबार सम्पन्न दोस्रो मेयर कपको उपाधि जित्न सफल भएको हो । उपाधि जित्न सफल माडीले १ लाख ५१ हजार १११ सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने प्रतियोगितामा उपविजेता बनेको आयोजक रत्ननगरले १ लाख १ हजार १११ रूयैया सहित शिल्ड र मेडल प्राप्त गरेको छ । फाइनल खेलमा म्यान अफ दी म्याच माडीमा रितेश क्षेत्र भएका छन् भने प्रतियोगिता भरीकै उत्कृष्ट खेलाडी रत्ननगरका तेजेन्द्र चौधरी घोषित भएका छन् । प्रतियोगितामा विजेता र उपविजेता टिमलाई रत्ननगरका मेयर प्रलाद सापकोटा, माडी नगरपालिकाकी मेयर ताराकाजी महतो, रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले पुरस्कार हस्तान्तरण गरेका थिए । सो अबसरमा रत्ननगरका मेयर सापकोटाले अर्कोबर्ष हुने तेस्रो मेयर कप प्रदेश स्तरीय गर्ने घोषणा गरे । बागमती प्रदेशका अन्य नगरपालिकाका समेत समावेश गरी प्रदेश स्तरीय प्रतियोगिता गरिने उनको भनाई छ । समापन कार्यक्रममा माडी नगरपालिकाकी मेयर महतोले मेयर कप फुटबल प्रतियोगितामा जिल्लाका पालिकाहरु बीच अन्तर सम्बन्ध स्थापित गरेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले खेलकुदको माध्यमबाट पालिकाबीचको सम्बन्ध र सहकार्य बढाउन प्रतियोगिता आयोजना गरिएको बताए । रत्ननगर नगरपालिकाले टाँडी स्थित नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा चितवनका सात वटै पालिकाले सहभागिता जनाएको खेलकुद विकास समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए । समितिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रम शिक्षा अधिकृत राजेन्द्र बरालले सञ्चालन गरेका थिए ।

मंसीर २३, सौराहा । तस्विर कोमल चन्द्र भगत । चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल बार एशोशियनको दुई दिने मानव अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन आइतबार बाट सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन देशभरबाट एक हजार २०० बढी कानुन व्यवसायी सौराहा आएका छन् ।

आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि सम्मेलनको उद्देश्यका बारेमा जानकारी गराएको हो । बार एशोशियनको केन्द्रीय कार्यकारिणी परिषद्को ४९ औं बैठक अन्तर्गत मंसिर २४ र २५ गते गरि दुई दिने मानव अधिकार सम्बन्धी सम्मेलन आयोजना गरिएको नेपाल बार एशोशियन चितवनका अध्यक्ष खगराज कँडेलले जानकारी दिए ।

सौराहाको होटल सेभेन स्टारमा हुने मानव अधिकार सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएका मानव अधिकार उलंघनका घटनाका विषयमा बृहत छलफल र बहस गरिने भएको एशोशियनका केन्द्रिय अध्यक्ष बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

रुस तथा ईजरालमा भएको मावन अधिकार हननका घटना बारे छलफल, बहस केन्द्रित भई चितवन सौराहा घोषणपत्र जारी गरिने घिमिरेले बताए । ईजरायलमा भएको घटनामा मारिएका १० नेपाली विद्यार्थी र बेपत्ता भएका विपीन जोशीको अबस्था सार्वजनिक गर्न सरकारलाई आग्रह समेत गरिने घिमिरेले बताए ।

सम्मेलनमा विश्वभरी घटेका घटना र नेपालमा मानव अधिकारको अबस्था र सरकारको कार्यशैली र उसको दायित्वको विषयमा छलफल हुने छ । टिकटक बन्द गर्ने सरकारको कदमले प्रेस स्वतन्त्रता माथीको हस्तक्षेप भएको ठहर गर्दै बारले यसको विषयमा समेत संस्थागत रुपमा धारणा सार्वजनिक गर्ने छ ।

दुईदिनसम्म चल्ने कार्यक्रममा केन्द्रीय कार्यकारिणी परिषद्को ४९ औं बैठकको कानुन मन्त्री धनराज गुरुङ र मानव अधिकार गोष्ठीको सर्वोच्च अदालतका न्यायधिश डा। आनन्दमोहन भट्टराईले उद्धघाटन गर्ने कार्यक्रम रहेको महासचिव अजिता खनालले जानकारी दिइन। दुई दिने कार्यक्रममा देशभरीका एक हजार ५०० बढी कानुन व्यवसायी सहभागी हुने नेपाल बार एशोशियनले जनाएको छ ।

त्यसैगरी २५ गतेको कार्यकारिणी परषिद्को बैठकमा देशभरीबाट आउने कानून व्यवसायीहरुले देशको वंतमान संवैधानकि व्यवस्था, संविधानको कार्यान्वयनको अवस्था चुनौती र सुधारको क्षेत्र, विधिको शासनको समिक्षा र सुझावहरुकासाथै मुख्यरुपमा न्याय कानूनका क्षेत्रमा रहेको कमी कमजोरी र सुधारका विषयमा व्यापक र घनभुित छलफल भई ठोस निष्कर्ष सहितका निर्णयहरु गरिने नेपाल बार एशोशियनका उपाध्यक्ष हर्कबहादुर रावलले जानकारी दिए ।

मंसीर २३, रत्ननगर । 

चिवनको कालिका नगरपालिकाका जनप्रतिनिधि सहितका कर्मचारीहरुले रु। ६ लाख ६४ हजार १ सय १३ रुपैंया सहयोग गर्ने भएका छन् ।

नगरपालिकाका जनप्रतिनिधिको रु। १ लाख २७ हजार, नगरपालिका तर्फका कर्मचारीबाट रु। १ लाख २ हजार ६ सय ७९, स्वास्थ्य तर्फका कर्मचारीबाट रु।८० हजार ८ सय २३ र शिक्षा तर्फका शिक्षकबाट रु ३ लाख ५३ हजार ६ सय १० रुपैँया गरी रु। ६ लाख ६४ हजार १ सय १३ रुपैंया जाजरकोट भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

भूकम्प पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा रु। ६ लाख ६४ हजार १ सय १३ रुपैंया व्यक्तिगत रुपमा रकम संकलन गरी जम्मा गरिएको नगरपालिकाका लेखा शाखा प्रमुख ऋषि प्रसाद कडुवालले जानकारी दिए ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर कार्तिक १७ गते शुक्रबार राति ६।४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको थियो ।

Subcategories