News

मंसीर २६, चितवन । जिम्बाब्बेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तरर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समुहले सोमबार जनाएको छ । पशु कल्याणको लागि अन्तरर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्ति अनुसार हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो शुरु भएको छ । जसका कारण झण्डै ४५ हजार हात्तीको बास स्थान रहेको जिम्बाब्वेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय निकुञ्जमा दर्जनौं हात्तीहरू मरेका छन् । कम्तीमा पनि एक सय हात्तीहरू पानीकै अभावका कारण मृत्यु भएको कोषले उल्लेख गरेको छ । संस्थाको पार्कमा रहेका १०४ वटा सौर्य उर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको छ । खडेरीले गर्दा पानीका मुहान सुक्दै गएको र वन्यजन्तुलाई खाना र पानीको खोजीमा लामो दूरीसम्म हिँड्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

मंसीर २५, चितवन । करिब दुई दर्जन मानिसको ज्यान लिएको र समय समयमा पर्सा र चितवनमा वितण्डा मच्याउँदै आएको जगंली हात्ती ‘ध्रुवे’लाई रेडियोकलर जडान गरी दाह्रा काटिएको छ । चितवन राष्ट्रिय निकुञ्जले ध्रुवे हात्तीलाई सोमबार दिउँसो निकुञ्जको सुखिभार क्षेत्रको घासे मैदानमा डार्ट गरेर रेडियोकलर जडान गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले दिएको जानकारीअनुसार हात्तीको घाँटीमा रेडियोकलर जडान गरिएको छ । रेडियोकलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो हुने उनले बताए। अब हात्तीको अवस्थाबारे जानकारी लिन सहज हुने तिवारीले बताए । ‘रेडियो कलर जडान गरिसकेपछि हात्ती समुदाय प्रवेश गर्न लागेको खण्डमा जानकारी गराउन सहज हुने तिवारीको भनाइ छ । दाह्रा काटेसँगै हात्तीले आफुलाई कमजोर सोच्ने हुंदा क्षतिमा पनि कमी हुने वन्यजन्तु विज्ञ बताउंछन् । ध्रुवे हात्तीले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न खाइदिनुका साथै नष्ट गर्नेजस्ता उप्रदो गर्दै आएको तिवारीले बताए । ध्रुवेले विगतमा मानवीय क्षति समेत पुर्याएको थियो । यो हात्तीले अहिले सम्म २० जना भन्दा बढी मानिसको ज्यान लिइसकेको निकुञ्जको तथ्यांकमा छ ।


मंसीर २५, रत्ननगर । हंस बहुउद्देश्यी सहकारी संस्थाको २०औं बार्षिक साधारण सभा तथा १४औं बार्षिकोत्सव समारोहमा सोमबार रत्ननगर स्थित टाँडी सेवा केन्द्रमा गरिएको छ । साधारण सभा रत्ननगर नगपालिकाका उपमेयर यादव प्रसाद पाठकले उद्घाटन गरेका थिए । सो अबसरमा उनले उत्पादनशिल क्षेत्रमा लगानी गर्न सहकारीलाई आग्रह गरे । पैसा कमाउने उद्देश्य मात्र नराखी शेयर सदस्यको समस्यालाई प्राथमिकतामा राखेर लगानी गर्न उनले सुझाब दिए । साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा सो सहकारीले एक बर्षमा करिब तीन करोड रुपैया सञ्चालन मुनाफा गर्न सफल भएको जनाइएको छ । सो संस्थाले आर्थिक बर्ष २०७९÷८० मा २ करोड ९३ लाख २५ हजार रूपैया मुनाफा गर्न सफल भएको हो । आर्थिक प्रतिवेदनमा १२ करोड १ लाख ६९ हजार आम्दानी गरेकोमा ९ करोड ८ लाख ४४ हजार खर्च कटाएर २ करोड ९३ लाख २५ हजार रूपैया मुनाफा गर्न सफल भएको हो । भरतपुर महानगरको शहीदचोक मुख्य कार्यालय रहेको सो सहकारको चुक्ता पूँजि १० करोड २३ लाख ७८ हजार, जगेडा कोषमा ५ करोड ९२ लाख ५५ हजार, कुल सम्पती ८६ करोड ८८ लाख ७९ हजार रहेको छ । ६० करोड ८४ लाख २० हजार बचत संकलन गरेको सो सहकारीले ६२ करोड ७२ लाख २२ हजार ऋण लगानी तथा २१ लाख ६७ हजार शेयर लगानी गरेको संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए । २०५६ सालमा स्थापना भएको सो सहकारीमा ४ हजार ६२७ जना शेयर सदस्य रहेको छन् । सो सहकारीले जिल्लाका तीन ठाउँमा सेवा केन्द्र सञ्चालमा ल्याको छ । संस्थामा प्रबन्धक नारायणप्रसाद सापकोटाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गोविन्दप्रसाद पौडेलले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता ८ जना, असल ऋणि ३ जना र ज्येष्ठ शेयर सदस्य र वालबचतकर्ता १÷१ जनालाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष चुकेको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष कुलप्रसाद सापकोटा, शेयर सदस्यहरु किरण बुर्लाकोटी, सृजना श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । संस्थाकी सचिव शारदा शर्मा पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

Subcategories