News

 भरतपुर । विगत १५ वर्षदेखि जापानमा रहँदै आएका भरतपुर–४ का दयाराम कँडेलले प्रेस चौतारी चितवनको नवनिर्मित भवन निर्माणार्थ २५ हजार ६०० नगद सहयोग गरेका हुन् । केही दिनका लागि गृहनगर भरतपुर आएका कँडलले (नेकपा) एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, बागमती प्रदेश कमिटीका सदस्य कृष्णप्रसाद भुर्तेललगायतलको उपस्थितिमा प्रेस चौतारी चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीलाई सो रकम हस्तान्तरण गरेका थिए । आफू नेकपा एमालेसँग नजिक रहेको भन्दै उनले चौतारीको इतिहासमा देशभरकै पहिलो भवन बन्न लागेकोमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले आउँदा दिनमा सहयोग गर्र्दै जाने प्रतिबद्धता जनाए । सो अवसरमा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले सहयोगी दाता कँडेलप्रति धन्यवाद व्यक्त गर्दै राजनैतिक, सामाजिक जीवनको प्रगतिको कामना गरेका थिए ।


२, फागुन, चितवन ।
जन्मदिनको अवसरमा उद्योग बाणिज्य संघ चितवनका कार्यसमिति सदस्य उपेन्द्र पण्डितले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि पण्डितले २५ हजार रुपैयाँ सहयोग गरेका छन् । रतनपुर चितवन मिलन समाजका सहसचिवसमेत रहेका पण्डितले आफ्नो पुख्यौली जन्मथलो तनहुँको भानु नगरपालिका वडा नं। १२ रतनपुर अर्चलेमा रहेको श्री राष्ट्रिय जलदेवी आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमका बीचमा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तरण गरेका हुन् । पण्डितले विद्यालयमा पढ्ने ३८ जना बालबालिकालाई जन्मदिनको अवसरमा पोशाक, एक बर्षलाई पुग्ने कापी, कलम, मन्जन, ब्रस लगायतका सामाग्री हस्तान्तरण गरेका थिए ।
प्रेस चौतारीको देशकै पहिलो भवन प्रेस चौतारी चितवनमा निर्माण हुनु खुसीको कुरा भएको भन्दैं पण्डितले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास ब्यक्त गरे । उनले भवनका लागि आफूले ब्यक्तिगत रुपमा र अन्य साथीहरुबाट समेत सहयोग जुटाउन पहल गरेको भन्दैं पत्रकारहरुको संस्थागत विकासका लागि भवन महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे । पण्डितले जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा यस्तैं सामाजिक काममा सहयोग गर्न पाउँदा आनन्द लाग्ने बताए । प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गर्ने पण्डितलाई धन्यवाद दिँदै भवनले चाँडै नै पूर्णता पाउने बताए । उनले पण्डितले संगठन प्रति दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको बताए । समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । सो जग्गामा बन्दै गरेको भवनको लागत १ करोड ५० लाख छ । भवनको दोस्रो तला ढलान भैसकेको छ । भवनको फिनिसिङको काम भैरहेको छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए ।

माघ २९,रत्ननगर । सौराहामा जारी फुड फेष्टिबल अन्तर्गत सोमबार विद्यालय स्तरीय नृत्य प्रतियोगिता गरिएको छ । फेष्टिबलको आयोजक संस्था रेवान सौराहाले विद्यार्थीहरुमा अन्तरनिहीत क्षमताको पहिचानको लागि नृत्य प्रतियोगिता गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले बताए । प्रतियोगितमा एन्जर्ल्स वर्ल्ड आमावि प्रथम,शिक्षा विकास बोडिङ स्कुल द्धितीय र हिमालयन ईङ्लिस बोडिङ स्कुल तृतीय भएका थिए । प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकमा माला दाहाल, सुनिल रिमाल र सविना तामाङ रहेका थिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएका विद्यालयका टिमलाई रेवानका अध्यक्ष ध्रुव गिरी, कार्यक्रम संयोजक सुर्यबहादुर रिमालले पुरस्कार वितरण गरेका थिए । प्रणय दिबसको अबसरमा रेवान सौराहाले १८ औं संस्करणको फुड फेष्टिवल गरिएको हो । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको गिरीले बताए । खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाइएको छ । सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरि फेस्टिवलका गतिविधिलाई अगाडि बढाइएको छ । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको रेवानका महासचिव नविन नेपालले जानकारी दिए ।

 

Subcategories