News

फागुन ५, चितवन ।
चितवन,फागुन ६ । भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी आइतबार दीक्षित भएका छन् । भरतपुर महानगरपालिकामा ६ हप्ताको आभारभूत तालिममा सहभागी २८ जना नगर प्रहरीहरूलाई एक समारोहका बीच दीक्षित गरिएको महानगरले जनाएको छ । उनीहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, सशस्त्र प्रहरीका एसपी शशी पाण्डे, चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीलगायतले दीक्षित गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको गरिमालाई उच्च राख्दै अनुशासित, निपक्ष, इमान्दार र कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । भरतपुर महानगरपालिका हरेक क्षेत्रमा अब्बल रहेको र नगर प्रहरीले पनि देशकै उत्कृष्ट परिचित भएकाले नगर प्रहरीले शान्ति, सुरक्षा, फुटपात व्यवस्थापन गरी उदाहरीण काम गर्न शुभकामना दिनुभयो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले महानगरका हरेक गतिविधिमा नगर प्रहरीले सक्रियताका साथ भूमिका निर्वाह गरी सुन्दर, शान्त महानगर निर्माणमा सहयोग पुराउनुपर्ने बताउनुभयो । यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले महानगरका निर्णयलाई अक्षरस पालना गराउनु नगर प्रहरीको दायित्व भएकाले बिना कुनै त्रास काम गर्न अनुरोध गर्नुभयो । विस २०५२ सालमा ५ जना नगर प्रहरीको दरबन्दी लागु भएको महानगरपालिकामा क्रमशः दरबन्दी थप भई हाल संख्या ७३ जना पुगेको छ । गत पुस ६ गतेदेखि महानगरपालिकाको नगर प्रहरी प्रमुखको कमाण्ड कृष्णहरि ढकालले सम्हाल्नु भएको छ । नगर प्रहरीको संख्या थप भएसँगै महानगरका अवैध संरचना हटाउने, सार्वजनिक अतिक्रमणमा परेको जग्गा फिर्ता, महानगरको सौन्दर्यकरण लगायतका कामहरु अगाडि बढाउने महानगरको लक्ष्य रहेको छ । नगर प्रहरीको जिम्मेवारी महानगरपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वन गर्ने गराउने, सार्वजनिक सम्पतिको सुरक्षा, संरक्षण र अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयहरुको कार्यान्वन गराउने, बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्ने र विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने लगायतका छन् ।

फागुन ५, चितवन । सपोर्ट एण्ड केयर पुर्नस्थापना केन्द्र रत्ननगर चितवन र नेपाल नेत्रज्योति संघ, भरतपुर आंखा अस्पताल चितवनको संयुक्त अयोजनामा चितवनका विभिन्न ठाउंहरुमा ६ दिने निशुल्क आंखा परिक्षण शिविर हुने भएको छ । यहि फागुन १० गतेबाट शुरु हुने शिविरमा निशुल्क रुपमा मोतिया विन्दुको अपरेशन, आंखा जांच, चश्मा तथा निशुल्क औषधी वितरण गरिने छ । आयोजकले दिएको जानकारी अनुसार फागुन १० गते पदमपुर स्वास्थ्य चौकी कालिका नगरपालिका, ११ गते कठार स्वास्थ्य चौकी खैरहनी नगरपालिका, १२ गते भानु माध्यमिक विद्यालय भरतपुर महानगरपालिका २१ पहारीलोटार, फागुन १३ गते बछौली स्वास्थ्य चौकी रत्ननगर नगरपालिका, फागुन १४ गते आंखा उपचार केन्द्र भण्डारा, राप्ती नगरपालिका र फागुन १५ गते सपोर्ट एण्ड केयर पुर्नस्थापना केन्द्र रत्ननगर नगरपालिका कपरखोरीमा हुने भएको छ । आइफोरक्याम्प चितवनले सुचना जारी गरी मोतियाविन्दुको निशुल्क अप्रेशन सहितको आंखा शिविर हुने जानकारी दिएको छ ।


फागुन ४, सौराहा । तस्विर : अंकित भगत । चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको १८औं सौराहा फुड फेस्टिबल विहीबारराती सकिएको छ । प्रणय दिवसको अबसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाले फेस्टिबल आयोजना गरेको थियो । पाँच दिन सम्म सञ्चालन भएको सो फेस्टिबल पर्यटन प्रबर्द्बनका हिसाव सफल भएको रेवान सौराहाका अध्यक्ष ध्रुुव गिरीले जानकारी दिए । फेस्टिवलको करिब ३० हजार पर्यटकले अबलोकन गरेका छन् ।

चार दिन प्रवेश शुल्क निस्शुल्क गरेको रेवानले प्रणय दिवसको दिन फागुन २ गते मात्र प्रवेश शुल्क लिएको थियो । सो दिन १२ हजार बढीले फेस्टिबल अबलोकन गरेको अध्यक्ष गिरीले बताए । सौराहाका व्यवसायीले मुनाफा आर्जन गर्नु भन्दा पनि सौराहामा पर्यटक भित्र्याउन हरेक बर्ष फेस्टिबल गर्दै आएका छन् । एक दिन लगाइएको प्रवेश शुल्क बापत भएको आम्दानी सौराहाको सौन्दर्यकणका लागि खर्च गर्ने योजना रहेको अध्यक्ष गिरीले बताए । फेस्टिबल अन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रम, स्वादिष्ट खानाका परिकार र विभिन्न प्रतियोगिता गरिएको कार्यक्रम संयोजक सुर्यबहादुर रिमालले बताए । समापन कार्यक्रममा वेटर रेस, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता र म्युजिकल चियर प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार तथा फेस्टिबल सफल बनाउन सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । सोही कार्यक्रममा रक्तक्यान्सरबाट पीडित व्यवसायी राजन तामाङकी धर्मपत्नीको उपचारको लागि रेवान सौराहाले १५ हजार र सपना भिलेज सोसल इम्प्याक्टले १५ हजार आर्थिक सहयोग गरेका थिए ।

त्यसैगरी फेस्टिबलमा रहेका होटल तथा रेष्टुरेन्टका स्टलहरु मध्ये तीन वटालाई उत्कृष्ट छनौट गरिएको छ । छनौट प्रतियोगितामा होटल आईकावा प्रथम, केसी रेष्टुरेन्ट द्धितीय र होली लज तृतीय हुँदै नगद पुरस्कार प्राप्त गरेका छन् । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको हो । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको रेवानका महासचिव नविन नेपालले जानकारी दिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।

 

Subcategories