News

असोज ११, चितवन । पवित्रा ढकाल / कोमलचन्द्र भगत ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ चितवनमा खेलकुद तथा बृहत व्यापारिक महोत्सव २०८२ को आयोजना हुने भएको छ । आगामी कात्तिक १८ देखि मंसिर २ गतेसम्म प्रर्दशनी मैदान, नारायणी नदि किनारमा आयोजना गरिने महोत्सवको तयारी तिव्र पारीएको चितवन खेलकुद विकास समितिले आज (शनिबार ) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । प्राकृतिक, धार्मिक, शैक्षिक एवं स्वास्थ्यको क्षेत्रमा अगाडि रहेको चितवनलाई खेलकुदको क्षेत्रमा पनि अगाडि बढाउन यस महोत्सवले टेवा पुग्ने खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिनुयो । नेपालमा खेलकुदको महत्व र क्रेजबढिरहेको अवस्थामा चितवनका खेलाडिहरुलाई चिनाउदै समस्त चितवनको खेलकुद विकाशका लागी खेलकुद तथा बृहत्त व्यापारिक महोत्सव २०८२ आयोजना गर्न लागेको अध्यक्ष कार्कीले बताउनु भयो । महोत्सव अवधिभर प्रत्येकदिन विभिन्न खेलहरु सञ्चालन गर्ने, साँस्कृतिक कार्यक्रम मार्फत सबैलाई मनोरञ्जन दिने र व्यवसायीक स्टलहरु मार्फत व्यवसायीक गतिविधिहरु सञ्चालन गर्ने उद्देश्य रहेको अध्यक्ष कार्कीको भनाइ छ । महोत्सवको उद्घाटन गर्नु अघि विभिन्न जातजातीका भेषभुषा सहित ऱ्याली तथा झाँकीको प्रदर्शनी रहनेछ । उत्कृष्ट झाक्री प्रर्दशन गर्ने टिमलाई क्रमश ३० हजार, २० हजार र १० हजार बाट पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सम्मान एंवम प्रोत्सान गरिने छ । हरेक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जानकारी दिएको छ । त्यस्तै महोत्सवमा स्थानीय खानाको परिकारहरु स्वाद चाख्न पाइने छ । महोत्सवको मुख्य आकर्षण दुवई सिटी, बुर्ज खलिफा, वुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रियचर र पेरिसको आइफिल टावरको प्रतिमालाई आकर्षक बिजुली बत्तीद्वारा सजावट गरी प्रदर्शन गरिनेछ । महोत्सव परिसर भित्र प्रवेश गरिसके पश्चात माथी उल्लेखित स्थान अवलोकन गर्दा कुनै शुल्क लाग्ने छैन । महोत्सवमा बाल उद्यानका सामाग्री र मुभिङ्ग ट्रेन पनि समावेश गरिएको छ। महोत्सवको मुख्य आकर्षणको लागि ३० देखि ४० वटा पगोडा स्टलहरु रहने छ । महोत्सवमा ३ लाख भन्दा बढी पर्यटक भित्राउने लक्ष्य लिएको छ । महोत्सव अवधिभर हरेक साँझ ६ः३० बजेपछि फुड फेष्टिबल र विशेष सांस्कृतिक कार्यक्रम गरिनेछ । स्टलको दररेट रु.२५,०००। तोकिएको छ । खेल संघले स्टल राख्न चाहेमा विशेष छुटको व्यवस्था गरिएको छ । महोत्सव प्रवेशका लागि प्रति टिकट १०० रुपैंया कायम गरिएको छ भने विद्यार्थीका लागि रु. ७० तोकिएको छ । अपाङ्ग र जेष्ठ नागरिकलाई निशुल्क प्रवेश दिइने जानकारी दिएको छ । कार्यक्रममा करिब (एक करोड पचास लाख ) खर्च हुने अनुमान गरिएको छ ।

महोत्सवको प्रायोजक, टिकट बिक्रि र स्टलबाट आम्दानी गरीने जानकारी दिएको छ । कार्यक्रमको आम्दानी खर्च कटाई बचत हुन आएमा चितवन जिल्लाको खेल क्षेत्र विकास र प्रर्वधनका लागी खर्च गरिनेछ । त्यस्तै महोत्सव अवधिभरी बिच भलिबल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाताक्रो, एथलेटिक्स, बुद्धिचाल लगायत अन्य खेलको सम्भाव्यता हेरेर खर्च गरिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

 

७ असोज, चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परेर दुई जना पत्रकार घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोको समाचार संकलन का लागि मुग्लिङ पहिरो स्थलबाट लाइभ रिपोर्टिङ गर्न जाँदै गर्दा फर्किँदै गर्दा मंगलबार साँझ ६ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा नेपाल टेलिभिजनका चितवन संवाददाता अनिल ढकाल र पत्रकार महासंघ चितवनका सदस्य सुदन पौडेल घाइते भएका हुन् । घाइतेमध्ये पत्रकार ढकालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार पत्रकार ढकालको टाउकोमा चोट लागेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

५ असोज, चितवन। काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् । काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् । मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।

Subcategories