News

चैत १५, काठमाण्डौं । शुक्रबार भएको राजसंस्था पक्षधरहरूको आन्दोलनका क्रममा आगलागीमा परेको घरबाट लाइभ गरिरहेका एक पत्रकारको निधन भएको छ। एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको आगलागीमा परेर निधन भएको प्रहरीले जानकारी दिएको छ। उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौँको सिडियो ऋषिराम तिवारीलाई पटकपटक फोन गरेको तर उनीहरूले कुनै जिम्मेवार जवाफ नदिएको बुझिएको छ। काठमाडौँका सिडियो तिवारीले पटकपटक राजकर्णिकारले फोन गर्दा पनि फोन रिसिभ नगरेको स्रोतले जानकारी दिएको छ। रजक उक्त आगलागीमा नपरेको जवाफ सुरक्षाका अधिकारीले दिएका दिए। तर, अहिले गृह स्रोतले नै घटनामा परी जलेका व्यक्ति एभिन्युजका भिडियो पत्रकार रहेको पुष्टि गरेको छ। राजसंस्था पक्षधरहरूको आन्दोलनमा परी कीर्तिपुरका सविन महर्जनको पनि गोली लागेर निधन भएको छ।

 

अध्यक्ष : पवित्रा ढकाल

प्रबन्धक : कोमलचन्द्र भगत

सम्पादक : सविना लामिछाने

व्यवस्थापक : सचिन भट्राई

ग्राफिक्स डिजाइनर : अंकित भगत

सुचनाप्रविधि सल्लाहकार :
दिपेन्द्र भगत
अविनाश भगत

छायांकार :
शिव सुनार
खड्ग सुनार

कार्यालय भरतपुर ९ बिहानीटोल चितवन
फोन नं. ०५६ ४२०२४९


चैत १०, चितवन ।
अटो मेकानिकल्स व्यवसायी महासंघको १५ औं साधारण सभा तथा छैठौं महाधिवेशन चितवनमा सम्पन्न भएको छ। 
महाधिवेशनले गोपाल भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। नव निर्वाचित अध्यक्ष भट्टराई चितवनका पुराना अटो व्यवसायी हुन्। भट्टराईले अहिले बनेको कार्य समिति समावेशी भएको बताउँदै संस्थाको उद्देश्य र साथीहरूको भावना अनुसार विगतका राम्रा कामलाई आत्मसात् गर्दै अगाडि बढ्ने बताए। चितवनमा अटो ल्याण्ड निर्माणमा जोड दिने बताउँदै उनले आफ्नो ३ वर्षको कार्यकालमा इतिहास कोर्ने प्रतिबद्धता जनाए। अटो क्षेत्रमा सम्भावना रहेको जानकारी दिँदै नव निर्वाचित अध्यक्ष भट्टराईले संस्थालाई साथीहरूको साथ सहयोगमा नयाँ ढंगले अगाडि बढाउने कुरामा जोड दिए।नयां बनेको कार्य समितिमा  बरिष्ठ उपाध्यक्ष कुल बहादुर नेपाली, उपाध्यक्षमा ज्योति भण्डारी, टिकादत्त अधिकारी, ज्ञान बहादुर फौदार क्षेत्री, मातृका सापकोटा रहेका छन्।

यसैगरी, महासचिवमा इन्द्र त्रिपाठी, कोषाध्यक्षमा बाबुराम आचार्य र सचिवमा तुल्सीराम न्यौपाने रहेका छन्। त्यसैगरी सदस्यहरूमा पुजा गैरे, मिनराज भुसाल, बाबुलाल पाण्डे, रत्नराम बन्जारा, दिलीप पाठक, सन्तोष कुमार मिश्र, सानुमान जलारी, अमृत सिंह वाइवा, रामबहादुर लोहोनी र रबिन रेग्मी रहेका छन्। साधारण सभा तथा अधिवेशनको चितवन अटो मेकानिकल व्यवसायी संघका संस्थापक अध्यक्ष झलक बहादुर श्रेष्ठले उद्घाटन गर्दै अटो क्षेत्रको विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए। उनले अटो ल्याण्ड निर्माणमा जोड दिनुपर्ने बताउँदै अटो व्यवसायीले सर्वसुलभ, गुणस्तरीय सेवा र सुविधा दिन आवश्यक रहने सुझाव दिए। नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष जनार्दन गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। अधिवेशनमा निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत सालिकराम बन्जाडे, सदस्य दामोदर खनाल र यम प्रसाद भुसालको टिमले निर्वाचन कार्य सम्पन्न गर्नुका साथै नव निर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए।



Subcategories