News

चितवन, चैत २९ । तस्विर अंकित भगत, 

युवा उद्यमी मञ्च चितवनले शुक्रबारदेखि चितवनको नारायणगढ स्थित क्याम्पा चौरमा ‘मेड इन नेपाल एक्स्पो’ तथा ‘फुड फेस्टिभल’ सुरु गरेको छ । नेपालमा उत्पादित सामग्रीलाई बजार प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलाको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताउनुभयो । स्थानीयस्तरमा हुने मेला महोत्सवले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने हुँदा रोजगारीको अवसर सृजना गर्न सहज हुने उहाँको भनाइ थियो । सो अवसरमा मेड इन भरतपुरको लोगो समेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष कुशलसुन्दर श्रेष्ठ, भरतपुर महानगरपालिका–१ का वडाअध्यक्ष केशव महर्जन, उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजन गौतम, उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, चेम्बर अर्फ कमर्सका उपाध्यक्ष रुविन रामुदामु, युवा उद्यमी निकोलस पाण्डे, निशान पौडेल लगायतले स्वदेशी उत्पादनको सम्मान गर्ने र नेपाली स्वाभिमान कायम गर्न सकेमा यहाँ उत्पादित सामानले बजार पाउन सहज हुने बताउनुभयो । वैशाख २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा सञ्चालन हुने मेलाले नेपाली उत्पादनको पहिचान, गुणस्तर र प्रभावलाई आमजनमानसमा प्रभाव दिने विश्वास लिइएको छ । मेला हरेक दिन बिहान १०ः०० देखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ । साँझ ५ः०० देखि ९ः०० बजेसम्म ‘ग्राण्ड फुड फेस्टिभल’ हुने छ । एक्स्पोमा एक सय १० भन्दा बढी स्टल छन् । नेपाल युवा उद्यमी मञ्चले सन् २००६ देखि सुरु गरेको मेला यस वर्ष सातौँ संस्करण हो ।

 

प्रकाश सिग्देल ।

वाल्टिमोर ,२१ चैत्र, 

 

अमेरिकाको मेरिल्याण्ड राज्यका राज्य विधायक सदस्य डा।ह्यारी भण्डारीका भाई कोशिशले यस पटक चुनाब जित्ते कोशिस गरिरहेका छन् । अमेरिकाको मेरिल्याण्डको वाल्टिमोरमा रहेको नेपाली सामाजिक संस्था वानाको निर्वाचन नजिकिए संगै उमेदवारहरुको घरदैलो र चुनाबी अभियान आक्रामक रुपमा अगाढी बढेको छ ।आफुले वालेन शैलिमा चुनावी अभियानलाई ब्यापकता बनाएको कोशिशले बताए । कोशिशले स्वतन्त्र रुपमा आफनो नेत्रित्वमा टिमनै खडा गरेर संस्थापनका उमेदवारहरुलाई चुनौति दिदै चुवाब जित्ने लक्ष्य नजिक पुगेको दावी गरेका छन् । यहि ६ तारिकमा वानाको निर्वाचन हुदै छ । भण्डारीको टिम र अरु २ टिम गरी गरी तिन छुट्टा छुट्टै टिम अहिले निर्वाचनमा होमिएको छ ।

तिनवटै समुहले आ आफुले चुवाव जित्ने दावि सहित यतिखेर मतदाताको घरघरमा भोट माग्न पुगिरहेका छन् । करिव ४ हजार ८ सय मतदाता रहेको वाना नेपालीहरुको निकै ठुलो संस्थाका रुपमा स्थापित भएको छ । समग्र मेरिल्याण्डका नेपालीहरुलाई समेट्ने गरी बृहत वानाको अवधारण बनाएर आफु समकालिन , मध्यकालिन र दिर्घकालिन योजना सहित टिमनै खडा गरी निर्वाचनमा होमिएको भण्डारीको दावी छ । उनले बिज्ञ र युवा टिम बनाएर अहिले मतदाताका घरघरमा भोट माग्न पुगिरहेका छन् । मतदाताकोमा पुग्दा निकै उत्साहर हौसला पाएको भण्डारीको दाबी छ । भण्डारी सफ्ट्वयर ईन्जिनियर हुन् । उनिसंग दाजू ह्यारीको टिममा बसेर सामाजिक काम गरेको राम्रो अनुभव पनि रहेको र उनले वानाको नेत्रित्व गर्न पाए भने उदाहरणिय र सफल काम गरेर देखाउन सक्ने उनका सारथीहरुको दाबी छ ।

उनकै टिमकी वरिष्ठ उपाध्यक्षको उमेदवार डा। एकता कोईरालाले आफुहरुमाथी मतदाताको बिस्वास निकै बढेको र आफुहरुले चिुनाव जित्ने दाबी गरेकी छन् ।

टिम कोशिशमा उपाध्यक्षमा गणेश भट्राई,महासचिवमा तारा खरेल न्यौपाने, सचिवमा जनक पुन मगर, कोषाध्यक्षमा राजेन्द्र रेग्मी, बोड अफ डाईरेक्टमा अर्जुन क्षेत्री, डम्मर वस्नेत,डा कृष्ण विष्ट , निर्णय प्रधान र राजिव क्षेत्री उम्मेदवार रहेका छन् ।

ईस्वि संवत २००५ मा स्थापना भएको सामाजिक संस्था वानाले नेपाली समाजको हित र विकासका लागी धेरै कामहरु गरेको छ । संस्थाले आफनै भवनबाट नेपाली समाजलाई सेवा गरिरहेको छ । ४ हजार ८०० बढि सदस्य संस्थामा आवद्द रहेका छन् ।

वानाको विकासमा सांसद डा। ह्यारी भण्डारीको ठुलो योगदान रहेको अगुवाहरु बताउछन् । ३ बर्षको कार्यकाल हुने वानामा तीनै बर्षमा गर्ने आफ्नो कार्य एजेन्डा तयार गरेको देखिन्छ ।

भण्डारीले पहिलो वर्षमा बिद्याथी सहायता केन्द्र स्थापना, सरकारी समन्वय लाईप्रभावकारी, आर्थीक पारदर्शीता,समग्र मेरिल्याण्डमा रहेका नेपालीका संघ संस्था संग सहकार्य, विकेन्द्रिकृत वाना अवधारण बनाएका छन् । त्यस्तै दोस्रो वर्षमा काठमाण्डौको विमान स्थलमा मेरिल्याण्डसुचना डेक्स स्थापना,वानामा नेपाली पुस्तकालय स्थापना, व्यवस्थित सदस्यता प्रणली लागुगर्ने बताएका छन् । त्यस्तै तेस्रो वर्षमा वाना सामुदायीक केन्द्रको स्तरोन्नती र विस्तार, नेपाली सांस्कृतिक संग्राहलय निमार्ण लगाएतका योजना बनाएका छन् ।

आफ्नो नेत्रित्वको टिम वानामा निर्वाचित हुनासाथ नेपालीको रोजाईमा वाना, विश्वबिद्यालयमा वाना,नव आगन्नतुकका लागी वाना, संस्कार संकृतिको संरक्षणमा वाना,नया पुस्ताका लागी वाना,खेल र युवा संग वाना र बा आमा संग वाना कार्यक्रम लागु गर्ने पनि उनले बताए । यी सबै कार्यक्रममले समग्र लाई समेट्ने उनको दावी छ । निकै उत्साहका साथ कोशिस गरेका कोशिश ले आफनो कोशिस सफल हुने दावी गरेका छन् । टिमनै निर्वाचित हुने उनको दावी छ ।

 

चितवन,चैत १७ ।

चितवनमा महिला मोटर र्‍यालीको आयोजना हुने भएको छ। बागमती प्रदेश अटोमोवाइल्स एसोसिएसनको आयोजनामा हुने र्‍याली महिला सशक्तिकरण, ड्राइभ टुरिजम र साहसिक खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। प्रतियोगिता आगामी चैत्र २५ गते हुने आयोजकले जानकारी दिएको छ । आइतवार चितवनको सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिएको हो । ¥यालीमा देशभरका इच्छुक महिला चालकहरूले भाग लिन सक्नेछन्। र्‍याली भरतपुर–मेघौली–गोलाघाट–जगतपुर–पटिहानी–सौराहा मार्ग हुँदै सञ्चालन गरिनेछ। प्रतियोगिताका सहभागीले तोकिएको गतिको पालना गर्दै तोकिएका चेकपोइन्ट पार गर्नुपर्नेछ। प्रतियोगिताको प्रारम्भ चितवन उद्योग वाणिज्य संघ भरतपुरबाट गरि सौराहामा हुने जानकारी दिइएको छ। प्रतियोगितामा ३० वटा गाडी र ६० जना महिला चालक सहभागी हुनेछन्। सहभागी हुन इच्छुक महिला चालकहरूले अनलाइन फारम भरी नाम दर्ता गर्न सक्नेछन्, तर त्यसका लागि नासा नेपालबाट जारी स्पोर्ट्स लाइसेन्स लिनुपर्नेछ। प्रतियोगिताका विजेताहरूलाई शिल्ड, प्रमाणपत्र प्रदान गरिनेछ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने २ जना महिला चालकलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिनेछ। प्रतियोगितामा ड्राइभर, नेभिगेटर, मार्शल, मेकानिक, मेडिकल टोली र अन्य गरी १०० जनाको सहभागिता रहनेछ। यस प्रतियोगिताको लागि प्रत्येक सहभागीले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने जनाइएको छ। चितवन बाहिरबाट आउने सहभागीहरूका लागि एक रातको आवास व्यवस्था गरिनेछ भने सहभागीहरूलाई खेलकुद बीमा, रेसिङ तथा रोड सेफ्टी सम्बन्धी प्रशिक्षण गरिनेछ।

प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले गर्नेछिन् । करिब ११ लाख ६० हजार रुपैयाँ बजेट अनुमान गरिएको यस कार्यक्रमको व्यवस्थापन स्थानीय उद्यमी, व्यवसायी तथा दर्ता शुल्कबाट गरिनेछ। भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोबाइल्स डिलर एसोसिएसन, बागमती खेलकुद विकास परिषद, राष्ट्रिय खेलकुद परिषद र रेवान सौराहा यस प्रतियोगितामा सहयोगी संस्था रहनेछन्। प्रतियोगिताको प्रत्यक्ष प्रसारण टेलिभिजन मार्फत गरिनेछ भने नेपाल अटोमोबाइल्स एसोसिएसनका अन्तर्राष्ट्रिय प्रशिक्षित मार्शलहरू निर्णायकको रूपमा रहनेछन्। यस र्‍यालीले महिला सशक्तिकरण, साहसिक खेलकुद प्रवर्द्धन तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने विश्वास आयोजकले व्यक्त गरेको छ।

Subcategories