फागुन १९, चितवन । यहाँको राष्ट्रिय पन्क्षी रोग अन्वेषण प्रयोगशालाले चितवन सहित १६ जिल्लाबाट संकलित नमुना परिक्षण गर्दा व्याक्टेरीया र भाइरसको समस्या वढी देखिएको छ । जैविक सुरक्षाको अभावमा यी संक्रमण देखिएका हुन । प्रयोगशालाले साउन यता ६ महिनामा १ हजार २८५ किसानको २ हजार १७५ कुखुराको पोष्टमार्टम गरी रोगको परिक्षण गरेको थियो । कार्यालयका प्रमुख बिजय कुमार श्रेष्ठका अनुसार बातावरणमा हुने व्याक्टेरीयाका कारण इकोलाइ २९५ वटामा, गम्बारो भाइरस १६८ वटामा, सिआरडी व्याक्टेरीया १५४ वटामा, ढुसी ९माइक्रोटक्सीन० ११२ वटामा, साल्मोनेला व्याक्टेरीया ७२ वटामा देखिएको छ । यस्तै एसआईटिस ९पेटमा पानी जम्ने० ५९ वटामा, सिसिआरडी व्याक्टेरीया ४१ वटामा, फाउल कलेरा ९कुखुराको हैजा० २५ वटामा, कक्सी डियोसीस ९रातो छेर्ने०१९ वटामा, जुका १४ वटामा र रानीखेत ८ वटामा देखिएको थियो । यही अबधिमा चार वटा खोरका ब्रोइलर कुखुरामा एच ९ देखिएको थियो । यी रोगका कारण शतप्रतिशत सम्म मृत्यु हुने भएकाले जैबिक सुरक्षा अपनाउनु पर्ने उहाँको भनाई छ । रानी खेत, बर्डफ्लु जस्ता कारण शतप्रतिशत कुखुरा मर्ने गर्दछन् । गम्बारो २० प्रतिशत, एच ९ ले ५० प्रतिशत कुखुरा मर्ने भन्दै उहाँले समयमानै सतर्कता अपनाउन कृषकहरुलाई सुझाब दिएको बताउनुभयो । फार्ममा दाना, पानी, औषधि, भूष लगाएतका सामाग्री लैजाँदा र अण्डा बाहीर पठाउँदा जैबीक सुरक्षालाई कडाईका साथ अवलम्बन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बजारमा निः संक्रमण गर्ने औषधि पाईने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निः संक्रमण गर्नुपर्ने हुन्छ । मौषम परिवर्तनको समय भएकाले बर्डफ्लुको समेत उच्च जोखिम हुने हुँदा देशै भरका कुखुरा पालक कृषकले ध्यान दिनु पर्ने श्रेष्ठको भनाई छ । यस कार्यालयले देशैभरीका पंक्षीका नमुना लिएर परिक्षण गर्ने गर्दछ । यस वर्षको पुस सम्ममा बागमती, गण्डकी र लुम्बीनी प्रदेशका १६ जिल्लामा पालिएका पंक्षीहरुको नमुना परिक्षण गरिएको उहाँले जानकारी दिनुभयो । धेरै कुखुरा चितवनमा पालिएको र कार्यालय यही भएकाले बढी नमुना चितवनका रहेका छन् ।
