News

 

२४ फागुन, चितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते चितवनमा दुर्गा प्रसाईंले गरेको कार्यक्रममा थापालाई कालोमोसो दस्ताको केन्द्रीय संयोजक घोषणा गरिएको थियो । संयोजक बनेका थापाले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने घोषणा गरेका थिए । प्रसाईं चितवन आएका दिन उनको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरु परिचालन गरिएको थियो ।

थापाको अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्रमा एक प्रकारको त्रास सिर्जना भएकाले उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी कार्कीले बताए । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु जिल्ला प्रशासन कार्यालयमा डेलिगेससमेत गएका थिए । बैंकर्सहरुले थापाको धम्कीपूर्ण अभिव्यक्तिले सबैतिर प्रभाव पार्ने देखिएकाले पक्राउ गर्न दबाव दिएका थिए । उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ताको तयारी गरिएको छ ।

 

भरतपुर, २४ फागुन ।
बिहानैदेखि चितवनको मौसममा आंशिक बदली देखिएको छ । जिल्लाका सबै पालिकामा बिहानपख छिटफुट वर्षा भए पनि ठूलो पानी पर्न सकेको छैन । अहिले मुलुकका पहाडी भूभागमा वर्षा भइरहेको छ । आज बिहानैबाट काठमाडौंसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको हो । पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको हो । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै मौसम सफा नहुँदा आन्तरिक उडानसमेत प्रभावित बनेको छ ।

 

फागुन २१, भरतपुर । महानगरपालिका प्रमुख दाहालद्धारा भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पत्र वितरण
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आईतबार छुटपुट ५ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण–पत्र वितरण गर्नुभएको छ । जग्गाधनी प्रमाणपत्र पाउनेहरु राष्टिय भूमि आयोग चितवनले भरतपुर–२ आँपटारीमा १ सय ३३ जनालाई जग्गाधनी प्रमाणपत्र ९लालपुर्जा० वितरणका क्रममा छुटेको थियो । राष्टिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमलसिनाले श्रीमान वैदेशिक रोजगारीकामा बाहिरा भएकाले लालपुर्जा प्राप्तीको प्रकृया पुगेको थिएन ।
प्रकृया पुरा भएसँगै अहिले थप ५ जनालाई जग्गाधनी प्रमाणपत्र दिईएको बताउनुभयो ।
महानगरपालिकाले आँपटारीबाट भूमिहिन दलितलाई जग्गाधनी प्रमाणपत्र दिएर यो कार्यको थालनी गरेको थियो ।
लालपूर्जा वितरण कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले भूमिहिनलाई भूमिपति बनाउने अभियान जारी राखिएको बताउनुभयो ।
सबै प्रकृया मिलााएर केही समयपछि लालपुर्जा वितरण गर्ने गरी राष्टिय भूमि आयोग चितवनले काम अगाडि बढाई रहेको उल्लेख गर्नुभयो ।
आयोगका चितवन अध्यक्ष बद्री तिमलसिनाले चितवन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका कारण आचारसंहिताले लालपुर्जा वितरणको काम रोकिएको बताउनुभयो । अध्यक्ष तिमलसिनाले निर्वाचनपछि भरतपुर–११ को भूमिहिन दलित र सुकुम्बासी,सेतोपुर्जा भएर अद्यवधिक गर्न बाँकी रहेका, सेतो पुर्जामा एक किस्ता वा दुई किस्ता राजस्व बुझाएका र स्वम सेतो पुर्जा रहेका व्यक्तिलाई लालपुर्जा दिने तयारी भईरहेको जानकारी दिनुभयो । आयोगले चितवन जिल्लाभरि नै निस्सा दिने काम सम्पन्न भईसकेको पनि जानकारी दिनुभयो ।

Subcategories