News

फागुन १६, चितवन,
चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् । फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते चुनाव हुँदैछ ।

फागुन १६, चितवन,

चितवनको नारायणगढ पुलचोकमा रहेको नारायणी पुलबाट हामफालेका एक जना पुरूषको उद्धार भएको छ । सशस्त्र प्रहरी बलले नदिमा हामफालेका एक जना पुरूषको उद्धार गरेको सहायक डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। भरतपुर महानगरपालिका–३ नारायणी पुलबाट सोमबार बेलुकी खैरहनी नगरपालिका–९ बस्ने २० वर्षीय मनिष महतो नारायणी नदीमा हामफालेका थिए । हामफालेको खबर पाएपछि नारायणी किनारमा रहेको सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली (नेपाल इमिडियट रेस्पोन्स टिम)ले उनको सोमबार राति नै उद्धार गरेको थियो। उनलाई घटनास्थलभन्दा एक किलोमिटर तल नदीको बीचबाट उद्धार गरेको डिएसपी थापाले बताउनु भयो । उद्धारपछि उनलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको छ ।

 

फागुन १५, तनहुं । जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराबाट सफाइ पाएका कलाकार पूर्णविक्रम शाह (पल शाह) सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् ।् । बाल यौन दुरुपयोगको अभियोगमा पूर्वी नवलपरासी जिल्ला अदालतबाट दोषी ठहर भएका पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको हो । कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । कारागारबाट निस्कदै गर्दा शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै सबैलाई धन्यवाद दिए।’ परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए ।

 

 

 

 

 

 

Subcategories