News

चितवन, चैत २९। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भरतपुर महानगरपालिकामा बिहीबार भएको भेटवार्तामा आपसीहित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो । महानगरपालिका प्रमुख रेनु दाहालले मित्र राष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा नेपाली जनताको मन जित्ने गरी सहयोग पु¥याएकोमा राजदूत चेनलाई धन्यवाद व्यक्त गर्नुभयो ।
महानगरपालिका प्रमुख दाहालले महानगरीय मेट्र रेल, नेपाल चाईनामैत्री पार्क निर्माण चीनको सहयोगमा निर्माणको लागि प्रस्ताव गर्नुभएको छ ।
उहाँले भरतपुरको विकासमा चिनियाँ प्राविधिक समूह उपलब्ध गराई नमुना महानगर निर्माणको लागि आह्वान गर्नुभयो ।
भरतपुरको शिक्षा, स्वास्थ्य, पर्यटन र अन्य क्षेत्रमा चीनको आवश्यक स्रोत साधनको उपलब्धताले दीगो विकासमा सहयोग पुग्ने प्रमुख दाहालले बताउनुभयो ।
प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा चिनियाँ राजदूत चेनमार्फत चिनियाँ पर्यटकलाई निम्तो पनि दिनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत चेनले भरतपुरमा महानगरीय मेट्र रेल, नेपाल चीनमैत्री पार्र्क, शिक्षा, स्वास्थ्य लगायतका विषयमा छलफल गरी अगाडि बढ्न सकारात्मक रहेको उल्लेख गर्नुभयो । राजदूत चेनले भरतपुर भ्रमण वर्ष २०२४ मा चीनबाट बढीभन्दा बढी पर्यटक आउने वातावरण निर्माण गर्ने उल्लेख गर्नुभयो । राजदूत चेनले भरतपुरमा भईरहको तीब्र विकास निर्माणबारे आफु जानकार रहेको बताउदै प्रमुख दाहालको प्रशंसा पनि गर्नुभयो । ७ सदस्यीय टोलीसहित भरतपुर आईपग्नु भएको राजदूत चेनले भरतपुरको विकासको बारेमा स्थलगत अवलोकन गर्ने कार्यक्रम छ ।

चितवन, चैत २९

चितवनको भरतपुर महानगरपालिका २३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो । रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको हो । आगो निभाउन भरतपुर महानगरपालिकाका २ दमकल पुगेका छन् ।  क्षतिको विवरण आउन बांकी छ

 


–सुरेन कुँवर
। चितवनको भरतपुर महानगरपालिका २९ स्थित पहाडी क्षेत्र चौकीडाँडामा खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
चौकीडाँडा खानेपानी आयोजनाको आज ९बुधबार० भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।
आयोजनाको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुर २९ को सबै भन्दा ठूलो समस्याको रुपमा रहेको खानेपानीको समस्या सदाका लागि अन्त्य भएको बताउनुभयो । यो आयोजना सञ्चालनमा आएसँगै स्थानीयमा खुसीयाली छाएको समेत उहाँको भनाइ थियो ।
प्रमुख दाहालले यो खानेपानी आयोजनालाई जति सक्दो छिटो भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा समावेश गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । महानगरले ७ युनिट खानेपानी खपत गर्नेलाई निःशुल्क गर्ने सुविधा यो आयोजनालाई पनि समावेश गराईने उल्लेख गर्नुभयो ।
प्रमुख दाहालले पहिलो पटक भरतपुर महानगरपालिका प्रमुखमा निर्वाचित भएर भरतपुर–२९ मा आउने क्रममा यहाँका स्थानीयले सडकभन्दा पहिला खानेपानीको माग गरेकाले खानेपानीलाई प्राथामिकतामा राखेर काम गरेको स्मरण गर्नुभयो ।
यस अघि भरतपुर–२९ कै ढोडेनी लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आईसकेको छ ।
संघीय सरकार, प्रदेश सरकारको ५ करोड ९५ लाख तथा भरतपुर महानगरको १ करोड ७५ लाख तथा ६२ लाख २५ हजार बराबरको श्रमदान गरी ९ करोड ६ लाख ७५ हजार लागतमा उक्त खानेपानी आयोजना निर्माण भएको हो ।
उक्त आयोजनाबाट लामी डाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी,आरुबोटे, सती डाँडाँका ३ सय ५० घर लाभान्वित हुनेछन् । आयोजना अन्तरगत एउटा मुहान रहेको छ भने ८० लाख लिटरको कलेक्सन ट्याङकी छ । आयोजनाको थाम डाँडामा २ लाख लिटरको वितरण ट्याङ्की रहेको छ । करिब २५ किलोमिटर पाईप लाईन जडान भएको आयोजनामा डबल स्टेज पम्पिङ सिस्टम राखिएको छ ।
उद्घाटन कार्यक्रममा पूर्वमन्त्री घनश्याम दाहाल, वडा नम्बर २९ का वडा अध्यक्ष सुर्य बहादुर गुरुङ, पूर्व अध्यक्ष मान बहादुर मगर लगायतले मन्तव्य राख्नुभएको थियो ।

Subcategories