News

चितवन, वैशाख १२ ।

चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए ।

 

चितवन,वैशाख ११ ।

चितवन २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १, २, ३, ४,  ५ र ६ को गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३६०२ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले २०८२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १४९४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

११ वैशाख, चितवन । चितवन २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो । चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत उम्मेदवार छन् ।

Subcategories