News

मंसीर ३, चितवन । शैक्षिक भ्रमणका लागि इलामको कन्याम पुगेर फर्कदै गरेको विद्यार्थी सवार बस दुर्घटनामा परेको छ । धनुषाको जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको बस आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक बासुदेव खतिवडाका अनुसार ना ६ ख ८४२४ नम्बरको बस मेची राजमार्गबाट करिब तीन सय मिटर तल झरेको थियो । बेलुका साढे ५ बजे दुर्घटनामा परेको बसमाा ३७ जना सवार रहेका थिए । बसमा सवार मध्ये ३६ जनाको उद्दार गरी उपचारका लागि विर्तामोड पठाइएको छ । बसमा च्यापिएका थप एक जनाको उद्धार गर्ने प्रयास भइरहेको उनले बताए । ‘बसमा सवार ३६ जनाको उद्दार गरी उपचारका लागि पठाइएका मध्य केही सामान्य र केही गम्भीर घाइते रहेको उनले बताए ।

मंसीर ३, चितवन । तस्विर : अंकित भगत ।

छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको छ । तराई मिथिलाका क्षेत्रका साथै चितवनमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको छ । छठ पर्वका लागि चितवनको नारायणी नदि किनार, रत्ननगर, कालिका नगरपालिका लगाएतका जलासयमा भक्तजनको भीड लागेको छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञात वासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत बाट मनोकामना पूरा गराउने गर्छन् ।

मंसीर ३, चितवन ।  भव्य कार्यक्रम।
भारतकी प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीको जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय सद्भाव मञ्च र इन्डो नेपाल हार्मनी अर्गनाइजेसनले भारतको राजधानी नयाँ दिल्लीमा भारत नेपाल सांस्कृतिक समन्वय सम्मेलनको आयोजना गरेको छ । काठमाडौं नेपालको चितवनबाट आएका टंकनाथ पौडेललाई बोर्डका सल्लाहकार सदस्य विनोदकुमार अग्रवालले नेपालबाट आएका अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा सर्वोच्च अदालत नयाँ दिल्लीका विशेष अतिथि नेपाल सरकारका प्रथम उपराष्ट्रपतिका विशेष सल्लाहकार महावीर प्रसाद तोर्डीको उपस्थिति रहेको थियो । भारतका पूर्वनिर्वाचन आयुक्त डा जीबीजी कृष्णमूर्तिको जन्मजयन्तीमा बोर्डका सल्लाहकार सदस्यहरूलाई डा. जीजी रत्न पुरस्कारले सम्मान गरिएको थियो। टंकनाथ पौडेल र विनोद कुमार अग्रवाललाई नयाँ दिल्लीमा एक विशेष समारोहमा सम्मानित गरिएको थियो। १२ देखि ३१ डिसेम्बरसम्म काठमाडौंमा हुने २२ राष्ट्रको सम्मेलनमा टंकनाथ पौडेल र विनोदकुमार अग्रवालले अतिथीको रुपमा नेपाल आउन निम्तो गरेका थिए । काठमाडौंमा यही डिसेम्बर २८ देखि ३१ डिसेम्बरसम्म हुने २२ राष्ट्रको सम्मेलनमा टंकनाथ पौडेल र विनोदकुमार अग्रवालले प्रतिभालाई नेपाल, काठमाडौंमा आमन्त्रण गरेका थिए । कार्यक्रमको सञ्चालन अधिवक्ता कुलदीप प्रसाद शर्मा, तिलक बीचले गरेका थिए । समाजसेवी राजकुमार चौहानले अतिथिहरुलाई स्वागत गरेका थिए ।

Subcategories