News

कार्तिक २०, चितवन । नेकपा एकीकृत समाजवादीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा उद्धार, राहत लगाएतका सहयोगका लागि उपमहासचिव प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको छ । सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट अनुगमन र सहयोगका लागि ज्वालाको नेतृत्वमा अमर थापा, नन्दा चपाई, धन बहादुर बुढा लगाएतसहितको अनुगमन राहत तथा उद्धार कार्यदल गठन गरेको हो ।बैठकले पार्टीको कार्यकर्ताबाट आर्थिक संकलन गरि सरकारको केन्द्रीय राहत कोषमा २५ लाख जम्मा गर्ने निर्णय गरेको छ भने पार्टीका मन्त्रिहरु , सांसदहरु र जनप्रतिनिधि एवं राजनीतिक नियुक्तीमा गएकाहरुबाट १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकले माघको १४ देखि १८ गतेसम्म हुने पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ भने पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको टोलीको मंगलबारबाट सुरु हुने चीन भ्रमणले दुईदेशको सम्बन्ध थप प्रगाढ बढाउने विश्वास लिइएको खतिवडाले बताउनुभयो । त्यस्तै पार्टीको १५ दिने समाजवादी जागरण अभियानको समिक्षा गर्दै प्रभावकारी रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै अभियानलाई सफलतापूर्वक सम्पन्न गर्नेप्रति धन्यवाद प्रकट गरेको छ ।

कार्तिक २०, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा गर्न लागेको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित गरेको छ । पार्टी संयन्त्र भूकम्प पीडितको उद्धार र राहतमा संलग्न रहेकाले बैठक स्थगति गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कात्तिक २२ र २३ गतेका लागि मधेसमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने निर्णय पार्टीले गरेको थियो । अर्को बैठकमा छठ पछि बस्ने रास्वपाले जनाएको छ । ‘धेरै नेताहरु प्रभावित स्थानमा खटिनु भएको छ । राहत, उद्धार र औषधी व्यवस्थापनका लागि पार्टीका नेता कार्यकर्ता लागेकाले बैठक स्थगित गर्नुपरेको बुर्लाकोटीले बताए ।

कार्तिक २०, चितवन । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले स्थगित गरिएको जानकारी दिए । भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएका कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको चालिसेले बताए । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो । तर गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६।४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरी १५७ जनाको मृत्यु र सय भन्दा धेरै घाइते भएपछि राष्ट्रपतिलाई विदेश भ्रमण स्थगित गर्न सार्वजनिक रुपमा दबाब परेको थियो ।

Subcategories