News

मंसीर २, चितवन । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो । समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत हुनुहुन्छ । उपमहानिर्देशक ढकालले आइतबार चितवन आएर स्थलगतरूपमा काम सुरु गर्ने बताउनुभयो । घटनास्थलको अध्ययन र सरोकारवालासँग छलफल गरी घटनाबारे वस्तुस्थिति हेरिने उहाँले बताउनुभयो । आवश्यक प्रमाण सङ्कलन गरी भएका कमी–कमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गरिने छ । राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानविन गर्न समिति गठन गरिएको हो । गत बिहीबार गैँडा मृतावस्थामा भेटिएका थिए । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको वडेला खोला नजिकै छ र १८ वर्ष उमेरका पोथी गैँडा मारिएको अवस्थामा फेला पारिएका थिए । छ वर्षे गैँडा तीन दिन र १८ वर्षे गैँडा मारिएको १० दिन पछाडि फेला पारिएको अनुमान गरिएको छ । उक्त घटना सार्वजनिक भएसँगै सत्यतथ्य छानविनको माग गरिएको थियो । नेपाली कांग्रेस चितवनले विज्ञप्ति जारी गरी घटनाको छानविन गर्न माग गरेको थियो । संरक्षण क्षेत्रमा लागेका व्यक्तिले पनि चिन्ता व्यक्त गर्दै छानविनको माग गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा र नेपालभर सात सय ५२ गैँडा छन् ।


कार्तिक २५, रत्ननगर ।

पूर्वी चितवनको रत्ननगरमा शनिबार देखि प्रथम सयपत्री फूलमाला मेला सुरु भएको छ । तिहारको अबसरमा स्थानीय उत्पादनलाई प्रोत्सहान गर्न आयोजित मेलाको रत्ननगरका मेयर प्रलाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघको सयुक्त आयोजनामा सौराहाचोक र टाँडीचोकको बीचमा रहेको मिनी बसपार्कमा मेला सुरु भएको हो । किसानले उत्पादन परेको सयपत्री पूmल र महिला उद्यमीहरुले उत्पादन गरेका भाइटीकाका सामाग्रीको प्रर्वद्धनको लागि मेला आयोजना गरिएको मेयर सापकोटाले बताए ।

बजारमा प्लाष्टिक जन्य बस्तुहरु विक्री वितरणमा रोक लगाएर स्थानीय उत्पादनको बजारिकरणको लागि मेला आयोजना गरको उनको भनाई छ । मेलामा नगर भित्रका किसानले उत्पादन गरेको सयपत्री फुलको माला र महिला उद्यमीले उत्पादन गरेका भाईटीकाका सामाग्री विक्रीका लागि राखिएको मेला व्यवस्थापन समिति तथा आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले जानकारी दिए । संघका अध्यक्ष शंकर गिरील स्थानीय उत्पादनको बजारिकरणको लागि मेला आयोजना गरिएको बताए । मेलामा फूलको माला सहित भाइटीकाका सामाग्री र कपडा पसल रहने उनले जानकारी दिए । मेलामा प्रतिमाला १०० रुपैया र सयपत्री फुल प्रतिकिलो ४०० रुपैया कायम गरिएको छ । आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य संजिव पौडेल, नेकपा एमालेका नगर अध्यक्ष इश्वरी अर्याल, माओवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, राप्रपाका नगर अध्यक्ष गोविन्द प्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं १६ ले प्रशिक्षण दिएर उत्पादन गरेको महिला पञ्चेबाजा समुहले प्रस्तुती दिएका थिए । कार्यक्रम मेला सांस्कृतिक समितिका संयोजक तथाकार्यपालिका सदस्य राजेन्द्र हमालले सञ्चालन गरेका थिए । उद्घाटन कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य, उद्यमशिल महिला समुहका पदाधिकारी तथा सदस्यहरु तथा किसानहरुको सहभागिता रहेको थियो ।


कार्तिक २२,भरतपुर । तस्विर कोमल चन्द्र भगत । पवित्र धार्मिक तिर्थस्थल जाने बाटोमा निर्माण भएको कलात्मक ढुङ्गे धाराको औपचारिक उद्घाटन गरिएको छ । भरतपुर वडा नम्बर १ स्थित देवघाटधामको विश्राम स्थलमा निर्मित कलात्मक ढुङ्गे धारको भरतपुर महानगर प्रमुख रेनु दाहाले उद्घाटन गर्नुभयो । देवघाटधाम आउने तिर्थालु तथा मलामीहरुलाई लक्ष्ति गरी वागमती सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन हेटौडा भरतपुर महानगरपालिकासँगको सहकार्य सो ढुङगे धारा निर्माण गरेको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले काठमाण्डौ पछि भरतपुरमा पहिलो पटक ढुङ्गे धारा निर्माण भएको दाबी गर्नुभयो । ढुङ्गे धारा निर्माण स्थललाई आर्कषक र यसको संरक्षण गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने पनि सो अवसरमा बताउनुभयो ।
महानगर प्रमुख दाहालले देवघाट क्षेत्रको विकासका गर्न महानगरपालिकाले प्राथामिकताका साथ बजेट विनियोजन गर्दै आईरहेको उल्लेख गर्नुभयो ।
उहाँले देवघाट क्षेत्रमा बस पार्क, सडकको स्तरोन्ती, शवदाह गृह लगायतका महत्वपूर्ण पूर्वाधार निर्माणका कार्य भईरहेको बताउनुभयो ।

 

खानेपानी तथा सरसफाई डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब ३ किमी भूमिगत पाईपबाट सो स्थानमा पानी ल्याईएको हो । भरतपुर महानगरपालिकाको सहकार्यमा वागमती प्रदेश सरकारले धारा निर्माणका लागि २१ लाख ५७ हजार रुपैयाँ खर्च भएको प्रमुख पौडेलले बताउनुभयो ।
। धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ट्रिटमेन्ट प्लान्ट पनि निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । भरतपुर भ्रमण वर्ष २०२४ घोषणा भएसँगै देवघाट आउने धार्मिक पर्यटकलाई  ढुङगे धाराको महत्वबारे थप स्पष्ट पार्ने प्रमुख दाहालले बताउनुभयो । भरतपुरको आँपटारीदेखि देवघाट पुन्यभूमिसम्म जाने बाटोको बीचमा भक्तजन यात्रीहरु, पितृ विश्राम स्थल तथा सम्पूर्ण प्राणीजनलाई पानीको आवश्यकता पुरा गर्न मौलिक शैलीकै  ढुङ्गे निर्माण गरिएको  ढुङ्गे धारा, स्रोत संरक्षण खानेपानी उपभोक्ता समितिका अध्यक्ष मधु अधिकारीले जानकारी दिनुभयो ।

Subcategories