News

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो । यसअघि विमानस्थल आज १२ बजे खुल्ने गरी बन्द गरिएको थियो । आन्तरिक र बाह्य दुवै उडानहरू अहिले प्रभावित बनेका छन् ।

 

२४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले  सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।

भदौं २३, चितवन ।
काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले जेन–जी आन्दोलनका सहभागीहरूलाई संयमित बन्ने अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत जारी अपिलमा उनले स्पष्ट पारेका छन् कि अब हिंसात्मक गतिविधि रोक्नु आवश्यक छ र देशको जनधन तथा संरचना सुरक्षित राख्न सबैले ध्यान दिनुपर्नेछ। बालेनले भनेका छन्, प्रिय Zen Z , तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो। तपाईं–हामी अब संयमित हुनु जरुरी छ। उनले आगामी वार्ताका लागि पनि तयारीको संकेत दिएका छन्। बालेनका अनुसार, सेना प्रमुखसँगको वार्ता केवल संसद् विघटन भएपछि मात्र सम्भव हुनेछ। उनले जेन–जीको नेतृत्वलाई आगामी दिनमा देश चलाउने जिम्मेवारी दिने आवश्यकतालाई पनि जोड दिएका छन्। यस अपिलसँगै मेयर बालेनले हिंसा र तोडफोड रोक्ने र राजनीतिक समाधान खोज्ने दृष्टिकोण प्रस्तुत गरेका छन्। उनका अनुसार, अबको कदममा संवाद, संयम, र संवैधानिक प्रक्रिया पालनालाई प्राथमिकता दिनुपर्नेछ। 

Subcategories