News


साउन ३, चितवन ।

तस्विर : कोमल चन्द्र भगत ।

नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) एवम् बागमती प्रदेश प्रहरी प्रमुख अरूण पौडेललाई शनिबार चितवनमा सम्मान गरिएको छ । बालकुमारी माध्यमिक विद्यालयले उक्त विद्यालयका पूर्वविद्यार्थी डिआइजी पौडेललाई सम्मानित गरेको हो ।
डिआइजी पौडेलले बालकुमारी माविबाट २०४७ सालमा एसएलसी दिएका थिए । २०५४ साल चैतबाट प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका डिआइजी पौडेल हाल प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत छन् ।


बालमाविद् पूर्वविद्यार्थी सम्मान २०८२ ग्रहण गरेपछि समारोहमा बोल्दै डिआइजी पौडेलले विगतमा बालकुमारी माविका विद्यार्थी एसएलसी नतिजामा बोर्डफर्स्ट, बोर्डसेकेण्ड हुने गरेको स्मरण गरे । उनले गुणस्तरीय शिक्षाको खोजीमा आफू स्याङ्जादेखि चितवनसम्म आई बालकुमारी माविमा पढेको बताए । डिआइजी पौडेलले बालकुमारीको पुरानो साखलाई पुनः फर्काउन सरोकारवाला सबै जुट्नु पर्ने बताए । उनले यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबध्दता जनाए ।

 


कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका(२ का वडाध्यक्ष मनोज रानाभाटले बालकुमारी माविको शैक्षिक गुणस्तर वृध्दिका लागि वडाले आवश्यक सहयोग गर्दै आएको जानकारी दिए । उनले वडाबाट विद्यालयलाई स्मार्ट बोर्ड, ल्यापटपलगायत सहयोग गरिएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराईले शैक्षिक सुधारका लागि बालकुमारी माविले आफ्नो गति लिइरहेको बताए । यस वर्षको एसइई नतिजाले पनि यस कुरालाई पुष्टि गरेको उनको भनाइ थियो ।


कार्यक्रममा बालकुमारी माविका प्रधानाध्यापक आनन्दराज सापकोटा, पूर्वप्रधानाध्यापक सरस्वती रिजाल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तारामित्र पण्डित, बालमाविद् अलुम्नाई एसोसिएसनका अध्यक्ष वामदेव शर्मा, पूर्वविद्यार्थीहरू सनदकुमार पिया, नरेन्द्र कँडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षक रमानिधि पन्तले स्वागत मन्तव्य राखेका थिए ।

 

चितवन, साउन १ –
भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर नाबालिकाको मृत्यु भएकोप्रति नेकपा एमाले चितवन स्वास्थ्य विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

स्वास्थ्य विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बालबालिकाहरुका लागि खेल्न बनाइएको चिल्ड्रेन पार्कको आडैमा निर्माण गरिएको ढक्कनसमेत खुल्ला छोडिएको सो सेफ्टी ट्याङ्कीमा परी भरतपुर अस्पतालमै कार्यरत कर्मचारी दुर्गा वयाम्बो मगर ९वकास मगर० की पाँच वर्षीय नाबालिका छोरी अन्जना मगरको मृत्यु भएको घटनाले अस्पताल प्रशासनको गम्भीर लापर्वाही देखिएको छ ।’

 

अस्पताल जस्तो संवेदनशील स्थानमा बालबालिकाका खेल्ने पार्कको नजिकै निर्माण गरिएको ट्याङ्कीको ढक्कन खुल्ला छोडिनु लापर्वाहीको पराकाष्टा नै रहेको विभागको ठहर छ ।
घटनालाई ढाकछोप गर्न पीडित परिवारलाई अनावश्यक दबाब र अमूर्त आश्वासन दिएको भन्ने विषय प्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण रहेको र केन्द्रीय स्तरको अस्पतालमा न्यूनतम सुरक्षा मापदण्डको समेत ख्याल नगरिनु दुःखको कुरा रहेको स्वास्थ्य विभागका प्रमुख प्रकाश भट्टले विज्ञप्ति मार्फत जनाएका छन् ।

उक्त विषयमा निष्पक्ष छानविन गरी कारबाही गर्न, मृतक बालिकाको परिवारलाई उचित क्षतिपूर्ति भरण गर्न र अस्पताल कम्पाउण्डभित्र पुर्याउनुपर्ने सुरक्षा मापदण्डका न्यूनतम सर्तहरूको पालना गरी अबका दिनमा यसप्रकारका ज्यानै जानेखालका घटना दोहोरिन नदिन नेकपा ९एमाले० चितवन स्वास्थ्य विभागले सम्बन्धित पक्षलाई सचेत गराएको छ ।

यसका साथै एमालेको अनेरास्ववियु चितवन र राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले पनि एक विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनको लापरबाहीका कारण घटना हुन पुगेको बताएको छ । अनेरास्ववियु र युवासंघले आज एक विज्ञप्ति जारी गरी अस्पताल विकास समितिका अध्यक्ष र मेसुको राजीनामा माग्दै सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न माग गरेका छन् ।

असार २१, चितवन ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गण हेड क्वाटर, चितवनको आयोजना तथा भरतपुर महानगरपालिका वडा नम्बर २३ को समन्वयमा समुुदाय विपद् स्वयम्सेवक तालिम जगतपुरमा शनिबार सम्पन्न भएको छ । लक्ष्मी मावि, जगतपुरमा १८ दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा पाँच जना महिलासहित स्थानीय १९ जना सहभागी थिए ।

सहभागीहरुलाई ग्याँसको आगोबाट बच्ने उपाय, बाढी वा खोलानदीमा डुुबेमा उद्दार गर्ने तरिका, दमकलको प्रयोग गरि आगो निभाउने, रुख वा भीरबाट खसेमा उद्दार गर्ने, अग्लो घरमा आगलागी भएमा आगो निभाउने तथा मानिसलाई उद्दार गर्ने, सवारी नपुग्ने ठाउँमा डोरीको सहायताले उद्दार गर्नेलगायतका विधिहरु सिकाइएको थियो । घाइतेलाई तत्काल प्राथमिक उपचार गर्ने विधि पनि सहभागीहरुलाई सिकाइएको थियो ।

 

Subcategories