News

चितवन, असार ४ ।
गायक सुगम पोखरेलको यो कथा हो मेरो गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। गीति संग्रह नवमी मा संग्रहित यो गीतको शब्द संगीत तथा संगीत संयोजन सुगम आफ्नै रहेको छ।
गीतको भिडियोमा युवा देखि बयस्क सम्मका कथालाई सिर्जनात्मक रुपमा प्रस्तुत गरिएको छ। योगेश दाहालले छायांकन तथा सम्पादन गरेको उक्त भिडियोको निर्देशन सुशान्त गौतम ले गरेका छन्। गीतमा अन्जु रिजाल ,मिलन कार्की , स्नेहा जोशी , सन्तोष गिरी , सफर पोखरेल, नूर खनाल लगायत कलाकारको अभिनय रहेको छ।
हाम्रै समाजका केहि प्रतिनिधि कथाहरु लाइ यस गीतको भिडियोमा उतार्न खोजेको गायक सुगम बताउछन् । साथै दर्शक तथा श्रोताहरुले गीतलाई मन पराउने आशा पनि उनले राखेका छन्।
गीतको म्युजिक भिडियो लाइ गायक सुगम पोखरेल को आधिकारिक युटुब मार्फत सार्बजनिक गरिएको छ।

चितवन, असार ४ ।
चितवनको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाको ४३ औं कार्यपालिका बैठकले वातावरण प्रदुषण नियन्त्रणका लागि प्लाष्टिकजन्य सामग्रीमा रोक लगाउने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार प्लाष्टिकजन्य वस्तुका कारण वातावरणदेखि मानव स्वास्थ्यमा समेत प्रभाव पारेकाले यसलाई रोक लगाएको हो । उद्योग वाणिज्य संघ माडी शाखासँगका सहकार्यमा प्लाष्टिकजन्य वस्तुमा रोक लगाएको उहाँले बताउनुभयो ।

बैठकले निर्णय गरेसँगै आकस्मिक अनुगमनदेखि समुदायमा सचेतना जगाउने लगायतका काम सुरु गरिएको उहाँले बताउनुभयो । प्लाष्टिकजन्य झोला सहित गिलास र अन्य सामग्रीमा रोक लगाइएको उहांले बताउनु भयो । वातावरण प्रदुषण नियन्त्रणसँगै समाजलाई यसको प्रयोगले हुने हानीका बारेमा नगरपालिकाले जानकारी गराउन लागेको छ । प्लाष्टिकको गिलासमा चिया बिक्री बितरण गर्ने र प्लाष्टिका सामग्री प्रयोग गर्ने गर्दा फोहोर व्यवस्थापनमा समेत समस्या भएकाले यसलाई रोकिएको उहाँले बताउनुभयो । अहिले प्लाष्टिकजन्य वस्तु रोक्नका लागि संयुक्त अनुगमन सहितका कामहरु भइरहेको छ ।नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले माडीलाई प्लाष्टिकमुक्त नगरपालिका घोषणा गर्न लागिएको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रले घेरिएको पालिका भएकाले प्लाष्टिकले वन्यजन्तुसँगै मानव स्वास्थ्यमा समेत असर गर्ने देखिएकाले प्लाष्टिकजन्य झोला र अन्य वस्तुहरुमा रोक लगाउन खोजिएको हो । प्लाष्टिकजन्य वस्तुले जमिनको उर्वराशक्तिमा समेत ह्रास ल्याउने हुंदा यसले माडीको इको प्रणालीमा समेत असर गर्ने देखेर रोक लगाएको उहाँले बताउनुभयो । रासस

 

असार १ , चितवन । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना र रत्ननगर नगरपालिका कार्यालयको आर्थिक सहयोगमा सञ्चालित ६ दिने श्रव्यदृष्य तथा फोटोग्राफी तालिम सम्पन्न भएको छ। कार्यक्रमका सभापति तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले मन्तव्य राख्दै तालिमलाई आधारभूतमा मात्र सीमित नराखी उन्नत ९एड्भान्स० तालिम प्रदान गर्न नगरपालिका तयार रहेको बताउनुभयो।

उहाँले नगरपालिकाको उद्यमशीलता कार्यक्रमअन्तर्गत नेपाल बैंकसँगको सहकार्यमा बिनाब्याज लगानी गर्न तयार रहेको, तालिमलाई आयआर्जनसँग जोड्नुपर्ने र सिपलाई व्यावसायिक बनाउँदा सहज हुने कुरामा जोड दिनुभयो। कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ र पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। तालिमका प्रशिक्षक वरिष्ठ वातावरण तथा फोटो पत्रकार कमलचन्द्र भगतले सहभागीहरूलाई श्रव्यदृष्य र फोटोग्राफीको आधारभूत ज्ञान प्रदान गर्नुभएको थियो।

रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रममा संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्व अध्यक्षहरू नारायणकाजी श्रेष्ठ र ज्ञान बहादुर विसुराल साथै, संघका कार्यसमिति सदस्यहरू बेद प्रसाद आचार्य, रविचन्द्र तिमिल्सीना र शम्शेर घामल्लेले समेत कार्यक्रममा सहभागिता जनाउनुभयो।

Subcategories