News

पोखरा, कात्तिक १२ ।

पोखराको छोरेपाटनबाट स्तुपाहुँदै पुम्दीकोट जाँदै गरेको बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् । पुम्दीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५ नं को माइक्रो बस उक्त सडक खण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो । बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्दार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएलगत्तै तत्काल उद्धार हुन सकेका कारण घाइतेलाई चाँडै नै अस्पतालमा पुर्‍याउन सकिएको स्थानीयवासी युवक लामिछानेले जानकारी दिनुभयो । घाइतेको अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।

१० कात्तिक, काठमाडौं । नेपाललाई पराजित गर्दै त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ । कीर्तिपुरको त्रिवि मैदानमा शुक्रबार भएको फाइनलमा नेपाललाई चार विकेटले हराउँदै यूएईले सिरिजको उपाधि हात पारेको हो । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मुहमद वासिमले ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए । अर्का ओपनर आयांश शर्माले २५ र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए । नेपालका गुल्सन झा र अविनाश बोहराले समान २ तथा कुशल मल्लले १ विकेट लिए ।

त्यसअघि यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतीमा १ सय ६२ रन बनायो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५, गुल्सन झा ५, सोमपाल कामीले १३ रन बनाए । यूएईका आयन खानले ३ तथा अली नासिर र जहुर खानले समान दुई विकेट लिए । जुनेद सिद्धीकीको नाममा एक विकेट रह्यो । नेपाल अपराजित रहदै सिरिजको फाइनल प्रवेश गरेको हो । लिग चरणका दुवै खेलमा यूएईलाई हराएपनि फाइनलमा भने नेपाल पराजित हुन पुग्यो

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले हङकङ र यूएईलाई समावेश गरेर सिरिजको आयोजना गरेको हो ।

 

 

१० कात्तिक, काठमाडौं । मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार छायाँनाथ रारा नगरपालिका–६, का स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका आफन्तले घरमा आउँदा रगत देखेपछि प्रहरीलाई खबर गरेको थापाले बताए । खबर आएपछि घटनास्थलमा पुगेर अनुसन्धान थालेको उनको भनाइ छ । प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु हुने अन्यमा श्रीदेवीकी ११ वर्षीया छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर छन् । श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर रहेको पाइएको डीएसपी थापाले बताए ।

 

 

Subcategories