News

 

असोज २३, भरतपुर । तस्विर प्रियंका पोखरेल ।

भरतपुर महानगरपालिका वडा नं. २ ले आज ( मंगलबार ) देखि शैक्षिक संस्थान वरपर सूर्तीजन्य बस्तु बिक्री वितरणमा रोक लगाउन अनुगमन शुरु गरेको छ । वडा कार्यालयको अनुगमन टोलीले आज नारायणगढको बालकुमारी कन्या माध्यमिक विद्यालय, बालकुमारी उच्च माध्यमिक विद्यालय, बालकुमारी कलेज र नाराणी कलामन्दिर वरपरको क्षेत्रमा अनुगमन गरेको छ । अनुगमन टोलिले केहि पसलहरुमा सुर्तिजन्य बस्तु बरामद गरेको छ । आज देखि शुरु भएको अनुगमन कार्य शिक्षालय क्षेत्र वरपर सुर्तिजन्य बस्तु विक्रि वितरणमा नियन्त्रणमा नआए सम्म निरन्तर चलिरहने भरतपुर महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मनोज रानाभाटले बताउनु भयो । बालकुमारी क्षेत्रमा आज गरिएको अनुगमनका क्रममा विभिन्न पसलहरुबाट बरामद गरिएका सूर्तीजन्य बस्तु नष्ट गर्न भरतपुर महानगरपालिका पठाउने उहांको भनाइ छ । आज पहिलो अनुगमन भएकाले चेतावनी स्वरुप सामान्य जरीवाना रसिद काटिएको उहांले बताउनुभयो । आगामी दिनमा पनि अटेर गरे कडा कानुनी कारवाही गरिने उहांले बताउनु भयो । वडालाई आगामी दिनमा सूर्तीजन्य मुक्त क्षेत्र बनाउने उद्धेश्य सहित यो अभियान शुरु गरिएको उहांँको भनाई छ । वडा कार्यालयले गत असोज ११ गते देखि सप्ताह व्यापी सचेतनामुलक ¥याली आयोजना गरी अभियान शुरु गरेको थियो । सात दिने सचेतनामुलक ¥याली पश्चात आजबाट अनुगमन शुरु गरिएको हो । वडा शिक्षा समितिको बैठकले गरेको निर्णय अनुसार सुर्तिजन्य बस्तु विद्यालय वरपर नै किन्न पाइने र विद्यार्थीहरुमा यसको लत बस्ने जोखिमबाट विद्यार्थीहरुलाई जोगाउन मन्टेश्वरी, विद्यालय, क्याम्पस तथा अन्य शिक्षण संस्थाको सय मिटरको दुरीमा सूर्तीजन्य बस्तु बिक्री वितरण नगर्न सम्बन्धित व्यापारीहरुलाई आग्रह गरिएको छ ।

 

 

काठमाडौं, असोज २२ । तस्वीर :कोमल चन्द्र भगत ।

२७ औं विश्व अण्डा दिवस यस वर्ष नेपाल लेयर्स कुखुरापालक संघ र नेपाल भेटेरीनरी एशोसियशनको संयुक्त आयोजनामा सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइने भएको छ । नेपाल लेयर्स कुखुरापालक संघ र नेपाल भेटेरीनरी एशोसियशनले देशका सातै प्रदेशमा यहि असोज २२ देखि २५ गते सम्म विभिन्न कार्यक्रम गर्ने तयारी गरेको सोमबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । कार्यक्रममा दिएको जानकारी अनुसार प्रत्येक प्रदेशका १० वटा सरकारी विद्यालयमा अण्डाको महत्व माथी चेतनामुलक कार्यक्रम संचालन गर्ने, अण्डा खुवाउने, विरामी, अशक्त, वृद्धाहरुलाई अण्डा वितरण गर्ने, रक्तदान कार्यक्रमको अयोजना गर्ने, अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, पोल्ट्री क्षेत्रका नितिगत समस्याका बारेमा सरकारी र निजी क्षेत्रका व्यवसायिहरु विच अन्तरक्रिया गोष्ठीहरुको आयोजना गर्ने, पोल्ट्री व्यवसायका चुनौती र अवसरका बारेमा गोष्ठी गर्ने कार्यक्रम तय गरिएको छ । असोज २६ गते शुक्रवार पोखरामा औपचारिक कार्यक्रम गरि २७ औं अण्डा दिवस समापन गरिने जानकारी दिइएको छ । गण्डकी प्रदेशका मन्त्री पशु सेवा विभागका महानिर्देशक, उपमहानिर्देशक, क्षेत्रीय निर्देशकहरु, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु, भेटेरीनरी प्रयोगशालाहरु, भेटेरीनरी शिक्षालयहरु, पोल्ट्री क्षेत्रका संघ सस्थाका पदाधिकारीहरु, पोल्ट्री व्यवसायीहरु, संचारकर्मीहरुको सहभागितामा औपचारीक कार्यक्रम हुनेछ । समापन कार्यक्रममा पनि अण्डाको महत्व र खपतको अवस्था, अण्डामा पाइने प्रोटिन, मानव स्वास्थमा प्रोटिनको महत्व वारेमा विज्ञ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् । समापन कार्यक्रममा अण्डाका विभिन्न परिकारहरुको प्रर्दशनी समेत गरिने कार्यक्रममा जानकारी दिइयो ।
मानव स्वास्थका लागि आवश्यक पर्ने, प्रशस्त मात्रमा प्रोटिन पाइने र कुनै पनि प्रकारको मिसावट गर्न नसकिने प्रोटिन र खनिज तत्वले भरीपूर्ण सबै भन्दा सस्तो मूल्यमा पाइने वस्तु नै अण्डा भएकोले अण्डाको नियमित उपभोगवाट स्वास्थका लागि अत्यावश्यक, पूर्ण पाचनशिल, सन्तुलित, उच्च गुणस्तरको प्रोटिन र एमिनो युक्त अण्डा सेवन गर्न विश्व स्वास्थ्य संगठनले प्रेरित गरेको छ । बालक देखि बृद्धबृद्धासम्मका लागि उत्तम प्रोटिनको स्रोत भएकोले
अण्डामा विद्यमान एन्टी अक्सिडेनटले बुढ्यौली र ह्दयघाट समेत रोक्न मद्धत गर्ने अध्ययनले देखाएको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा नियमीत अण्डाको उपभोगबाट आखाको शक्ति बढ्ने र मोतीया विन्दुको रोकथाम हुन्छ । प्रशस्त मात्रामा पाइने क्याल्सियम फस्फोरसवाट हडडी र दांत मजबुत बनाउने, रक्त अल्पता वाट वचाउने । रोग प्रतिरोध क्षमता, जवानीपन र स्मरण शक्ति बढाउने र ।अधिक तौल (मोटोपना) घट्न गइ पातलो र फुर्तिलो बनाउन सहयोग गर्ने हुंदा अण्डा खाना कै रुपमा प्रयोग गर्न विज्ञहरुले सुझाएका छन् ।
पोल्ट्री क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा करिब ४ प्रतिशत योगदान दिनुका साथै ५ लाख व्यक्तिहरुलाइ प्रत्यक्ष रोजगारी दिदै देशको एक आत्मनिर्भर व्यवसायको रुपमा स्थापित भए पनि कोभिड अगाडी सम्म दैनिक ५० देखि ५५ लाख गोटा अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर ३० लाख गोटामा झर्दा समेत लागत मूल्य पाउन नसकिएको व्यवसायीहरुले बताएका छन् । कुनै पनि प्रकारको मिसावट हुन नसक्ने सबै भन्दा सस्तो मूल्यमा मानव शरिरका लागि आवश्यक पर्ने प्रोटिन पाइने अण्डाको नियमित रुपमा उपभोग गर्न उनीहरुले आम सर्वसाधारणलाई आह्वान गरेका छन् ।

काठमाडौं, असोज २२ ।

इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ । कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए । इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुलाई उद्धार थालिएको हो । पर्वत पैयु ५ का नारायण भुसालले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै दिएको जानकारी अनुसार हायात रोडमा रहेका ११ मध्ये नौ जनाको उद्धार भइसकेको छ । बाँकी दुई पनि सुरक्षित स्थलमा लगिने क्रममा छन् । शेदोत नेगेभमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीले पनि आफूहरु सुरक्षित स्थलतर्फ लगिँदै गरेको बताए । ‘हामी बाटोमा छौं, केही छिनमै सुरक्षित स्थलमा पुग्छौं,’ उनले भने, ‘इजरायली सेनाले हामीलाई समूह बनाएर लगिरहेको छ ।’ इजरायली सेनाले सुरक्षाको स्थितिलाई नियन्त्रणमा लिँदै गएको छ । नेपाली विद्यार्थीहरु नेपालका विभिन्न विश्वविद्यालयबाट कृषि फार्ममा प्रशिक्षार्थीको रुपमा काम गर्दै आएका थिए ।

 

Subcategories